ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर
मुल खबर

शिक्षणमा सहयोगी ‘ट्याब’

१५ फाल्गुन २०७९, सोमबार
१५ फाल्गुन २०७९, सोमबार

बुटवल- रुपन्देहीको ओमसतिया गाउँपालिकामा रहेको जनजागृती माविकी शिक्षक भूमाया पुन टोल कक्षा समेत चलाउँछिन् । कोरोना महामारीका कारण बालवालिकाको सिकाइमा परेको क्षति कम गर्ने उद्देश्यले संचालित कक्षामा उनको सक्रियता उदाहरणीय छ । विद्यालयकी प्रधानाध्यापक रमादेवी अर्यालले टोल कक्षा कम सिकाइ उपलब्धि भएका बालवालिकाका लागि निकै फलदायी रहेको बताउँछिन् । बालवालिकाको शिक्षाको स्तरलाई माथि उठाउन महिनामा २० दिन दिनको १ घण्टाको समय छुट्याएर उनीहरुलाई टोल कक्षाको नाम दिइएर पृष्ठ पोषण कक्षामा सहभागी गराउने गरिएको छ । उक्त कक्षामा खेल तथा मनोरञ्जनका माध्यमलाई प्राथमिकता दिने गरिएको छ ।
विद्यालयमा ४ वटा टोल कक्षामा १ सय १६ बालवालिका सहभागी छन् । जसको सहजीकरण शिक्षक भूमाया पुन, रञ्जु चौधरी, बुमा थापा र सावित्री अधिकारीले गरिरहेका छन् । विद्यालय समय सकिएपछि उनीहरुलाई कथा सुनाउँदै, खेल खेलाउँदै, एक आपसमा सहयोग गराउँदै टोल कक्षा चल्ने गरेको छ । शिक्षक पुनले दैनिक रुपमा १ बिषय छुट्याएर सिकाइ क्रियाकलाप गर्ने गरेको बताइन । उनले शुक्रवारका दिनमा भने चित्रकला र नाँच गानको कार्यक्रम राख्ने गरेको उनले बताइन ।
कक्षा क्रियाकलाप र शुक्रवारीय क्रियाकलापमा समेत कार्यक्रमबाट प्राप्त ट्याबको प्रयोग गर्ने गरेको उनको भनाइ छ । कालिका र यूनिसेफबाट संचालित कार्यक्रमले शिक्षकका लागि ट्याब, ब्लु तुथम स्पीकर, शिक्षकलाई शिक्षक गाईड तथा डिकोडेबल बुक प्रदान गर्नुका साथै बिद्यालयमा शैक्षिक सामाग्रीहरु तयार गर्नका लागी सहायक स्टेसनरी सामाग्री प्रदान गरेको छ । त्यसैगरी बालवालिकाहरुलाई अभिभावकको सहयोगमा घरमानै गर्न सकिने ४५ दिने क्रियाकलाप पुस्तक, लेख्न सिकौ, कापी, १ प्याकेट पेन्सिल, १ प्याकेट कलर पेन्सिल, १ प्याकेट क्यारोन कलर, लुडो, बल, ग्लुस्टिक, स्किपिङ्ग डोरी सहितको झोला जस्ता सिकाइ सामग्री प्रदान गरेको छ ।
ट्याबमा अफ लाइन भिडियोहरु छन्, जसले कक्षा क्रियाकलापका लागि सहयोग पुर्याउने गरेको छ । शिक्षककको डोमी कक्षा समेत रहेको हुँदा त्यसबाट शिक्षक आफुले शिक्षण कला सिक्न र बालवालिकालाई बिषयवस्तुमा स्पष्ट हुन सहयोग पुग्ने गरेको शिक्षक भूमाया पुन बताउँछिन् । उनले ट्याबमा श्रव्य कथा र बाल गीतहरु समेत रहेको र त्यसलाई शिक्षण क्रियाकलापमा प्रयोग गरिरहेको बताइन् ।
शिक्षक पुनका अनुसार ट्याबको प्रयोगले बालवालिकाले वास्तविक कुरा देख्न पाउने, हेरेर सिक्न पाउने, सुनाइ र बोलाइमा अभ्यास गर्न सहज हुने गरेको छ । उनले ट्याब देखाएर सुनेपछि उनीहरुलाई बोल्ने अभ्यास पनि गरिन्छ । ट्याब देखाएर पठन पाठन गर्दा कम बोलेर पनि शिक्षण गर्न सकिएको उनले बताइन । पुनले टोल कक्षा सहजीकरणका क्रममा २ दिन टोल शिक्षा, १ दिन ट्याब, १ दिन अभिभावक शिक्षा बिषयमा ३ वटा तालिम लिइसकेकी छिन् ।

सियारी गाउँपालिकाको त्रिवेणी आधारभूत विद्यालयमा कक्षा १, २ र ३ लाई लक्षित गरी टोल कक्षा संचालन भइरहेको छ । लाल बहादुुर थारु, ज्योती राना र लक्ष्मीकुमारी पौडेलले सहजीकरण गरिरहेका छन् । तीन वटा कक्षालाई बालवालिकाको सिकाइको अवस्था पहिचान गरी तीन समुहमा विभाजन गरिएको शिक्षक ज्योती रानाले बताइन । उनका अनुसार समुह क मा सिकाइ स्तर निकै कम भएको, समुह ख मा ठिक्क जान्ने र समुह ग मा बढी जानेका बालवालिकालाई राखिने गरिएको छ । अभिभावक संगीता केवटको छोरा राज केवट कक्षा १, निलम थारुको छोरा निरज थारु कक्षा २ मा र अभिभावक आशारानी थारुको छोरी पूजा थारु कक्षा १ मा पढ्छिन् । उनीहरुलाई विद्यालयले पृष्ठपोषण कक्षामा भाग लिने अवसर दिलाएको छ । शिक्षक अभिभावक संघका अध्यक्ष मोहन मल्लाहले विद्यालयमा संचालन भइरहेको थप कक्षाले बालवालिकालाई सहयोग पुर्याएको बताए । मेरो नातिनी रोशनी पनि भाग लिइरहेकी छिन् उनले भने, विद्यालयमा थप कक्षा जरुरी रहेछ । उनकी नातिनी रोशनी मल्लाह कक्षा १ मा अध्ययनरत छिन् । उनी समुह क मा रहेर सिकाइ सुधार गरिरहेकी छिन् ।

कक्षा ३ का केही विद्यार्थी समेत क समुहमा परेको शिक्षक ज्योती राना बताउँछिन् । कोभिडका कारण विद्यालय नियमित नखुल्दा र खुलेको अवस्थामा समेत बालवालिका विद्यालय नियमित नहुँदा केही बालवालिकाको सिकाइ कमजोर रहेको उनको भनाइ छ ।
रुपन्देहीका कञ्चन, गैडहवा, सियारी, शुद्धोधन, ओमसतिया, रोहिणी, मायादेवी, सम्मरीमाई, मर्चवारी र कोटहीमाई गरी १० वटा गाँउपालिका तथा कपिलबस्तु यशोधरा, मायादेवी र बिजयनगर गरी ३ वटा गरी १३ वटा गाँउपालिकामा कार्यक्रम संचालनमा छ । कार्यक्रम अन्तर्गत ९३० जना शिक्षकहरुले आधारभुत तालिम लिइ टोल कक्षा संचालन गरिरहेका छन् । कक्षा १ देखि कक्षा ३ सम्मका ३७४ बिद्यालयका ३७ हजार ७ सय ९७ जना बालबालिका प्रत्यक्ष लाभान्वित भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?