ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी
विचार

निर्वाचनको सन्देशः युवाको नेतृत्वमा अग्रगामी परिवर्तन

१ पुष २०७९, शुक्रबार
१ पुष २०७९, शुक्रबार

कहिलेकाँही लेखनको विषय जुर्न गाह्रो हुन्छ । के विषयमा लेख्ने ? कसरी उठान गर्ने र कसरी अन्त्य गर्ने ? कहिले यसै विषयमा साह्रै अलमल हुन्छ । राज्यले उठाएका र समाधान गर्न नसकेका विषयहरु पनि थुप्रैछन् । जनस्तरका कमजोरीका कारणले उठेका समस्याहरु पनि कम्ती छैनन् । विभिन्न संघ संस्थाका कमजोरी पनि र्आैल्याउन सकिने अवस्थाहरु छन् । कहिले यस्ता विषयहरुमा घोत्लिँदा धेरै स्थानमा अधोगति देखापर्दछ । यी सबैको मूलजरो भनेको राजनीति हो भन्ने लाग्दछ । जुन देशको राजनीति र राजनेता वा राजनीतिज्ञ दक्ष र सक्षम छन् त्यस देशले छोटो समयमा पनि मुलुकलाई आत्मनिर्भरताको मार्गमा लगेका छन् । आफूलाई शक्तिशाली र विकसित मुलुक भन्न थालेका छन् । जुन मुलुकको राजनीति सहज छैन र राजनेताहरु देश र नागरिकप्रति उत्तरदायी हुनुको साटो खाली आफू र आफन्तमा सिमित रहने र राजनीतिलाई पेशा ठान्ने अवस्था रहेकाले मुलुकको गति दुर्गतिको मार्गमा लाग्ने अवस्था आउँछ । विगत लामो समयदेखि हालसम्मको दृष्य हेर्दा नेपालका अधिकांश नेताहरुको अवस्था दोस्रो रुपमा देखिन आउँछ । किनकी नेपालको राजनीति यतिवेला पेशा वनेको छ । जहिलेसम्म राजनीति पेशा बनिरहन्छ हामी यो अवस्थाबाट पार पाउन सक्नेछैनौं ।

यसपटक २०७९ को निर्वाचनका समयमा स्वतन्त्र उमेदवारहरुले अन्य राजनीतिक दलका नेता कार्यकर्ताहरुमा चिसो पस्ने वातावरण बनाएको देखियो तर निर्वाचनको समाप्ति पश्चात अव हामी पाँच वर्षका लागि ढुक्क भयौं भन्ने भान बढेको छ । स्वतन्त्र उमेदवारले खासगरेर यसपटक दुईवटा कुरा उठाएको पाईयो । एउटा राजनीति फोहरी खेल भयो भन्ने अनि यसैभित्रको अर्को पाटो भ्रष्टाचार र उमेर पाकेका नेताहरुले पुस्ता हस्तान्तरण गर्नुपर्छ भन्ने आवाज आएको देखियो । यस पटक जसरी मत परिणाम आयो । यसले अव युवाहरुलाई पनि साथमा लिएर जानु पर्छ र विस्तारै युवाजोशका व्यक्तिलाई नेतृत्व दिनुपर्छ भन्ने सन्देश दिएको छ भन्ने लाग्दछ । हरेक दलभित्र सक्षम युवाहरु हुनुहुन्छ तर उहाँहरु विभिन्न कोणबाट पर्दा पछाडि हुनुहुन्छ । अव उहाँहरुलाई पर्दा पछाडि होईन पर्दा अगाडि ल्याएर दृश्यमा (मञ्चमा) राख्नु पर्दछ ।

हाम्रो मुलुकमा भ्रष्टाचार र ढिलासुुस्ती उस्तै छ । हामीले पञ्चायत कालदेखिका काम कुराहरु भोग्दै आएका छौं । वास्तवमा पञ्चायती व्यवस्था जनमुखी भएन भनेर त्यो व्यवस्थाको विरोधमा नेपाली नागरिकहरु विभिन्न कोणबाट आन्दोलित भएका हुन् । आन्दोलनमा सहभागी हुँदा कतिको ज्यान गयो, कतिको अंगभंग भयो, कति जेलनेलको सजाय भोग्न वाध्य भए, कति सर्वस्वहरणमा परे । यसरी पीडा सहेर नागरिकले व्यवस्था परिवर्तन गर्नमा सघाए । व्यवस्था परिवर्तन त भयो तर अवस्थामा तात्विक परिवर्तन भएन । यसैको मूल उदाहरण हो तत्कालिन राजा ज्ञानेन्द्रले दलहरुमाथि अघोषित प्रतिवन्ध लगाएर आफ्नो हातमा शासन सत्ता लिनु । जतिवेला राजा ज्ञानेन्द्रले सत्ता हातमा लिए त्यतिवेला राजनीतिमा लागेका केही नेता र सिमित कार्यकर्ता बाहेक अरुबाट यसको विरोध भएको देखिएन । यो कुरालाई एकपटक गम्भिर रुपमा लिनुपर्दछ । हामीले कुर्वानी गरेर ल्याएको व्यवस्था राजाले एउटा सन्देशका माध्यमबाट आफ्नो हातमा लिंदा पनि नागरिक जसरी बोल्नुपर्दथ्यो त्यो बोली नआएको सत्य हो । सबै दलहरु मिलेर प्रतिगमनको विरुद्ध लाग्ने सहमति गरेपछि दोस्रो जनआन्दोलनमा नागरिकले पूर्ण सहयोग र सरसमर्थन जनाए । त्यो समयमा घर गृहस्थी त्यागेका योगी जसलाई हाम्रो गाउँघरमा जोगी भन्ने गरिन्छ । ती जोगीहरु समेत आन्दोलनमा लागेका थिए । उनीहरुलाई पनि व्यवस्था राम्रो चाहिने रहेछ तर योगीलाई राम्रो व्यवस्था चाहिने अवस्थामा पनि हाम्रा अगुवा नेताहरुको आनिवानीमा फरक आउन सकेन । उहाँहरुमध्ये धेरैले राजनीतिलाई पेशा बनाउन छोडनु भएन । अहिले जुन दुर्दशा आएको छ यसको परिणाम अरु केही होइन उहाँहरु नसच्चिनु नै हो । नेताहरुमात्र नभएर नागरिकले पनि केही कमजोरी गरेको पनि उत्तिकै पक्का हो । किनकी जसले पेशा बनाएका हुन् उनीहरुलाई नै पुनः मतदान गरेर कुर्सीमा विराजमान बनाउने यही मुलुकका नागरिकहरु नै हुन् । यो नागरिक स्तरबाट भएको कमजोरी हो । स्वतन्त्र दल वा स्वतन्त्र उमेदवारले यस पटकको निर्वाचनमा दिएको शिक्षा अहिले नेताहरुले लिने जमर्को गरेको जस्तो लागिरहेको छैन । निर्वाचनमा गरेका तर्कको जवाफ नभएकाहरुले आज फेरी उही सत्ताको मोहमा डुवेको देखियो । यसले आजको दिनमा हुने घाटा एकातर्फ छँदैछ अर्कोतर्फ आगामी निर्वाचनमा ठूलो घाटा हुने सत्य नै हो । यसपटक सत्ता सञ्चालन गर्ने मात्र मूल कार्य होइन नेपाली नागरिकका सामुमा परिवर्तनको अनुभूति कसरी दिन सकिन्छ भन्ने प्रमुख कुरा हो । जुन कुरा अहिलेसम्म नागरिकले पाउन सकेका छैनन् ।

  • न सुशासन देख्न पाइन्छ न विकास निर्माण समयमा सम्पन्न हुन्छन् । न नागरिकको सुरक्षा छ । अव भन्नुस नागरिकले सरकारबाट के अपेक्षा गर्ने हो ? हिँजो भएका कमजोरी अहिलेकै नेतृत्व गर्नेहरुबाट भएको हो भने अव बन्ने सरकारमा पनि उहाँहरु नै जानु हुनेछ किनकी ज्योतिषले त्यही भनेको छ ।

नेपालमा हुने योजनालाई एकपटक नियाल्ने हो भने पहिलो कुरा अघिल्लो सरकारले ल्याएको योजनामा रकम विनियोजन नगर्नेदेखि लिएर योजना विफल बनाउनेसम्मका हर्कत भए । अझ भन्ने हो भने अघिल्लो सरकारले ल्याएका नीतिहरु पनि पन्छाउने जस्ता काम गर्ने अनि फरक विचार राख्नेहरुलाई निषेध गर्ने कामहरु भइरहेका छन् । अझ अलि पर नजर लगाएर हेर्ने हो भने नेपालमा थालनी भएका योजनाहरु समयमा पूरा हुँदैनन् अनि त्यसको जिम्मेवारी दिने सरकारले पनि आफ्नो जिम्मेवारी नठान्ने र जसले काम सम्पन्न गर्ने जिम्मा पाएको हुन्छ, जसलाई ठेकेदार वा निर्माण कम्पनी भन्ने गरिन्छ उसले पनि समयमा कार्य सम्पन्न नगर्ने मात्र होइन समय थप गरिरहने अनि रकम अपुग भएको नाममा थप गर्न नेताहरुलाई हार गुहार गर्ने जस्ता कामहरुमा कमी आएको छैन । त्यसकारण हाम्रा योजनाहरु वर्षौ वर्षसम्म सम्पन्न हुन नसकेर पहिलेको अवस्था भन्दा अझ खतरायुक्त हुने गर्दछन् । यो समस्या कुनै एक निर्वाचन क्षेत्र वा पालिकाको मात्र नभएर मेचीकाली सबै क्षेत्रमा उस्तै छ । हाम्रा योजना कति वर्षमा सम्मन्न हुनुपर्ने थियो ती सम्पन्न भए भएनन् यसको नियमन गर्ने निकाय छ जस्तो लाग्दैन । छ भने पनि उसको पनि त्यस योजनामा मिलिभगत भएको भान हुन्छ ।

न सुशासन देख्न पाइन्छ न विकास निर्माण समयमा सम्पन्न हुन्छन् । न नागरिकको सुरक्षा छ । अव भन्नुस नागरिकले सरकारबाट के अपेक्षा गर्ने हो ? हिँजो भएका कमजोरी अहिलेकै नेतृत्व गर्नेहरुबाट भएको हो भने अव बन्ने सरकारमा पनि उहाँहरु नै जानु हुनेछ किनकी ज्योतिषले त्यही भनेको छ । यहाँ जनताले भनेको कुरा होइन ज्योतिषबाट वा परमादेशबाट भनिएका कुराहरु लागू हुन्छन् । ज्योतिषले पनि जसले सिन्को भाँच्न नसक्ने अवस्थामा पुगेको छ उसैलाई सत्ताको बागडोर तपाइको भाग्यमा छ भनेर किन भन्छन् होला ? यस्तो कुरा भन्ने ज्योतिषको पनि दोष हो कि ? हिँजोको गोरेटो नछोड्नेहरुबाट यसपटक के अपेक्षा गर्ने हो ? यो अवस्था देख्दा नेपालका राजनीतिज्ञ मात्र नभएर यस्तो कुरा गर्ने ज्योतिष समेत एउटै ड्याङका ऐजेरु बनेका छन् । ज्योतिषले भनेको भरमा राज्य सञ्चालन गर्न तम्सिरहेकाहरुलाई देखेर अहिले अधिकांश नागरिकहरु रनभुल्लमा परेका छन् ।

गठवन्धन भित्रकै दलभित्रबाट वास्तवमा लोकतन्त्रको मर्म अनुसार पाइला चाल्न सक्ने अर्को व्यक्तिलाई अगाडि सार्दा सायद देशले केही काँचुली फेर्न सक्थ्यो कि ? हामीसंगै स्वतन्त्रता प्राप्त गरेका कतिपय अन्य मुलुकको आत्मनिर्भरता देख्दा साँच्ची हामी आफैमा पानीमरुवा हौं भन्ने लाग्दछ । सात सालदेखिको परिवर्तनलाई भजाएर कतिदिन पर्खीबस्ने हो ? अन्य मुलुकको तरक्की हेर्दा र सुन्दा हाम्रो नियती यस्तै हो जस्तो लाग्न थालेको छ । परिवर्तन नगर्नेलाई राज्य सत्ता सुम्पने जोग भेटाउने ज्योतिष बालाई पनि धन्यवाद दिनु पर्छ कि ? किनभने जनताको भाग्यमा विकास निर्माण लेख्दै नलेख्ने तर जसले पजेरो संस्कृति ल्यायो, जसले आफ्नो कुर्सी बलियो बनाउने नाममा जम्वो मन्त्रीमण्डल बनायो, राज्यको ढुकुटी रित्याउन उद्यत रह्यो, जसले राष्ट्रहितको नारा दिएर महाकाली सुम्पनमा प्रमुख भूमिका खेल्यो फेरी उनैलाई सत्ताको बागडोर ? अव त यस्ता कुरा सुन्दा पनि पट्यार लागेर आउँछ । अनि लेख्ने विषय पनि आफैमा हराएर जान्छ । के लेख्ने ? किन लेख्ने ? कहाँबाट आरम्भ गर्ने कहाँ अन्त्य गर्ने ? यस्ता धेरै कुरा अहिले उठेका छन् । अरु विकास निर्माण गर्न नसकेपनि मतदाताले एकै मेसोमा मतदान गर्न पाए पनि त हुन्थ्यो । अहिले त एउटा दलको विचार बोकेको छ अर्को दलको त्यो पनि एकदमै फरक विचारको उमेदवार वा दलको चिन्हलाई मत दिनुपर्ने अवस्था आएको छ । एउटा निर्वाचनमा एउटा दलको एउटा निर्वाचन चिन्हमा र अर्को निर्वाचन वा मतपत्र पाउँदा अर्को दलको अर्को निर्वाचन चिन्हमा मत दिनुपर्ने संसारको नयाँ प्रयोगको विकास हाम्रो मुलुकमा आएको छ । यसको सही निकास नागरिक आफैबाट आफैले खोज्नुपर्दछ । यस्ता कुराहरु सुन्न नचाहनेलाई अलिक ठूलो स्वरमा घण्टी बजाएरै सुनाउनु पर्ने भएको छ । अहिलेको गति र मतिले यो मुलुक कहिल्यै पार लाग्दैन । यसको साटो हामी सधै अर्कैको उत्पादनमा निर्भर रहने अवस्था रहिरहने छ । यसको लागि एकपटक गम्भीर भएर सोंच्न र विचार बनाउन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?