ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

भलाई कोषमा १४ वर्षपछि मतदान : अध्यक्षमा फुल्लेल, महासचिवमा गुरुङ

५ फाल्गुन २०७९, शुक्रबार
५ फाल्गुन २०७९, शुक्रबार

बुटवल, ५ फागुन ।

यातायात मजदूर तथा व्यवसायी भलाई कोष रुपन्देहीको अध्यक्षमा दोस्रोपटक दिनेश फुल्लेल निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा प्रतिष्पर्धी डिलबहादुर थापालाई फराकिलो मतान्तरले हराउँदै फुल्लेल निर्वाचित भएका हुन् ।

फुल्लेलले ३०९ मत प्राप्त गर्दा थापाले ८९ मत ल्याएका थिए । त्यस्तै निर्वाचनबाट महासचिवमा योगबहादुर गुरुङ ३२८ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिष्पर्धी मुक्तिराख खरेलले ७१ मत ल्याए । त्यसैगरी कोषाध्यक्ष पदमा प्रकाशकुमार नेपाल विजयी भएका छन् । उनले ३२७ मत प्राप्त गर्दा प्रतिष्पर्धी चिरन्जीवी पाण्डेले ७१ मत पाए ।

१७ सदस्यीय कार्यसमितिमा अरु सबै पद भने सर्वसम्मत भएको थियो । कोषको उपाध्यक्षमा छविलाल थापा, सचिवमा विजेश न्यौपाने निर्विरोध निर्वाचित भए भने सदस्यहरुमा किशोर क्षेत्री, भक्तिराम शर्मा, अमित अधिकारी, लालकाजी गुरुङ, दिलीप कार्की, श्याम गैरे, अर्जुनकुमार बन्जाडे, सुदर्शन धिताल, चेतबहादुर गुरुङ, लक्ष्मीप्रसाद पाण्डे, नरबहादुर रजाली र प्रकाश गैरे पनि सर्वसम्मत चुनिए ।

काँग्रेस र एमाले निकट मजदूर व्यवसायीहरुले साझा प्यानलको रुपमा दिनेश फुल्लेलको नेतृत्वलाई अगाडि सारे पनि काँग्रेसको अर्को समूहले भने एकीकृत समाजवादीसँग मिलेर थापाको नेतृत्वमा छुट्टै प्यानल खडा गरेको थियो । तर सो प्यानलका तीनैजना उम्मेदवार फराकिलो अन्तरले पराजित हुन पुगे । २०६५ यता सर्वसम्मत नेतृत्व चयन हुँदै आएको भलाई कोषमा १४ वर्षपछि मतदान भएको हो ।

विजयी भएपछि बोल्दै नवनिर्वाचित अध्यक्ष फुल्लेलले यातायात व्यवसायी तथा मजदूरको हितमा संस्थालाई एकतावद्ध बनाएर लैजाने प्रतिवद्धता जनाए । उनले प्रतिष्पर्धामा हारजित स्वाभाविक रहेको भन्दै सबैको भावनालाई समेटेर अघि बढ्ने बताए ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिले शुक्रबार नै सपथग्रहण गराएको थियो भने प्रमाणपत्र प्रदान गरेको थियो । त्यस अवसरमा बोल्दै कोषका पुर्व अध्यक्ष एवं मानार्थ सदस्य कुमार थापाले आगामी दिनमा कोषको कार्यसमितिमा महिला सहभागिता पनि हुने गरी विधान संशोधन गरिने बताए ।

निर्वाचन समितिका संयोजक रामराज पोखरेल र सदस्य खिमानन्द भट्टराई निवनिर्वाचत टिमलाई बधाई तथा शुभकामना दिंदै सफल कार्यकालको कामना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?