ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

विकासमा ध्यान दिन माग गर्दै नागरिक समाजले गरायो मुख्यमन्त्रीको ध्यानाकर्षण

१० फाल्गुन २०७९, बुधबार
१० फाल्गुन २०७९, बुधबार

दाङ, १० फागुन ।

नागरिक समाज दाङले जिल्लाको समग्र विकासमा ध्यान दिन अपिल गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी समक्ष २४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । समाजका संयोजक केबी मसाल, सचिव नारायणप्रसाद श्रेष्ठसहितको पदाधिकारी टोलीले मुख्यमन्त्रीको कार्यालय राप्ती उपत्यका देउखुरी पुगेर बुधबार ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा दाङ जिल्लामा प्रदेश सरकारद्वारा निर्माण हुन थालेका कैयौं सडक आयोजनाहरु अलपत्र अवस्थामा रहेको हुँदा नागरिकहरुले निकै कठिनाई भोग्नु परेकाले काम चाँडो सम्पन्न गर्न भनिएको छ । राप्ती प्रादेशिक अस्पताल लगायत लुम्विनी प्रदेशका अस्पतालमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रदेश सरकारले साथ सहयोग र समन्वय गर्ने कार्यलाई प्राथमिकता दिन जरुरी रहेको कुरा पनि ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । यसैगरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस, बिएस्सी नर्सिङ र एमडी कक्षा सन्चालन गर्न भौतिक पूर्वाधार विकास कार्यक्रम तर्जुमा गर्न आवश्यक भएको जनाएको छ ।

दाङमा कतिपय क्रसर उद्योगहरु निर्धारित मापदण्ड अनुसार सञ्चालन नहुनुका साथै प्राकृतिक श्रोत साधनको अवैध दोहन भएको तर्फ नागरिक समाज दाङले लामो समयदेखि निरन्तर आवाज उठाउँदै आएपनि यसतर्फ ठोस प्रभावकारी कार्य नभएको हुँदा प्रदेश सरकारले प्रभावकारी कदम चाल्नुपर्ने उल्लेख गरिएको छ ।

प्रदेशभित्र शान्ति सुरक्षा कायम गर्न प्रदेश प्रहरीको व्यवस्था गर्नुपर्ने पनि माग गरिएको छ । भूमिको वर्गीकरण गर्ने र भूमिहीन एवम् सुकुम्बासीहरुको समस्या समाधान गर्न पहल गर्न तर्फमा ध्यानाकर्षण गराइएको छ ।

घोराही तुलसीपुर चारलेन सडक सुधार निर्माण अलपत्र अवस्थामा रहेको हुँदा नागरिकहरुको जीउ ज्यानको नोक्सान भैरहेकोले यथाशीघ्र निर्माण कार्यलाई अघि बढाउन पहल गर्न, दाङको कोइलाबास भन्सारलाई स्तरोन्नती गरी नेपाल–भारत व्यापारीक नाकाको रुपमा विकास गर्न, प्रदेश राजधानीसंग जोड्ने निर्माणाधीन द्रुत सडक मार्गलाई निर्धारित समय भित्र सम्पन्न गर्नतर्फ पहल गर्न, प्रदेशभित्र रहेका सांस्कृतिक धरोहर र पर्यटकीय क्षेत्रहरुलाई व्यवस्थित गरी पर्यटकीय गन्तव्य बनाउने काममा आवश्यक योजना बनाउन पनि ध्यानाकर्षण गराइएको समाजका सचिव श्रेष्ठले जानकारी दिए ।

ध्यानाकर्षण पत्रमा संस्कृत विश्वविद्यालय बेलझुण्डी व्यवस्थित रुपले परिचालन गरी नमूना विश्वविद्यालय बनाउन प्रदेश सरकारले योजना ल्याउन, दाङमा रहेको टरिगाउँ विमानस्थललगायत पहाडी जिल्लामा निर्माणाधीन र निर्माण भै सकेका विमानस्थल स्तरोन्नती गर्नेतर्फ पनि प्रदेश सरकारको ध्यानाकर्षण गराईएको छ ।

प्रदेश भित्र सुशासन, समृद्धि विकासलगायत नागरिकका चासोका अन्य विषयहरुमा प्रदेश सरकार र त्यस अन्तरगतका निकायहरु जनताप्रति उत्तरदायी र जबाफदेहि हुन जरुरी रहेको पनि औँल्याईएको छ ।

बढ्दो भ्रष्टाचार, काममा ढिलासुस्ती र अनिमियता जस्ता कार्यले श्रोत साधनको दुरुपयोग र गुणस्तरीय सेवा सुविधामा अवरोध पुर्याउने काम भएकाले सुशासन प्रवद्र्धन गर्न पनि ध्यानाकर्षण गराईएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री गिरीले देश र नागरिकको पक्षमा आफुले कदम चाल्न सपथ लिएको हुँदा नागरिक समाजले उठाएको विषयहरुमा गम्भीर रहेको बताए । नागरिक समाजले उठाउँदै आएको आवाजलाई सकारात्मक रुपमा लिँदै जायज विषयमा आफुले सरोकारवाला निकायहरुसँग परामर्श गरी कामको नतिजा देखिने गरी अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?