ट्रेंडिंग:

>> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा 
फ्रन्ट पेज

गाउँगाउँबाट उठाउँदै पालिकाले १० अर्बको योजना

कुल १ सय ५१ वटा मुख्य योजनाहरु आवधिक योजनामा समावेश गरिएका छन् । ति मध्ये १० वटा गौरवका आयोजना उल्लेख गरिएको छ । जस्मा पालिकाले मात्रै पुरा गरेर सम्भव हुदैन्,उनले भने,यसका लागि अन्य सरोकारवाला निकायसँग पनि सम्पर्क र समन्वय गरे मात्र ति काम पुरा गर्न सक्ने अवस्था हुन्छ ।
२ फाल्गुन २०७९, मंगलवार
२ फाल्गुन २०७९, मंगलवार

नवलपरासी- जिल्लाको सरावल गाउँपालिकाले आफ्नो पञ्चबर्षिय आवधिक योजना तर्जुमा गर्दै १० अर्बको योजनाहरु निर्माण गरेको छ । गाउँपालिकाको प्रत्येक वार्डमा पुगेर योजनाको माग, प्राथमिकीकरण गर्दै उक्त रकम बराबरको आवधिक योजनाको निर्माण गरेको हो ।
हालको अनुपातमा गाउँपालिकामा बन्दै गरेको बजेट पाँच बर्षमा ३ अर्बको हुने अवस्था भएको देखिएको छ । तर आवधिक योजना पुरा गर्नका लागि १० अर्ब बजेट आवश्यक छ । आफ्नो कार्यकालमा यो आवधिक योजना पुरा गर्नका लागि नियमित ३ अर्ब बाहेक पनि थप ७ अर्ब रकम आवश्यक छ । अब गाउँपालिकाले स्रोतको खोजी र पहिचान गरि काममा लाग्नुपर्ने आवश्यकता आवधिक योजनाले निर्धारण गरेको गाउँपालिकाका अध्यक्ष शुखाडीप्रसाद चौधरीले बताए ।
आवधिक योजनाले परिकल्पना गरेको योजना पुरा गर्नका लागि नियमित आउने गाउँपालिकाको बजेटले सम्भवन नभएको हुदा ति सबै योजनाका लागि लुम्बिनी प्रदेश सरकार र संघिय सरकारसँग समन्वय गरि काम गर्नु पर्ने हुन्छ उनले भने । अब आवधिक योजनाको निर्माण पश्चात यसै क्षेत्रबाट निर्वाचित संघिय संसदका प्रतिनिधि र प्रदेशसभाका प्रतिनिधिसँग पनि गाउपालिकाले आवश्यक परामर्श गरिनेछ । बजेटको ब्यवस्थापन र आवधिक योजनाले निर्धारण गरेको योजनाहरु प्रदेश र संघिय सरकारको योजनामा समावेश गरि लगानी गराउनु गरि गाउपालिकाले काम गर्ने अध्यक्ष चौधरीले बताए । आवधिक योजनामा गाउँपालिकाले पालिकाका गौरवका आयोजनाहरुलाई पनि निर्धारण गरेको छ ।

पालिका गौरवका आयोजनाले गाउँपालिकाको रुपान्तरणकारी योजना हुने छ । यस्ता योजनाले यो कार्यकालको जनप्रतिनिधिलाई काम गर्न थप हौसला बढाएको जनाउदै अध्यक्ष चौधरीले अब जनप्रतिनिधिहरु पराम्परागत रुपमा दिन कटाउने गरि बस्ने अवस्था छैन् । दिनरात गाउपालिकाको समग्र,सन्तुलित विकास गरि समृद्ध सरावल बनाउनका लागि लागि पर्ने अवस्था सृजना गरेको छ । उनका अनुसार सरावलको कुल १ सय ५१ वटा मुख्य योजनाहरु आवधिक योजनामा समावेश गरिएका छन् । ति मध्ये १० वटा गौरवका आयोजना उल्लेख गरिएको छ । जस्मा पालिकाले मात्रै पुरा गरेर सम्भव हुदैन्,उनले भने,यसका लागि अन्य सरोकारवाला निकायसँग पनि सम्पर्क र समन्वय गरे मात्र ति काम पुरा गर्न सक्ने अवस्था हुन्छ ।

गौरवका आयोजनामा सरावल औद्योगिक क्षेत्रको निर्माणका लागि २५ करोड बजेट आवश्यक रहेको र त्यसलाई निजी, सरकारी साझेदारी (पिपिपि)को अवधारणामा कार्यान्वयन गरिने छ । सरावल गाउपालिका चुरे पहाड देखी भारतिय सिमा दशगजासम्म जोडिएका हुदा,सरावल गाउपालिका भएरै पुर्व पश्चिम महेन्द्र राजमार्ग, हुलाकी राजमार्ग,नेपाल गण्डक पश्चिमी नहर सिचाईको सर्भिस रोड, महेशपुर मुल भन्सारसँग जोडिएको महेशपुर—त्रिवेणी प्रस्तावित नेपाल भारत मैत्री राजमार्गको आस पासमा औद्योगिक क्षेत्र बनाउन सक्ने अवस्था रहेको छ । त्यसै गरि यि सबै राजमार्ग जोड्ने गरि महेशपुर नाकासँग जोडिएको भुतहा—महेशपुर लिंकमार्ग, महेशपुर—चिसापानी सडक,भुजहवा छोटी भन्सार नाका जोड्ने लिँक मार्गहरुले पनि बजार तथा औद्योगिक बिकासको सम्भावना बोकेका छन् ।
त्यसै गरि सरावललाई माछा सुपरजोनको निर्माण गरिने गरि १० करोडको सुपरजोन बनाईने योजना समावेश गरिएको छ । डुबान हुने क्षेत्र भएकोले पनि ति डुबानको चुनौतीलाई अवसरमा बदल्ने माछा सुपर जोन आयोजना सहयोगी हुने छ । बेमौषमी तरकारी बाली प्रवद्र्धन एवं हाटबजार ब्यवस्थापन योजनाका लागि १० करोड, सरावल १ खोखरपुरा स्थित आदर्श मावि प्राविधिक शिक्षालयको रुपमा विकास गर्नका लागि १० करोड,आन्तरिक उत्पादन प्रवद्र्धन गर्न भारतिय सिमा नजिकै प्रदर्शनी स्थल स्थापना तथा सञ्चालन १५ करोड,सार्वजनिक सेवा प्रवाह तथा सुदृढिकरण तथा डिजिटलाईजेसन ८ करोड,पालिकाको मुख्य प्रशासनिक भवन निर्माण १५ करोड,सबै वार्डलाई पालिका केन्द्रसँग जोड्ने सडक सञ्जाल २० करोड,सिमसार क्षेत्र संरक्षण,पर्यटकिय स्थल पर्यापर्यटन विस्तार कार्यक्रमलाई १५ करोड,कोलवृक्ष क्षेत्र संरक्षण आयोजना १० करोड,१५ सैयाको अस्पताल निर्माण १६ करोड,झरही हुलासी तथा धनेवा नदी तटबन्धन तथा करिडोर निर्माणका लागि ५० करोडका आयोजनाहरु समावेश गरिएको छ ।

अब आवधिक योजना अनुसारको काम गर्नका लागि गाउँपालिकाले कार्यविभाजन गरि जिम्मेवारी दिईने रणनीति तय गरेको अध्यक्ष चौधरीले जानकारी गराए । जस्मा मुख्य रुपमा समाजिक विकास,शुसासन तथा संस्थागत विकास,पुर्वाधार विकास,बन तथा बातावरण विकास र आर्थिक विकास गरि ५ वटा विभागीय संरचनाहरुको निर्माण गरिने छ । दिर्घकालिन सोच सहति विषयगत र क्षेत्रगत रणनीतिमा आधारित भएर काम गर्नका लागि गाउँपालिकाले जिम्मेवारी तोक्ने र काम गर्ने,गराउने र समिक्षा गर्दै अगाडी बढने गरि आवधिक योजना ल्याएको हो । स्वास्थ्य शिक्षा कृषि र पुर्वाधार,समृद्ध सरावलको आधार नारा समेत तय गरिएको र सोही अनुसार काम गर्दै अगाडी बढने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दुर्गा पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?