ट्रेंडिंग:

>> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे

पाल्पा नगरभित्र कित्ताकाट खुला

५ पुष २०७९, मंगलवार
५ पुष २०७९, मंगलवार

पाल्पा,४ पुस ।

पाल्पा जिल्लाका स्थानीय सरकारहरुले जमिनको वर्गीकरण सुरु गरेका छन् । दुई वटा नगर सरकारले आफ्नो सिमा क्षेत्र भित्रको जमिन वर्गीकरण गरेका हुन् । तानसेन र रामपुर नगर सरकारको भु–उपयोग परिषदको बैठकले नगर भित्रको जमिन वर्गीकरण गरेका हुन् ।

तानसेन नगर सरकारले नगर भित्रको जमिनलाई ६ बटा क्षेत्रमा वर्गीकरण गर्ने निर्णय गरेको छ । नगर सरकारले कृषि, आवास, खानी, सिमसार, वन, व्यावसायिक क्षेत्रमा वर्गीकरण गरेको छ । नगर भित्रको सडक, वन जगंल, खानी क्षेत्रलाई आधार मानेर वर्गीकरण गरिएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । जमिनको वर्गीकरण गरेर स्विकृतीको लागि सम्बन्धित निकायमा पठाइएको उनले बताए ।

रामपुर नगर सरकारले पनि आवास, कृषि, औद्योगिक क्षेत्र समेटेर वर्गीकरण गरिएको रामपुर नगर सरकारका प्रमुख रमण थापाले बताए । प्रमुख थापाका अनुसार ६ मिटर चौडाई भएको सडकबाट दायाँ, बायाँ ५० मिटर आठ मिटर चौडाइ भएको सडकबाट ७० मिटर, १० मिटर चौडाई भएको सडकबाट ८० मिटर र १० मिटर भन्दा माथि मापदण्ड भएको सडकबाट दायाँ, बायाँ सय मिटर सम्मलाई आवासीय क्षेत्रमा वर्गीकरण गरेको छ । बैठकले अंशवण्डा गर्दा आवास थप्नु पर्ने भए आपसी समझदारीमा मापदण्ड अनुरुप बाटो बिस्तार गरी आवास बनाउन सकिने निर्णय भएको उनले बताए ।

बैठकले नगर भित्रको समथर भु–भाग छाडी पहाडी क्षेत्रको बाटोको दायाँ बायाँ ३० मिटर क्षेत्रलाई आवास क्षेत्रमा वर्गीकरण गरेको छ । त्यसैगरी कालीगण्डकी करिडोर सडकबाट सय मिटर दायाँबायाँ क्षेत्रलाई व्यावसायिक क्षेत्र तोकिदिएको छ । रामपुर नगर सरकारले किसानबारीदेखि तुरुन्दी खोला सम्मको मुख्य सडकमा पर्ने विरेन्द्र टारको उत्तर तर्फको ९६ रोपनी क्षेत्रफललाई औद्योगिक क्षेत्र निर्धारण गरेको छ । नगर भित्र रहेका खानी तथा खनिज क्षेत्र नदी तथा ताल सिमसार सार्वजनिक उपयोगका क्षेत्र सांस्कृतिक तथा पुरातात्विक महत्व बोकेको क्षेत्र बाहेक अन्य क्षेत्रलाई कृषि क्षेत्र निर्धारण गरिएको नगरपालिकाले जनाएको छ । जिल्लाको माथागढी, पुर्वखोला, वगनासकाली गाउँपालिकाले जमिनको वर्गीकरणको लागि प्रराभ्भिक छलफल गरेको मालपोत कार्यलयका प्रमुख दुर्गा प्रसाद खनालले बताए । स्थानीय सरकारहरुले कित्ताकाट खुला गरे पनि तल्कालै कित्ताकाट खुल्न भने कठिन देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?