ट्रेंडिंग:

>> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

बैंक व्याजदर, लघुवित्त र मिटर व्याजको विरुद्ध विरोध प्रदर्शन

५ फाल्गुन २०७९, शुक्रबार
५ फाल्गुन २०७९, शुक्रबार

चन्द्रौटा(कपिलवस्तु), ५ फागुन ।

कपिलवस्तुको चन्द्रौटामा चर्काे बैंक व्याजदर, लघुवित्त र मिटर व्याजको विरुद्ध विरोध प्रदर्शन गरिएको छ । नेकपा (विप्लव) नेतृत्व पश्चिम कपिलवस्तुको जिल्ला समितिको आयोजनामा शुक्रबार विरोध प्रदर्शन गरिएको हो ।

बैंकको चर्काे ब्याजदर नियन्त्रण गर, मिटर व्याजीलाई कारवाही गर, लघु वित्तीय शोषण अन्त्य गर, १ अंकको व्याजदर लागू गर, लघु वित्तीय ज्यादति अन्त्य गर र राष्ट्रिय उद्योगी व्यवसायीलाई राहत दे भन्दै नाराबाजी गरिएको नेकपाका जिल्ला सचिव बिनोद लुइटेलले जनाए ।

पोलिटव्युरो सदस्य सञ्जिब झाँक्रीले चन्द्रौटामा कोणसभालाई सम्बोधन गर्दै उद्योग कलकारखाना विस्थापित भएका कारणले मजदुरहरुको रोजगारी गुमेको बखत चर्काे ब्याजले समस्या निम्ताएको बताए ।

हातमुख जोड्न समस्या भइरहेको अवस्थामा लघुवित्तयले आत्महत्या गर्न बाध्य बनाइरहेको बताए । विदेशी दलालहरुले खोक्रो बनाएको जनाउँदै सर्वसाधारणलाई सडकमा ल्याउन उनीहरुको मुख्य भूमिका रहेको बताए ।

सामान्य कार्यक्रम गर्न पनि विदेशी शक्तिका दलालहरुले करोडौँ खर्च गरिरहेको उनले उल्लेख गरे । एमसीसीले चालेको कदम नेपाल र नेपालीको हितमा नरहेको समेत सदस्य झाँक्रीको भनाइ छ ।

यसैबीच पार्टीका केन्द्रीय सदस्य हेमन्त चौधरीले आम नागरिकको हकहितका लागि बैंक, लघु वित्तीय लगायत संस्थाले व्याजदर सुधार गर्नुपर्ने चेतावनी दिए । यदि सम्बन्धित निकायले नियमन नगरे थप आन्दोलनको कार्यक्रम अघि सार्ने बताउँदै ज्यादती गरेको पाइए कानुनी कठघरामा ल्याउन समेत पछि नपर्ने उनले दावी गरे ।

पार्टीका जिल्ला सचिव लुइटेलले स्वतन्त्रपूर्वक जिउने अधिकार सबैलाई रहेकोले आत्मसम्मानजनक तरिकाले बाँच्न पाउनुपर्ने बताए । कुनै पनि बैंक, वित्तीय संस्थाले ज्यादती गरेको छ भने सो व्यक्ति नेकपाको सम्पर्कमा आउन आग्रह समेत उनले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?