ट्रेंडिंग:

>> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ
फागुन १५ भित्र प्रदेश छनौट सक्ने

स्थानीय सरकारको उपेक्षामा खेलकूद

जनप्रतिनिधि आएको एक वर्ष पुग्दा समेत खेलकुद समिति गठन हुन सकेन । १३ औ राष्ट्रपति प्रतियोगिताको छनौटको प्रदेश खेल फागुनमा सक्नुपर्ने भएपनि अझैसम्म नगरस्तरको खेल हुन बाँकी छ । ग्रासरुट लेभलको खेल विकास हुने नगर सरकारको यसमा चासो छैन ।
१४ माघ २०७९, शनिबार
१४ माघ २०७९, शनिबार

बुटवल, १३ माघ ।

मार्शल आर्टको कराते विधाका प्रशिक्षक उमेश थापाको सामाजिक संजाल (फेसबुक) मा एउटा पोष्ट गरे ।

खेलकुद मन्त्रालय सबै भन्दा कमजोर पार्टी वा कम्जोर व्यक्तिलाई दिइन्छ । नामको मात्र मन्त्री । न उसले खेल बुझ्न सक्छ, न उसले खेलाडीको पिर मर्का नै बुझ्न् सक्छ ।
खेलाडीले पार्टीका कार्यकर्ता जस्तो चित्त बुझेन भने न आन्दोलन गर्न सक्छ, न वातावरण बिगारेर बाटोमा गाडीका टायर नै बाल्छ । उ चुपचाप लागेर बिदेशी भूमिमा मजदुरी गर्न वाध्य हुन्छ ।

वर्तमान राजनीतिक अवस्था र खेल क्षेत्रप्रतिको उपेक्षा बिरुद्ध उनले तितो सत्य सामाजिक संजालमा लेखे । यो स्टाटसमा धेरै खेलप्रेमीहरुले कमेन्ट गरे । सबै राजनीतिक दल र नेताहरु खेलकुद मन्त्रालयको जिम्मेवारी लिने चासो नलिएको प्रति उनको दुःखेसो हो । वास्तवमै खेलकुद मन्त्रालय हाँकेर खेलमार्फत नयाँ तरङ ल्याउने योजना, लक्ष्य बोकेर अगाडि सर्ने कोही देखिएको छैन । ‘वास्तवमा यो दुर्भाग्य हो’– उनले भने । रुपन्देहीमा कराँते खेलको प्रशिक्षण सुरु गरेर धेरै ठाउँमा पुगेका उनी सयौ खेलाडी उत्पादन गर्न सफल भए । ‘खेल र प्रशिक्षणले मात्र नपुग्ने रहेछ’– उनले निराश भएर भने । क्षमतावान खेलाडीहरुले ब्यावसायिक बन्ने अवसर नपाउँदा समग्र खेलक्षेत्र पछि परेको उनी बताउँछन् । ग्रास रुट लेभलमा खेलाडी प्रशिक्षण गरेर तयार भएका खेलाडीहरु थप सहयोग नपाउँदा समस्यामा परेको उनी बताउँछन् । ‘नयाँ जनप्रतिनिधि स्थानीय सरकारमा आए तर उनीहरुको प्राथमिकता खेलकुदमा परेन’– उनले भने । स्थानीय सरकार बनेको एक वर्ष पुग्न लाग्दा समेत अधिकांशमा खेलकुद विकास समिति गठन गर्ने र खेलकुद गतिविधिमा जोड दिने काम भएको छैन । यसको प्रत्यक्ष असर खेल र खेलाडीलाई दीर्घकालमा पर्ने उनले दाबी गरे । राजनीतिक आधारमा मनोनित गरिने प्रवृत्ति रहेको नगर खेलकुद किचलोका कारण रोकिएको छ । कतिपय पालिकामा अघिल्लो कार्यकालमा मनोनितहरुको समयावधी नसकिएको अवस्था छ भने कतिपयमा मनोनितमा पार्टीकै विवाद कायम छ ।

फुटबलमा लामो समयदेखि लागेको तिलोत्तमा फुटबल एकेडेमीका अध्यक्ष तिलक नेपालीले सरकार परिवर्तन भएपनि खेल विकास र गतिविधि बढ्न नसकेको दुःखेसो गरे । खेलकुद क्षेत्रको नेतृत्व खेलकुद बुझेको भन्दा पनि राजनीतिक पहँुचलाई आधार बनाउँदा खेल विकासमा बाधा भएको उनी बताउँछन् ।

रुपन्देहीमा कुनै पनि पालिकामा खेलकुद विकास समिति गठन भएको छैन । खेलकुदको आधार खडा गर्ने तह नै नहँुदा खेलकुद पछि पर्दै गएको खेलप्रेमीहरुको दुःखेसो छ । स्थानीय सरकारको नेतृत्व आएको डेढ वर्ष ढिला गरी गठन भएको बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिबाट पालिकामा भएका खेल संरचना, खेलकुद संस्था र खेलाडीहरुको तथ्यांक निकाल्नुका साथै केही खेलमैदान निर्माण र मर्मत गरेको गरेको थियो । खेलप्रेमी नन्दु काउचाको अध्यक्षतामा गठन भएको समिति पालिकामा नयाँ जनप्रतिनिधि आएसंगै निष्क्रिय भएको छ । नयाँ जनप्रतिनिधिबाट नयाँ समिति गठन वा पुरानैलाई सक्रिय बनाउने बारे कुनै चासो दिएको छैन ।

पाँच वर्षे कार्यकालको लागि मनोनित भएको समिति मुद्दामा जाने हुन की भन्ने आशंकाकै कारण नयाँ समिति गठन हुन नसकेको हुनसक्ने धेरैको ठम्याई छ । नया जनप्रतिनिधिका धेरै कार्यकर्ताहरु आकाक्षी देखिदा निर्णयमा ढिलाई भएको देखिन्छ । वर्षभरि धेरै खेल गतिविधि हुने तिलोत्तमा, सिद्धार्थनगर, सैनामैना नगरपालिकामा नया जनप्रतिनिधि आएपछि खेलकुद विकास समिति गठन भएको छैन । तिलोत्तमा नगरमा स्थानीय सरकारको पहिलो कार्यकालमा राजेन्द्र गुरुङको अध्यक्षतामा गठन भएको थियो ।

स्थानीय समिति नहुँदा खेल गतिविधिको वार्षिक क्यालेण्डर अनुसार प्रतियोगिता हुन सकेको छैन । ‘राष्ट्रपति छनौट प्रतियोगिता विद्यालयस्तरमा माघसम्म सक्नुपर्ने भएपनि अधिकाश पालिकामा सुरसार नै छैन’– रुपन्देही जिल्ला अध्यक्ष भुपेन्द्र क्षेत्री (हरि) ले दुःखेसो गरे । स्थानीय पालिकाहरुलाई फागुन १५ गतेसम्म छनौट खेल सक्न पत्राचार गरिएको उनले बताए । पालिकाहरुको आफनो अधिकार क्षेत्रमा रहेर खेलकुद गतिविधिमा छुट्टिएको बजेट समेट कार्यक्रम नै नगरिनु दुर्भाग्य भएको उनी बताउँछन् । पालिकाहरुमा रहेको शिक्षा तथा स्वस्थ्य शाखाबाट आवश्यक पहल गरे आफुहरु छनौट खेलको लागि तयार रहेको उनले बताए ।

यता प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई प्रदेश छनौट खेल फागुनभित्र सक्नुपर्ने बताउँछन् । नगर छनौट सकेर जिल्ला छनौट हुनुपर्ने भएपनि अधिकाश पालिका गम्भीर नदेखिएको उनले दुःखेसो गरे । यसअघि लुम्बिनी च्याम्पियन भएकाले पनि राम्रो खेलाडी छनौट गर्ने अवसरका रुपमा रहेको छनौट खेलमा चासो दिनुपर्ने उनको सुझाव छ । प्रदेशभरि नै जिल्ला र नगरस्तरमा परिपत्र गरिएको उनले बताए । अघिल्लो वर्ष च्याम्पियन रहेको लुम्बिनी प्रदेशको साख जोगाउने चुनौती रहेको उनी बताउँछन् । खेलाडी छनौटको ग्रासरुटमै चरणमा लापरवाही हँुदा नतिजामा नकारात्मक असर पर्ने उनको दुःखेसो छ । राष्ट्रिय किर्तिमानीसहित अघिल्लोवर्ष लुम्बिनी च्याम्पियन बनेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?