ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी
विचार

५० बर्ष अघिको “पुराना सम्झनामा” घोत्लिँदा

१२ फाल्गुन २०७९, शुक्रबार
१२ फाल्गुन २०७९, शुक्रबार

‘सरकारले सरकारी स्तरबाट कला कौशल र मित्रताका लागि मानिस विदेश पठाउँदा देशलाई माया गर्ने, सक्षम, आत्मबल भएका योग्य मानिस पढाउनु पर्छ, जथाभावी मानिस पठाउँदा देशको भेद खुल्ने डर हुन्छ । त्यस्तै विदेशी अधिकारी आफ्नो देशमा बोलाउँदा पनि जथाभावी बोलाउनु हुँदैन, देशको चर थाहा हुन्छ ।’

यो भनाई राममणि आचार्य दिक्षितको पुस्तकबाट लिईएको हो । जो अहिलेको परिवेशसंग मेल खान्छ । मानिसलाई पुराना कुरा पढ्दा निकै आनन्द आउँछ । किनभने त्यसमा आफूले नदेखेका, थाहा नपाएका र केही मात्रामा जीवनमा मेल खाएका र भाोगिएका कुराहरु लिपिबद्ध गरिएका हुन्छन् । त्यसरी लेखिएका कुराले धेरैको मन छुन्छ । मलाई पनि संस्मरण पढ्न र लेख्न मनपर्छ । तर कुनै नयाँ ठाउँ नयाँ परिवेशमा पुग्नुपर्छ । आफुले नलेखेपनि अरुले लेखेका संस्मरण पढ्न मन पराउँछु म । किनभने संस्मरण मिथक भन्दा यथार्थमा आधारित हुन्छन् । त्यसैले मलाई मन पर्छ । राममणि आचार्य दिक्षितको पुस्तक कसरी हातलाग्यो भन्ने लाग्न सक्छ । एक दिन राममणि आदी (आचार्य दिक्षित) का नाति गिरिसमणि आदीले मदनजीलाई फोन मार्फत भन्नुभयो– हजुरले पिताजीलाई चिन्नुभएकै हो । पिताजी रहनुभएन, त्यसैले पिताजी (केशवमणि आदी ) बारे केही लेखिदिनुप¥यो । पिताजीको वार्षिकीमा यो पुस्तक प्रकाशित गरेर बिमोचन गर्ने भनेका छौँ । पिताजीलाई हजुरले चिन्नुभएकै थियो । त्यसैले पिताजीबारे आफुले जानेका, थाहा पाएका कुरा लेखिदिनु प¥यो भन्नुभयो । त्यति भनेपछि जानेको कुरा नलेख्नु पनि भएन । हुन्छ लेखँुला भन्नुभयो मदनजीले । लेखेको कुरा कसरी कहाँ पठाउने भन्ने पनि कुरा पनि भए । गिरिशजीले मेल आईडी पठाईदिनुभयो । मदनजीले पनि लेख लेखेर फोटो सहित पठाउनु भयो । राममणिका छोरा केशवमणि, केशवमणिका छोरा गिरिशमणि हुनुहुँदो रहेछ भन्ने मैले थाहा पाएँ । त्यसको एकडेढ महिनापछि पुस्तक प्रकाशित भई बिमोचन पनि भएछ । त्यसपछि गिरिशमणि जी एकदिन हाम्रो घरमा आउनुभयो । उहाँका हातमा धेरै नै पुस्तक थिए । तीमध्ये केशवमणिको बारेमा लेखिएको पुस्तक त हुने नै भयो । त्यसका अतिरिक्त अरु पुस्तक उहाँकै पिताजी केशवमणि र हजुरबुवा राममणि आदीका रहेछन् । ति पुस्तक उहाँले हामीलाई पढ्न ल्याईदिनुभएको रहेछ । पुस्तकहरु उहाँले मदनजीलाई दिनुभयो । पुस्तकहरु हाम्रालागि निकै महत्वपूर्ण थिए नै । महत्वपूर्ण यसमानेमा कि राममणि आदी हामै्र गाउँठाउँ आवादी गरेर रस्ती बस्ती बसाएका ब्यक्तित्व हुन् भन्ने मैले सुनेकी हुँ । जसका नामबाट आज पनि हामी मणिग्राम भनेर चिन्छौं ।

मणिग्रामको पनि एक नम्बर, दुई नम्बर, तीन नम्बर, चार नम्बर, गर्दै बाह्र नम्बरसम्मका नाउँले चिन्दछौ । कसैले घर मणिग्राम कहाँ प¥यो भन्यो भने मणिग्राम तीन नम्बर वा चार नम्बर हो, त्यही अनुसार भन्छौं । त्यस्ता ब्यक्तित्वको बारेमा जान्ने चाहना कसमा नहोला ? मणिग्राम नाम कसरी रह्यो । त्यसको इतिहासको पाटो छुट्टै छ । म अहिले त्यता लागिन । गिरिशजीले ल्याईदिएका पुस्तक सबै महत्वपूर्ण त थिए नै । पुस्तक देखेपछि पढँुपढुँ लाग्ने नै भयो । तीमध्ये राममणि आदीले लेखेको “पुराना सम्झना” भन्ने पुस्तक अझै रुचिकर लाग्यो । पढ्न थालेँ, पढ्दा मलाई आनन्द लाग्यो । उहाँको लेखनमा मैले आधा अक्षर देखिन । उहाँ हलन्त बहिस्कारका प्रणेता हुँनुहुँदो रहेछ । पढ्न सजिलो होस भनेर उहाँले आधा अक्षरको ठाउँमा पूरा अक्षर लेख्ने अभियानै चलाउनु भएको रहेछ । जस्तो कि खान्छ लेख्ने ठाउँमा खानछ, लेख्ने ठाउँमा लेखने, गर्छन् भन्ने ठाउँमा गरछन लेख्ने आदी । उहाँले चलाएको योे अभियान आधाभन्दा धेरै लागू भएपनि सत प्रतिशत लागू हुन सकेनछ । यो त्यतिबेला बहस र छलफलको विषय बनेछ । हामी अहिले आधा अक्षर लेख्छौं । अन्तिम आधा अक्षरको अन्त्यमा खुट्टा पनि काट्छौं । जस्तो खान्छन्, जान्छन् । यति हुँदाहुँदै पनि उहाँले नेपाली भाषा साहित्यको निकै ठूलो सेवा गर्नु भएको रहेछ । पुस्तक पढेर मैले यही थाहा पाएं । उहाँले गोर्खा भाषा प्रकाशिनी समिती बनाएर नेपाली भाषा साहित्यको सेवा गर्नु भएछ । गोर्खा भाषा प्रकाशिनी समितीको २४ वर्षसम्म लगातार अध्यक्षको जिम्मेवारी सम्हालेर नेपाली भाषा साहित्यको विकासमा लागिपर्नु भएछ । लेखनाथ पौड्याललाई लेखनाथ पौड्याल बनाउने पनि उहाँ नै हुँनुहँुदो रहेछ भने लक्ष्मीप्रसाद देवकोटालाई पनि उहाँले धेरै नै सहयोग गर्नुभएको रहेछ । त्यही, गोर्खाभाषा प्रकाशिनी समिती पछि नेपाली भाषा प्रकाशिनी समिति र बीचबीचमा नाम परिवर्तन हुँदै हालको साझा प्रकाशन भएको रहेछ । जो अहिले पनि अस्तित्वमा छ । किताव पढेर मैले यही कुरा थाहा पाएँ । पुस्तक पढ्दै जाँदा थाहा पाएँ– राममणि आदीका बाउ, बाजे र आफू स्वयं पनि राणाका दरबार पसेर जागिर गरेका ब्यक्तिहरु हुनुहँुदो रहेछ, श्री ३ र श्री ५ का दरबारलाई राम्ररी नै चिनेका र रिझाएका इमान्दार ब्यक्ति । यसरी दरबार पसेर राणाहरुको सेवा गरेका ब्यक्ति भएकाले श्री ३ हरुको नालीबेली पनि केही नजिकबाट जान्ने मौका उहाँले पाउनुभयो । राममणिले श्री ३ चन्द्रको दरबारमा सेवागर्दाका बखत डायरी लेख्नु हुँदोरहेछ । त्यसैले तिनै डायरीका पाना र केही आफ्ना भोगाईलाई मिलाएर तयार पारिएको पुस्तक “पुराना सम्झना” बाहिर आयो र हामीले पढ्ने मौका पाईयो । त्यो पुस्तकको अन्तिम खण्ड “पचासवर्ष पछाडी फरकेर हेरदा” भन्ने डायरीको पानाबाट बिक्रम सम्बत् २०२८ सालमा लेखेको कुरा पढेपछि मलाई केही लेख्न मन लाग्यो । यहाँ पनि उहाँले “फरकेर हेरदा” जस्ता शब्द पूरा अक्षरमा लेख्नुभएको छ । भनेपछि यो कुरा बि.सं. १९७८ तिरको हुनुपर्छ । उहाँले यो पुस्तक आफूले प्रतिपादन गरेको हलन्त बहिष्कारकै शैलीमा लेख्नुभएको छ । तर, मैले भने यहाँ पढ्न सजिलोको लागि अहिले हामीले प्रयोग गर्ने भाषाशैलीमा लेखेकी छु । उहाँले लेख्नुभएको छ– “समय गतिशील छ । हिजोभन्दा आज, आज भन्दा भोली हरेक चिजमा सुधार हुनु नै पर्दछ । संसार कहाँबाट कहाँ पुगिसक्यो । तेत्रा तेत्रा विप्लबमा (युद्ध, बिद्रोह) परेर पनि जापान र जर्मनीले देशलाई कस्तो पारिसके । गाँजाको तालमा रुमलिने जाती चीन कुन अवस्थामा पुगिसक्यो । हामी नेपाली भने दुई चारवटा बाटा घाटा बन्दैमा नाक फुलाएर हाम्रो देश प्रगति पथमा ज्यादै मुस्तेदीका साथ लम्कँदैछ भनेर संसारमा डिंग हाँक्न लाज मान्दैनौ । सिक्किम, भुटान जस्ता देश बाहेक हाम्रो दाँजिने अरु कुनै देश छ त ? मलाई त होला जस्तो लाग्दैन ।

यस्तो स्थितिमा नेपालीले नेपालको अस्तित्व जोगाउने कसरी ? राम्ररी विचार गर्नुपर्ने कुरा छ ।” यो कुरा भारतले सिक्किम खानुभन्दा पहिला लेखिएको रहेछ । यही शिर्षकको अर्को प्यारामा भनिएको छ– “नेपाललाई ठूलो अभिषाप परेको छ । ईमान जवान कोहीमा छैन । सच्चा कुरा कसैले बोल्दैन । स्वार्थी बादलले नेपालको आकाश सदा आच्छन्न रहन्छ । सायद सत्यको प्रकाश फैलिएको कसैलाई मनै नपरेर हो कि ? “हितं मनोहरि च दुर्लभंब चः” भन्ने कुरा अधिकारी बर्गले बिर्सिदिएको खण्डमा कस्को के लाग्दछ । बिवेक भन्ने चिज नभएपछि देशमा झूट, फरेव, घुसखोरी, भ्रष्टाचारले डंका नबजाए कस्ले बजाउने ? स्वाथ्र्यमा धक्का लाग्न थाग्यो भने देश र जातीको मायामा आत्म बलिदान गर्ने सत्ययुगी पुरुष अझै नेपालमा जन्मन सकेको छैन । तेत्रो विशाल भारतमा पनि एक दुई महापुरुषले दासताको बाहिरी आवरणलाई जेनतेन उतारेपनि भारतबासीको दास मनोबृत्तिलाई हटाउन सकेका छैनन् । देखौवा स्वतन्त्रता भएका दासानुदास मनोभावनायुक्त नेपालीको के कुरा गरुँ । टोपी र मयलपोश सुरुवालमा मात्र राष्ट्रियतालाई उभ्याउन खोज्ने हाम्रो कुराले हृदयको गहिराईलाई आँक्न सक्दैन । भावना उडेको छ । अमेरिका र बेलायत तिरको झलमलाएको गगन पथमा तर शरीर छ आर्याबर्तको हिमवत खण्ड अन्र्तगत आर्यभूमि नेपालमा । हाम्रो संस्कृतिले यस्तो स्थितिमा सामन्जस्य राख्ने कसरी ? वास्तवमा देशको असल चाहाने तथा देशमा उन्नति गर्ने वास्तविक राष्ट्रिय भावना हाम्रो देशबाट उडेर जान लाग्यो । देशको स्वतन्त्रताको संरक्षण तव मात्र संभव होला जव देशबासीलाई भित्रैदेखि आफ्नोपनामा गर्व गर्ने बानी पर्दछ । जापानीहरुलाई कसैको दवावले राष्ट्रिय चेतना भर्नूपर्दैन । तर मयलपोश सुरुवाल लगाई विदेश भ्रमण गर्ने नेपालीमा खोजेपनि जापानीको जस्तो राष्ट्रिय भावना पाउन सकिदैन् । यो स्थिती दिन प्रतिदिन बढेको छ । मौका पायो कि सबैलाई बिदेशिन मन लाग्छ । यहानेर बडो गहिरिएर बिचार गर्नुपर्ने कुरा म देख्छु । यो भावना नेपालीमा किन आयो ? के जन्मजात हामी त्यस्तै थियौं त ? तर होईन, पहिला यस्तो थिएन । नेपालीले जन्मभूमिको महत्व रगतको खोला बगाएर देखाएका थिए । अहिले त्यस्तै राष्ट्रिय भावना नेपालीहरुमा भर्नुपर्ने अवस्था आएको छ । देशले यही कुरा मागेको छ । यसका लागि मुख्य कुरा राष्ट्रभाषा, चाड, संस्कृतिको उत्थान हुनुपर्छ । त्यसका साथसाथै स्वदेशी उद्योगको स्थापना प्रचार प्रसार गराउनु जरुरी पर्छ । बिदेशबाट फजुलका श्रृंगारका सामान हुलेर देशलाई खोक्रो बनाउनु हुँदैन ।

हामीले श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहका उपदेशलाई बिर्सनु हुँदैन । देश आत्मर्निभर भएमात्र देशको विकास हुन्छ । कला, कौशल र मित्रताको निमित्त बाहेक देशबाट जथाभावी मानिस विदेश पठाउने स्थितीले पनि स्वदेशप्रति बिराग पैदा भएको जस्तो लाग्छ । मानव प्रकृति नै सुख सुबिधाबाट आफूलाई बन्चित गराउन चाहँदैन । त्यसैले बैदेशिक सम्बन्धका लागि मानिस बिदेश पठाउँदा आफ्नो देशको माया गर्ने बिद्वान र आत्मबल भएका ब्यक्तिलाई छान्न सक्नुपर्दछ । यस्तो छनोटबाट मात्र विदेश यात्राले देशको भलाई हुनसक्दछ । नत्र विदेशको यात्राले उल्टै देशको भित्री कुरा अरुले थाहा पाउँछन् र देशप्रति नै घात हुन्छ । बाहिरियाहरुलाई देशभित्र जथाभावी बोलाउनु पनि हुँदैन । उनीहरुले देशको गुदी थाहा पाउँछन् । माथिका कुराहरु हाम्रो देशको बर्तमान अवस्थामा पनि उत्तिकै सान्दर्भिक छन् । माथिका यि भनाईहरु राममणी आचार्य दिक्षितको २०२८ मा लेखिएको लेख “पचास वर्ष पछाडी फर्केर हेर्दा” भन्ने शिर्षकबाट लिएको हो । यी कुराहरु नेपालको सन्र्दभमा राममणिले उतिबेलै लेख्नुभएको थियो । जो अहिले पनि उत्तिकै मेल खान्छन् । उहाँका यि भनाईहरु पढ्दा मलाई लाग्यो उहाँ एउटा राम्रो द्रष्टा नै हुँनुहँुदो रहेछ । आजको सन्दर्भमा पनि उहाँका भनाईहरु उत्तिकै सान्दर्भिक लागेर मलाई लेख्न मन लागेको हो । देशका शासक, कर्मचारी, जनता ईमान्दार भएमा मात्र देश अगाडी बढ्न सक्छ भन्ने यो लेखको मूख्य उद्देश्य हो भन्ने मलाई लागेको छ । यस्ता कुरालाई मनन् गर्नसके देशको हित अवश्य हुन्छ । “आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको” भन्ने उखान जस्तै पाका पुस्ताका लेखहरु र पुस्तकहरुबाट पाठ सिक्दै अहिलेको पुस्ता अगाडी बढेमा देशलाई अगाडी लैजान सजिलो पक्कै हुने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?