ट्रेंडिंग:

>> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श 
लुम्बिनी प्रदेशभर कार्यक्षेत्र बढाउँदै धौलागिरी

आर्थिक र नेतृत्व विकासमा सहकारीको योगदान महत्वपूर्ण

२४ मंसिर २०७९, शनिबार
२४ मंसिर २०७९, शनिबार

बुटवल, २४ मंसिर ।

सहकारी संस्थाको मर्म विपरित काम गर्ने थोरै सहकारीकै कारण समग्र देशभरका सहकारी बदनाम हुनुपरेको सरोकारवालाहरुले दुःखेसो गरेका छन् । धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औ वार्षिक साधारण सभा तथा ११ औ अधिवेशनमा बोल्ने वक्ताहरुले सही विश्लेषण र निर्णय गरेर अभिब्यक्ति बाहिर आउनुपर्ने बताए ।

कार्यक्रमको तिलोत्तमा नगरपालिकाका प्रमुख तथा संस्थाका संरक्षक रामकृष्ण खाणले उदघाटन गर्दै शेयर सदस्यहरुको आर्थिक र नेतृत्व विकासमा सहकारी संस्थाको भूमिका महत्वपूर्ण हुने बताए । सहकारीबाट नेपालको गरिबी न्युनीकरण गर्न सकिने उनले दाबी गरे ।

महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने गरी रोजगार र सिपमुलक तालिमहरु दिनुपर्ने उनले बताए । शेयर सदस्यहरुको आवश्यकता र माग अनुसारको तालिमहरु चलाउन सके यसबाट सकारात्मक फाईदा मिल्ने उनको भनाई छ । बैकलाई जिम्दार र सहकारीलाई सहकार्यको काम गर्ने रुपमा तुलना गर्दै सहकारीबाट देशको आर्थिक समृद्धि सम्भव भएको उनले दाबी गरे । देशमा ३० हजार बढी सहकारी संस्था र ६४ लाख सहकारी सदस्यहरु रहेको उनले बताए ।

कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र शर्माले वित्तिय संस्थाहरुमध्ये सहकारीको आफ्नै संचालन विधि र नीति रहेको बताए । कार्यक्रममा संस्थाका अध्यक्ष गोविन्द खनालले शेयर सदस्यहरुको स–साना बचतबाट उत्पादनमुलक क्षेत्रमा लगाउन र आर्थिक उपार्जन गर्ने रुपमा सफलता मिलेको बताए ।

कुनै पनि संस्थाको अधिवेशन र साधारण सुझाव लिने, संस्थालाई मार्ग निर्देशन गर्ने रुपमा रहेको बताए । सहकारीमा आवद्ध हुनुभन्दा पहिले नै त्यस संस्थाका बारेमा राम्रो ज्ञान लिनुपर्ने उनले सुझाव दिए । शेयर सदस्यहरुलाई सहकारीको मर्म बुझाउने कार्यक्रमहरु ल्याउनुपर्ने उनले बताए । रुपन्देही जिल्ला कार्यक्षेत्र रहेको धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड यसवर्षदेखि लुम्बिनी प्रदेशभरि नै सेवा विस्तार गर्ने गरी योजना ल्याएको उनले बताए ।

देशमा आर्थिक संकटको समस्या देखिएको भन्दै यस्तो परिस्थितिमा पनि मुनाफा बाँड्न संस्था सफल हुनु सकारात्मक पाटो भएको उनले बताए । रुपन्देहीका ग्रामीण क्षेत्रमा सेवा केन्द्रमार्फत सहकारीको लक्ष्य अनुसार काम गर्दै आएको सैनामैना सेवा केन्द्रका अध्यक्ष गुरुप्रसाद पराजुलीले बताए । ग्रामीण क्षेत्रमा सेवा केन्द्र संचालन गरेर कृषिमार्फत आर्थिक समृद्धिको नमुना काम अघि बढाएको उनले बताए ।

कार्यक्रममा संस्थाका सल्लाहकार टंकप्रसाद पराजुलीले शेयर सदस्यहरुको हितमा अग्रसर रहेर स्वरोजगार, आयआर्जनमुलक क्षेत्रमा लगानी गर्न सुझाव दिए । प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले सहकारी ऐन, नियम र नियमावलीअनुसार चलेको संस्था हुँदा चुनौतीहरु पार गर्दै शिखरमा पुग्न सफल भएको बताए । कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका पुर्व महासचिव हरि अर्याल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, संस्थाका उपाध्यक्ष नारायण अधिकारी, सचिव देवप्रसाद खनाल, पुर्व उपाध्यक्ष लक्ष्मण अर्याल, नारी बचत तथा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गंगा गुरुङ, संस्थाका सल्लाहकार हरि प्रसाद पन्थ, युवराज गिरिलगायतले चुनौतिको सामना गर्दै अगाडि बढ्नुपर्ने बताए । संस्था चल्न नीति र विधि आवश्यक पर्ने भन्दै सही नेतृत्वबाट मात्र संस्था अघि बढ्ने बताए ।

यसैबीच जेष्ठ नागरिक, उत्कृष्ट अंक ल्याएर उत्तीर्ण सहकारी शेयर सदस्य तथा सदस्यका छोराछोरीहरुलाई नगद, दोसल्ला तथा सम्मानपत्रबाट सम्मान गरिएको थियो । सहकारीमा हाल १ हजार ४ सय शेयर सदस्यहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?