ट्रेंडिंग:

>> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

अर्घाखाँचीमा निजी जग्गामा चुनढुङ्गा उत्खनन गरिने

८ पुष २०७९, शुक्रबार
८ पुष २०७९, शुक्रबार

सन्धिखर्क, ८ पुस ।

अर्घाखाँची जिल्लामा निजी स्वामित्वको जग्गामा चुनढुङ्गा उत्खनन हुने भएको छ । दैनिक १२ सय टन चुनढुङ्गा उत्खनन गर्ने गरी खानी सञ्चालन गर्न लागिएको हो । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नंं . ९ को सानडेभामा प्रस्तावित ३.४६ हेक्टर क्षेत्रफलको निजी स्वामित्वको जग्गामा चुनढुङ्गा खानी उत्खनन् सम्बन्धी प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदन तयार पारी रायसुझाव संकलन तथा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ ।

बिजया सिमेन्ट प्रालि कृष्णनगर कपिलवस्तुले प्रतिवेदन तयार गरी खानी तथा भूगर्भ विभागमा बुझाएको र सोही प्रतिवेदनमाथि स्थानीय बासिन्दा, जनप्रतिनिधि, बुद्धिजीवी लागायतसँग छलफल गरिएको हो । दैनिक १२ सय टन चुनढुङ्गा उत्खनन गर्दा वार्षिक २७० दिन उत्खनन गर्दा करिब १० बर्षसम्म खानी सञ्चालन गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रममा सुझाव राख्ने वक्ताहरूले स्थानीय वातावरणमा प्रत्यक्ष रूपमा असर नपर्ने गरी, स्थानीय नागरिक तथा खानेपानीका स्रोतहरुको समेत संरक्षण हुनुपर्नेमा जोड दिएका छन् । स्थानीय रुकबहादुर रायमाझी, पदम बलाल, हेमकर्ण रायामाझी, पित बहादुर रायमाझी, दिपक खासु लगायतले नुवाकोट, खिल्जी, असुरकोट, ढिकुरा खानेपानीलाई असर नपर्ने गरी चुनढुङ्गा खानी संचालन हुनुपर्ने र गर्दा स्थानीयलाई रोजगारी सहित फाइदा पुग्नेगरी खानी संचालन गर्न आवश्यक रहेकोमा जोड दिएका छन् ।

कार्यक्रममा वडा अध्यक्ष खेमराज चँुदालीले स्थानीय नागरिकको माग र वडाभित्रका क्रियाशिल राजनीतिक दलका प्रतिनिधिको राय सुझाव अनुसार खानी संचालनका बिषयमा आफु वाधक नबन्ने बताए ।

कार्यक्रममा नेकपा एमालेका मोती भट्टराई, नेपाली कांग्रेसका अम्बर क्षेत्री, राष्ट्रिय जनमोर्चाकी सुन्धरा रायमाझीले कानुनी प्रक्रिया पूरा गरी खानी संचालन गर्नुपर्ने धारणा ब्यक्त गरेका छन् ।

तर नुवाकोट, खिल्जी, असुरकोट खानेपानी प्रभावितकोे तर्फबाट भिमलाल बेल्बासे, दामोदर बेल्बासे, भिमलाल श्रेष्ठले खानेपानीलाई प्रभावित हुनेगरी खानी सञ्चालन गर्न नहुने बताएका छन् ।

खानी संचालकको तर्फबाट नवाफ अलीले प्रचलित कानुनको पालना गर्दै कुनै पनि खानेपानीको मुहानलाई असर नपर्ने गरी स्थानीयका सबै माग पूरा गर्न कम्पनी प्रतिवद्ध रहेको बताए । कार्यक्रममा १५० जना स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?