ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’ को घोषणा

दुवै शो को विजेतालाई एक करोड पुरस्कार
१३ पुष २०७९, बुधबार
१३ पुष २०७९, बुधबार

काठमाडौं, १३ पुस ।

नेपालकै पहिलो र महँगो पुरस्कार राशी सहितका अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’ को आयोजना हुने भएको छ ।

इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै नेपालकै पहिलो र महँगो पुरस्कार राशी सहितका अन्तर्राष्ट्रिय रियालिटी शो गायन–शो ‘मेरो भ्वाइस युनिभर्स’ र नृत्य–शो ‘मेरो डान्स युनिभर्स’ को घोषणा गरिएको हो ।

गायन–शो ‘‘मेरो भ्वाइस युनिभर्स’ का विजेताले एक करोड रूपैयाँ पुरस्कार पाउने छन्। जसमा फस्ट रनरअपले ३० लाख रूपैयाँ र सेकेन्ड रनर अपले २० लाख रूपैयाँ पुरस्कार पाउने छन् । शिव परियार, अन्जु पन्त, पुष्पन प्रधान, सुजता वर्मा, सुरेश अधिकारी र सुनिता थेगिम निर्णायक रहेको गायन–शो रिमा विश्वकर्मा र प्रजीत रानाले कार्यक्रम सञ्चालन गर्नेछन् ।

यस्तै नृत्य–शो ‘मेरो डान्स युनिभर्स’ का विजेताले पनि एक करोड रूपैयाँ पुरस्कार पाउने छन् । यो शोको फस्ट रनरअपले पनि ३० लाख र सेकेन्ड रनरअपले २० लाख पुरस्कार पाउने छन् । त्यस्तै मेरो डान्स यूनिभर्सको निर्णायकमा दीलिप रायमाझी, प्रियंका कार्की, शंकर विसी, केकी अधिकारी, निर्माण राई र मिथिला शर्मा रहनेछन् भने नरेश भट्टराई र सुनिता गुरुङले कार्यक्रम सञ्चालन गर्नेछन् ।

उक्त पुरस्कार राशी नेपालमै अहिलेसम्मकै ठूलो भएको आयोजकले दाबी गरेका छन्। शोमा विश्वभर छरिएर रहेका १६ वर्षमाथिका नेपाली भाषीहरूले रियालिटी शो मा सहभागिता जनाउन पाउने छन् । यो प्रतियोगितामा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरूले इन्ट्रा फाउन्डेसनको एप डाउनलोड गरेर फर्म भर्न सक्नेछन् । मंगलबारदेखि नै फारम भर्न सक्ने आयोजकले जानकारी दिए । यी दुवै सोको आवेदन दिने मिति जनवरीको अन्तिम तारिकमा तोकिएको छ । आयोजकका अनुसार नेपालको पूर्व, मध्य र पश्चिमाञ्चलबाट अडिसन हुनेछ । त्यस्तै म्यानमार, थाइल्याड, भुटान, भारत, अस्ट्रेलिया, अमेरिका, क्यानडा लगायत अन्य युरोपियन देशमा प्रतिस्पर्धीको संख्याका आधारमा अडिसन गरिनेछ। दुबै शोको निर्देशन एलेन श्रेष्ठले गर्नेछन् । रियालिटी–शो टेलिभिजनमा प्रसारण हुने छन् ।

इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका संयुक्त राज्य अमेरिका र नेपालमा दर्ता भएको संस्था हो । यसले नेपाली संस्कृतिलेलाई विश्वभर प्रवर्द्धन गर्ने काम गर्दे आएको फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले जानकार िदिए । अधिकारीले संस्कृति जोगाउन सबै एकजुट हुनु पर्ने भन्दै संस्थाको मुख्य उद्देश्य नेपाली मनोरन्जन क्षेत्रमा सांगीतिक क्रान्ती ल्याउनु रहेको बताए । उनले भने ,‘यो शो रियालिटी शो मात्र नभएर कार्यक्रमको माध्यमबाट विश्वभर छरिएर रहेका नेपाली भाषीहरूलाई एक सूत्रमा बाँध्ने र उनीहरूलाई नेपाली भाषाको बारेमा सधैं नै सजग गराउने उद्देश्यले आयोजना गर्न लागिएको हो, ।’ उनले नेपाली कला र संस्कृतिलाई जोगाउन सबैले सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा अभिनेता राजेश हमाल, दीलिप रायमाझी, संगीतकार रञ्जित गजमेर, अभिनेत्री मिथिला शर्मा, प्रियंका कार्की, केकी अधिकारी, गायक पुष्पन प्रधान, रीमा बिश्वकर्मा लगायतको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?