ट्रेंडिंग:

>> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

प्रगतिशील विचारधारालाई जीवन्त बनाउन समाजमा चेतना बढाउनुपर्ने

३ पुष २०७९, आइतबार
३ पुष २०७९, आइतबार

दाङ, ३ पुस ।

प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले ३० औँ स्थापना दिवसको अवसरमा ६ जना साहित्यकारलाई पुरस्कृत र एकजना राजनीतिज्ञलाई सम्मान गरेको छ ।

प्रलेस दाङका अध्यक्ष भुवन देवकोटाको अध्यक्षता तथा प्राध्यापक डा. भागवत शर्माको प्रमुख आतिथ्य तथा वरिष्ठ साहित्यकार एवम् पत्रकार नारायणप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा आइतबार भएको कार्यक्रममा श्रष्टाहरुलाई सम्मान गरिएको हो ।

यस वर्षको प्रगतिशील साहित्य पुरस्कार प्रलेस दाङका संस्थापक सदस्य सुन्दर गौतमलाई प्रदान गरिएको छ । यसैगरी पद्मप्रसाद शर्मा र शान्ता देवि अधिकारीले स्थापना गरेको अनन्त–टीका प्रतिभा पुरस्कार डा. विन्दु शर्मालाई, रामप्रसाद जैसी र नारदमणि पोख्रेलले स्थापना गरेको चिन्तामणि–जमुना साहित्य पुरस्कार टीकाराम रेग्मीलाई प्रदान गरिएको छ ।

ऋषिराज जंगलीले स्थापना गरेको लिला–फना–बसन्ता श्रष्टा सम्मान साहित्यकार पद्मप्रसाद शर्मालाई प्रदान गरिएको छ । यसैगरी भक्तिराम ज्ञवालीले स्थापना गरेको गोविन्द ज्ञवाली साहित्य पुरस्कार दुर्गादवी अधिकारीलाई र श्याम चिसले स्थापना गरेको गोविन्द चिस सर्जक पुरस्कार श्रीधर भावुकलाई प्रदान गरिएको छ ।

यसैगरी, प्रलेसले हरेक वर्ष एकजना वामपन्थी चिन्तक एवम् वरिष्ठ साहित्यकारलाई सम्मान गर्दै आएकोमा यस वर्ष रश्मीराज नेपालीलाई सम्मान गरेको छ ।

कार्यक्रममा प्राध्यापक डा. शर्माले कम्युनिष्ट विचारधारामा विचलन बढ्दै गएको हुँदा यसको असर आम जनमानसमा पर्दै गएको बताए । उनले प्रगतिवादी साहित्य र प्रगतिशील साहित्य कम्युनिस्ट विचारधाराबाट मात्रै नभई अहिलेको आवश्यकतालाई मध्यनजर गरेर अघि बढ्न जरुरी रहेको तर्क गरे । ‘प्रगतिशील विचारधारामा अहिले धेरै पक्षका वादहरु मिसिँदै गएको छ, यसका लागि स्पष्ट रुपमा कम्युनिष्ट विचारधाराको प्रवाह हुनु आवश्यक छ,’ उनले भने, ‘विचारधाराको विचलन रोक्न आवश्यक छ ।’

हरेक वामपन्थी शक्तिहरुको आवाज र विचारलाई एक ठाउँमा ल्याउन सकेमा जनमतको सम्बोधन गर्न सक्ने आधार बन्ने औँल्याउँदै यसमा प्रगतिवादी साहित्य उत्तम विकल्प रहेको जिकिर गरे ।

वरिष्ठ साहित्यकार शर्माले प्रगतिशील विचार, वाद र सिद्धान्तका बारेमा बहस कम हुँदै गएको प्रति चिन्ता व्यक्त गरे । प्रगतिशीलता बुझ्न हरेकले माक्र्सवाद, लेनिनवादको सिद्धान्त अध्ययन जरुरी रहेको तर्क गर्दै अक्टोबर क्रान्तिपछि प्रगतिशील र वादको अवधारणाले उचाई पाएको हुँदा अब बोलीमा मात्रै नभई व्यवहारमा लागू गर्न जरुरी रहेको बताए ।

‘मुखले प्रगतिशील विचारधारा र दर्शनले मात्रै पुग्दैन अब व्यवहारमा पनि लागू गर्नैपर्छ । मूल बाटो छाडेर नै अहिले विचलन आएको हो,’ उनले भने, ‘प्रगतिशील विचारवादीहरुले ब्राण्ड भजाएर मात्रै हुँदैन, चरित्र दर्शन प्रगतिशील हुनुपर्छ, त्यसका लागि व्यवहार र चरित्र बदलिनुपर्छ ।’

उनले समाजले समाजवादबाट लाभ लिनुपर्नेमा व्यक्तिवादी चरित्र हावी भएको तर्क गरे । विद्यमान निराशाको चित्रलाई हटाउँदै संकट टार्न अब प्रगतिशील साहित्यबाट मात्रै सम्भव हुने उनको भनाई थियो । ‘द्वन्द्वात्मक विचार धारा अहिले आवश्यक भएको हुँदा समाजमा प्रगतिशील विचारधारालाई जीवन्त बनाउन समाजमा यसको चेतना बढाउनु पर्ने हुन्छ,’ उनले भने ।

 

 

पूर्व सांसद सुश्मा शर्मा घिमिरेले दसरा मसरा जस्तै बन्दै गएको माक्र्सवादी पक्षधरहरुमा वैचारिक स्पष्टता जरुरी रहेको तर्क गरिन् । प्रगतिशील विचार धारालाई स्पातिलो बनाउन माक्र्सवाद, प्रगतिशील विचारधारा सिद्धान्तको सशक्त प्रशिक्षण जरुरी रहेको आवश्यकता औँल्याइन् । उनले भनिन्, ‘कम्युनिष्ट विचारकहरुमा अहिले धेरै कुराको प्रभाव पर्दै गएको छ, उनीहरु अहिले एउटै विचारधाराको प्रभावमा छैनन्, दसरा मसरा जस्तै बन्दै गएको माक्र्सवादी पक्षधरहरुमा वैचारिक स्पष्टता जरुरी छ ।’

कार्यक्रममा प्रलेस पूर्व केन्द्रीय उपाध्यक्ष शशीधर भण्डारी, प्रेस काउन्सिल सदस्य शरद अधिकारी, प्रलेस सल्लाहकार पुरुषोत्तम खनाल, पुरस्कार संस्थापक ऋषिराज जंगली, सम्मानितहरुका तर्फबाट टीकाराम रेग्मी, रश्मीराज नेपाली, प्रलेस केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मालगायतले भनाई राखेका थिए ।

सम्मानित पुरस्कृत श्रष्टाहरुको परिचय बारे प्रलेस दाङका पूर्व अध्यक्ष केशव थापाले जानकारी गराएका थिए भने कार्यक्रमको सहजीकरण जिल्ला सचिव डिल्ली मल्ल संगीतले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?