ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

राष्ट्रपतिबारे ओलीको प्रस्तावमा प्रचण्डले दिए तीन विकल्प

४ फाल्गुन २०७९, बिहीबार
४ फाल्गुन २०७९, बिहीबार

काठमाडौँ ।

राष्ट्रपतिबारे माओवादी केन्द्रले आधिकारिक निर्णय गर्ने तयारी गरिरहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच लामो भेटघाट भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दुई नेताबीच फागुन २५ मा हुने राष्ट्रपति निर्वाचन र मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे केन्द्रित रहेर कुराकानी भएको हो । प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली बिहीबार १० बजे बालुवाटार पुगेका थिए । कुराकानीका क्रममा प्रचण्ड–ओली पूर्व सहमति अनुसार राष्ट्रपति एमालेले पाउनुपर्ने र त्यसमा राष्ट्रिय सहमति बनाउन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् ।

बालुवाटार स्रोतका अनुसार ओलीको प्रस्तावमा प्रधानमन्त्री प्रचण्डले एमाले, माओवादी वा अरू कुनै दलभन्दा पनि कुन दलमा सहमति बन्छ त्यसको लागि छलफल गरेर अघि बढ्दा राम्रो हुने जवाफ दिएका छन् । प्रधानमन्त्री प्रचण्डको कुरा सुनेपछि अध्यक्ष ओलीले राष्ट्रपतिमा पुस १० मा भएको सहमति स्मरण गराएका थिए ।

‘त्यो सहमतिअनुसार राष्ट्रपतिमा एमालेको दाबी रहिरहन्छ । त्यसका लागि माओवादीले वातावरण तयार गर्नुपर्छ’, ओली निकट स्रोतले भन्यो,‘अध्यक्ष र प्रधानमन्त्रीबीच यस्तै कुरा भएर उहाँ (ओली) बालुवाटारबाट फर्कनुभएछ ।’

त्यसक्रममा अध्यक्ष ओलीले गठबन्धन भत्काउन र सत्ता समीकरण हेरफेर गर्न विभिन्न चलखेल भइरहेको भन्दै कांग्रेस नेताहरूले दिएका अभिव्यक्तिहरू मुलुकमा अस्थिरता फैलाउने किसिमका भएकाले सचेत रहन आग्रह गरेका थिए । त्यसको जवाफमा प्रधानमन्त्री प्रचण्डले हालको सत्ता गठबन्धन कुनै पनि हालतमा टुट्न नदिनेमा आफ्नो प्रयत्न रहिरहने बताएका थिए ।

‘षड्यन्त्रहरु भइरहेका छन् । त्यसमा म आफू सचेत छु तर यसमा एमालेले पनि मलाई पूर्ण सहयोग गर्नुपर्छ’, प्रधानमन्त्री प्रचण्डको जवाफ थियो । प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दुवै जना आआफ्नो अडानबाट पछि नहटेको बताए ।

‘प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गरौँ भन्नुहुन्छ भने एमाले अध्यक्ष केपी ओलीजी राष्ट्रपति एमालेले पाउनु पर्ने भनिरहनु भएको छ’, गजुरेलले भने, ‘दुवै जना आआफ्ना अडानमा भए पनि अन्ततः दुवै जना सहमतिमा पुग्नुहुन्छ ।’

सल्लाहकार गजुरेलले राष्ट्रपतिबारे दुवै दल सहमतिमै अगाडि बढ्ने पक्षमा रहेको भन्दै थप छलफल गर्दै जाने बताए । उनले एमालेसँग सहमति भए पनि नभए पनि माओवादी केन्द्रले राष्ट्रपतिबारेमा आधिकारिक निर्णय गरेर अघि बढ्ने बताए ।

‘एमालेसँग सहमति भए पनि पार्टीमा निर्णय गर्नुपर्छ, सहमति नभए पनि निर्णय गर्नुपर्छ र त्यो चाँडै हुन्छ’, गजुरेलको भनाइ छ । फागुन २५ गते हुने राष्ट्रपति चुनावका लागि फागुन १३ गते उम्मेदवारी दिने निर्वाचन कार्यतालिका छ । त्यसअघि सत्ता साझेदार दल एमाले र माओवादीबीच न्युनतम् सहमति हुने नेताहरूको विश्वास छ ।

पछिल्ला दिनमा राष्ट्रपतिको विषयलाई लिएर माओवादी केन्द्र र एमालेबीच केही दुरी बढेका समाचार सार्वजनिक भइरहेका छन् । एमाले अध्यक्ष ओलीले नै सत्ता गठबन्धन नरहन पनि सक्ने  अशंका व्यक्त गरिसकेका छन् । आफ्नो पार्टी निकट अनेरास्ववियुको महाधिवेशनलाई मंगलबार उद्घाटन गर्दै उनले सत्ता गठबन्धन नरहन पनि सक्ने र त्यसका लागि तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । त्यसक्रममा ओलीले गठबन्धन भत्काउन भित्रबाहिरबाट चलखेल भइरहेको बताएका थिए । ओलीको यो अभिव्यक्तिपछि प्रचण्ड र ओलीबीच पहिलो पटक छलफल भएको हो ।

एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुव्वा गुरुङले एमाले र माओवादीबीच भएको सहमतिमा कायम रहने विश्वास व्यक्त गरे । ‘एमालेले सहमति भत्काउने पक्षमा छैन, सहमति कायम राख्ने कि भत्काउने त्यो माओवादीको विषय हो। एमाले विगतमा भएको सहमतिको पक्षमा छ’, गुरुङको भनाइ छ । उनले कुनै विषयमा पटक पटक सहमति नहुने पनि बताए । माओवादी र एमालेबीच सहमति भइसकेको भन्दै त्यहीं अनुसार अगाडि बढ्ने एमालेको तयारी छ । सहमित भत्किए एमालेले आफ्नो उम्मेदवार उठाउने नउठाउने भन्नेबारे थप निर्णय गर्ने पनि बताए ।

यो गठबन्धन पाँच वर्षसम्म कायम रहनु पर्ने पक्षमा एमाले रहेको र त्यो कायम राख्न विगतमा भएका सहमतिहरु कार्यान्वयन गर्न प्रधानमन्त्री प्रचण्डले विशेष पहल लिनुपर्ने गुरुङको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?