ट्रेंडिंग:

>> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

छाडा चौपाया व्यवस्थापनको माग गर्दै विद्यार्थी आन्दोलित

६ पुष २०७९, बुधबार
६ पुष २०७९, बुधबार

कपिलवस्तु, ६ पुस ।

छाडा चौपाया व्यवस्थापनमा स्थानीय सरकार उदासिन बनेको भन्दै कपिलवस्तुको तौलिहवामा विद्यार्थी आन्दोलित बनेका छन् ।

कपिलवस्तु बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले छाडा चौपाया व्यवस्थापनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा धर्ना दिई प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । गाई, गोरु लगायतका छाडा चौपाया सडकमा हुँदा विद्यार्थी र सर्वसाधारण समस्यामा परेको र दुर्घटना बढ्दै गएको विद्यार्थीहरु बताउँछन् । प्रशासन कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना दिएका विद्यार्थीले स्थानीय सरकारको विरोध गर्दै गाईको संरक्षण गर्नु पर्ने भन्दै नाराबाजी गरे ।

छाडा चौपायाले दुर्घटना बढ्दा विद्यार्थी र सर्वसाधारणलाई समस्या परेपछि बाध्य भएर प्रशासनमा धर्ना र ज्ञापनपत्र दिईएको विद्यार्थी अगुवा सुरज खनालले बताए । छाडा चौपाया व्यवस्थापन समयमै गर्न ध्यान नपुर्याईए विद्यार्थी र युवाहरुले थप आन्दोलनका कार्यक्रम गर्ने विद्यार्थी अगुवा चन्द्र शर्माले चेतावनी दिए ।

कपिलवस्तु बहुमुखी क्याम्पसका अगुवा विद्यार्थीहरु सुरज खनाल, प्रमिशा अर्याल, चन्द्र शर्मा, शिव अग्रहरी, रमेश कुमार गुप्ता र शिव कुमार गुप्ता लगायतले आफ्ना माग सहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई बुझाएका थिए । सो ज्ञापनपत्रमा राष्ट्रिय जनावर गाईको संरक्षण हुनु पर्ने र दुर्घटना न्युनीकरणका लागि छाडा चौपायाको शीघ्र व्यवस्थापन गर्नु पर्ने लगायतका माग राखिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ मिश्रले छाडा चौपायाको व्यवस्थापनका लागि आफुहरु प्रयासरत रहेको बताए । बुद्धभूमि नगरपालिकाको गब्दाहवा र बाणगंगा नदी छेउँको दुई स्थानमा छाडा चौपाया व्यवस्थापन गर्ने योजना अगाडि बढाएको उनले स्पष्ट पारे । व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढेको जानकारी दिदै संघीय सरकारले वन क्षेत्रको जग्गा भोगाधिकारको लागि नयाँ सरकार बने लगत्तै निर्णय गर्नेमा आशावादी रहेको र सो लगत्तै छाडा चौपायाको व्यवस्थापन सहज हुने उनले जानकारी दिए ।

आगामी दिनमा पनि जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरी समस्या समाधानका लागि पहल गर्ने प्रजिअ मिश्रले प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?