ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

सिनपाको घटनाः अमानवीयताको पराकाष्ठा (सम्पादकीय)

२५ पुष २०७९, सोमबार
२५ पुष २०७९, सोमबार

छाडा चौपायाको व्यवस्थापनको नाममा सिद्धार्थनगर नगरपालिका भैरहवाले जुन निन्दनीय काम गरेको छ त्यसले आम नेपाली जनतालाई लज्जा बोध गराएको छ । पछिल्लोसमय पशु अधिकारको विषयमा गंभीरढंगले वकालत भैरहँदा कुनैपनि पशु वा जनावरलाई यातना, प्रताडना र दुःख दिनु अपराध ठहर्छ । त्यसमाथि राष्ट्रिय जनावर गाईमाथि गरिएको अमानवीय यातनाको दृष्यले सिंगो रुपन्देहीवासीको शीर निहुरिएको छ ।

छाडा चौपाया व्यवस्थापन सराहनीय छ तर त्यसका नाममा ट्रकमा बांधेर घिसार्नु अमानवीयताको पराकाष्ठा हो । यस्तो कदमको जति नै भ्रत्र्सना गरेपनि कम हुन्छ । जनताबाट अनुमोदित भएर आएका जनप्रतिनिधिको नेतृत्वको समयमा पशुमाथि यति क्रुर यातनाको सायद कल्पना पनि गर्न सकिदैन । तर, लु १ ग ३६२ नम्बरको ट्रकको पछाडी बाँधेर साँढेलाई घिसार्दै गरेको तस्वीर सामाजिक संजाल फेसबुकमा सार्वजनिक भएसँगै सिद्धार्थनगर नगरपालिका आलोचितमात्र भएको छैन, उसको निन्दनीय कदमको सर्वत्र घोर भत्र्सना भएको छ । सिद्धार्थनगर नगरपालिकाले पत्रकार सम्मेलन गरेर त्यो मनसाय नभएको स्पष्टीकरण दिएको छ तर त्यतिले मात्र पत्याउने अवस्था छैन । यो निन्दनीय कदमको कडा शब्दमा विरोध गर्नु जरुरी छ ।

पशुमाथिको त्यो बर्बर यातना कुनैपनि मानवका लागि सैह्य हुन सक्दैन । भैरहवामा कसरी यस प्रकारको घटना भयो ? त्यसको छानवीन हुनुपर्दछ । दोषीमाथि कारवाही हुनुपर्दछ । सिद्धार्थनगर नगरपालिकाले झारा टार्ने हिसावले फितलो बक्तब्य दिएर यति ठूलो अमानवीय घटनाबाट अलग हुन सक्दैन । यस घटनामा संलग्नमाथि कडा कारवाही होस् । भैरहवाका जनता यो घटनाबाट लज्जित वनेका छन । पशुमाथिको बर्बर यातना अमानवीयताको चरम उत्कर्ष हो । सायद यो भन्दा माथिल्लो यातना अरु हुनै सक्दैन । मानवीयताको हिसावले कुनैपनि पशुमाथि बर्बर यातना अपराध हो । यो अपराधमा सिद्धार्थनगर नगरपालिका कसरी संलग्न भयो, उसले गंभीर समीक्षा गर्नु जरुरी छ । आम जनतासमक्ष गल्ती भएकोमा क्षमायाचना गर्नुपर्दछ ।

भैरहवाका स्थानीय जनता नगरपालिकाको उक्त कदमबाट आन्दोलित भएका छन । भैरहवाका स्थानीय युवाले नगरपालिका कार्यालय अगाडी नाराबाजी समेत गरेर घटनाको कडाशब्दमा विरोध जनाएका छन । जिउँदो पशुलाई रगताम्य गराउँदै बाँधेर ट्रकले तानेर लैजानु घोर अमानवीय कदम हो । भैरहवावासीले यो घटनाको सत्यतथ्य नगर प्रमुखले जवाफ दिनुपर्ने माग राखेका छन । भोली यस प्रकारका घटना दोहोरिदैन भन्ने कुराको ग्यारेन्टी नगरपालिकाले दिनुपर्दछ । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले दोषी कर्मचारीलाई कारवाही गर्ने आश्वासन दिएका छन । उनको आश्वासन छिटो कार्यान्वयनमा आएको जनता सुन्न चाहन्छन ।
राष्ट्रिय जनावरमाथि यति धेरै अपमान र हुर्मत लिने काम कहिँकतैबाट भएको भएपनि त्यो माफ गर्नै सकिदैन् । अर्को कुरा सिद्धार्थनगर नगरपालिकाले यो घटनामा दोषीमाथि कारवाही गर्न सक्छ कि सक्दैन ? त्यो महत्वपूर्ण कुरा हो । गाई नेपालको राष्ट्रिय जनावर भएकोले गाईको संरक्षण गर्नु आम नेपालीको कर्तब्य हो । चाहे त्यो जुनकुनै धर्म मान्ने सम्प्रदाय नै किन नहुन । गाईमाथिको अघोर यातना कुनैपनि मानेमा स्वीकार गर्न सकिदैन । राष्ट्रिय जनावरमाथिको यो अपमान र यातनाको कडा शब्दमा निन्दा भएको छ । प्रसंग अहिले गाईको आएको छ, यो मात्र होइन, कुनैपनि पशुमाथिको यातनालाई उचित ठह¥याउन सकिदैन् । हिन्दू धर्म अनुसार गौमाताको रुपमा पूजनीय हाम्रो राष्ट्रिय जनावर गाईमाथिको ज्यादती र हिंस्रक घटनाका विषयमा नेपाल सरकारको ध्यान जाओस् ।

घटनामा संलग्नमाथि कारवाही भएमात्र भोली यस प्रकारका अरु घटनाले निरन्तरता पाउँदैन भन्ने विश्वसनीय आधार तयार हुन्छ । तसर्थ यो विषयमा संघीय सरकारको समेत ध्यानाकर्षण होस् । दोषी जो कोही भएपनि कारवाहीको भागिदार वन्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?