ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्शरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

परिवर्तनका पथमा अवरोधात्मक चुनौतिहरु

२३ मंसिर २०७९, शुक्रबार
२३ मंसिर २०७९, शुक्रबार

किन मानिसहरू सुधारका लागि तत्परताभन्दा बढी अवरोध वा चुनौतिका कुरा गर्छन् ? अथवा किन आफै चुनौति बनेर खडा हुन्छन् ? मानिसहरूमा कुनैपनि परिवर्तनको लागि गरिने रणनीतिक कार्यमा सहभागिताको अध्ययनबाट गज्जबको प्रबृत्ति देखिएको छ । अध्ययन अनुसार १५–२० प्रतिशत मानिसहरू नयाँ कार्यको तुरुन्तै खुलेर प्रशंसा गर्दछन् र यसको कार्यान्वयनमा भूमिका खेल्दछन् । आधाभन्दा बढी मानिसहरू केही समय पर्खन्छन् र अरूको सहभागिता र प्रगति देखेपछि विश्वास गर्छन् । अनि साथ दिन्छन् वा अनुसरण गर्दछन् । बाँकी १५–२० प्रतिशत मानिसहरू सँधै पछाडि खियाउने वा विरोध गर्ने वा बाधा ब्यवधान खडा गर्ने वा बहाना बनाएर कार्यबाट पञ्छिने ब्यहोराका हुन्छन् । उनीहरूलाई बलपूर्वक वा विभिन्न दवाव वा प्रलोभन वा उत्प्रेरणाका माध्यम अपनाएर मात्र कार्यमा संलग्न गराउन सकिन्छ । यसकारण हरेक परिवर्तन र सुधार प्रयासमा अवरोधात्मक चुनौतिहरू स्वाभाविक रुपमा देखापर्छन् । ती चुनौतिको जरो कारण खोजी गरी जरैदेखि समाधान गर्न सकियो भने मात्र सुधारका उपायहरू प्रयोगमा आउँछन् । फलस्वरुप सुधार सम्भव हुन्छ ।

अनुभवहरूको पुनरावृत्ति वा यथास्थितिबाट नयाँ उपलब्धि हासिल हुँदैन । अर्थात् वास्तविक समस्या समाधानका लागि वा गुणस्तर प्रभावकारिता बढाउनका लागि कार्यमा सुधार गर्नु आवश्यक हुन्छ । सुधार जहिले पनि सकारात्मक नतिजा दिने खालको हुन्छ । यसका लागि योजना, संलग्न पक्षहरूको कार्यदक्षता परिवर्तन, लगानी लगायतका पक्षमा ध्यान दिनु आवश्यक हुन्छ । सकारात्मक परिवर्तनबाट कुनैपनि ब्यक्ति वा संस्थाको विगतको अवस्था र वर्तमानको अवस्थाको तुलनात्मक अन्तर देखापर्छ । उदाहरणका लागि पहिलो आन्तरिक मूल्यांकनमा बि स्तर प्राप्त गरेको कुनै विद्यार्थीले दोस्रो मूल्यांकनमा बि प्लस स्तर पायो भने उसको उपलब्धिमा प्रगति वा सुधार भएको मानिन्छ । मानिसहरूमा परिवर्तनका लागि दुई किसिमका प्रबृत्तिहरू देखिन्छन् । आफ्नो कार्यप्रगतिका अवरोधहरू हटाउने र समस्या समाधान गर्ने, समस्या समाधानका सिर्जनशील उपायहरू पत्ता लगाई स्थिति सुधार गर्ने स्व–निर्देशित वा स्वयमसेवी भावनाबाट उत्प्रेरित एक प्रकारले स्वचालित ब्यवहार देखाउने प्रबृत्ति केही मात्रामा देख्न पाइन्छ । यस प्रकारको सकारात्मक पहल निरन्तर चलिरहने र कार्यसम्पादन उपलब्धि सुधार हुने गर्दछ । तर केही मानिसहरू ब्यक्तिगत वा संस्थागत कार्यमा समेत कुनै ठूलै द्वन्द्व वा जोखिम वा तनाव वा घाटा वा दवाव सिर्जना भएमा मात्र समस्या समाधानको प्रयास गर्ने र स्पष्टीकरण दिन पुग्नेगरी मात्र कार्य गर्ने प्रबृत्ति देखाउँछन् । यसरी बाध्यतावश चालिने कदमहरूबाट आंशिक उपलब्धि प्राप्त हुने र असफल हुने बढी सम्भावना हुन्छ ।

मानिसहरूले प्रायः परिवर्तनकारी कार्यलाई सहजै स्वीकार गर्दैनन् । परिवर्तनको विरोध गर्ने वा अवरोध गर्ने गर्दछन् । किन ? मानिसहरूका यस प्रकारका ब्यवहारका केही कारणहरूमा सहमति जनाउन सकिन्छ । मानिसहरूले कुनैपनि कार्य आरामपूर्वक गर्न सकिन्छ भने अथवा सजिलै फल प्राप्त भैरहेको अवस्थामा सन्तोष लिने गर्दछन् । सजिलो बाटोमा सबै हिंड्न मन पराउँछन् । नयाँ बाटो हिंड्नु भनेको जोखिम मोल्नु हो भन्ने ठान्दछन् । किनभने सदाजस्तै ब्यवहार गर्न पाउने चाहना राख्दछन् । आफू परिचित वा बानी परेको वा अनुभव भएको क्षेत्रमा मात्र कार्य गर्ने वा आफूले सफलता प्राप्त गरेको क्षेत्रमा कार्य गर्ने वा दोहो¥याइतेहे¥याइ गर्ने चलन हुन्छ । असफलता दिलाएको ब्यवहारसमेत नफेरेर उही शैली अपनाएर उही असफलता हात लागेका धेरै उदाहरण छन् । आफूलाई धेरै वर्षको अनुभवी भन्नेहरूले वास्तवमा एउटै अनुभवलाई पटकपटक प्रयोग गरेर आफ्नो जागिर पकाएको भेटिन्छन् । किन मानिसहरू नयाँ ब्यवहार, नयाँ सिप, नयाँ कार्यप्रति अरूचि राख्दछन् ? कतिपय मानिसहरूको चिन्तन परम्परावादी वा यथार्थवादी हुन्छ जसले परिवर्तनलाई स्वाभाविक गतिमा हुने प्रक्रियाका रुपमा बुझेको हुन्छ । यस प्रकारको मानसिकता बोकेको मानिसले कुनै तात्विक वा ठोस सुधारको अपेक्षा गर्दैन । फलस्वरुप उसका ब्यवहार पनि शिथील प्रकृतिका हुन्छन् । अर्थात् वैयक्तिक विचारले स्वभाव र ब्यवहार जाँगर हराएको बनाइदिन्छ । तसर्थ पहिलो शर्त त परिवर्तन सम्भव छ, गर्नुपर्छ, म सक्छु भन्ने भावना हुनु आवश्यक छ । यसैगरी कतिपय ब्यक्ति वा संस्थाले परिवर्तन कार्यलाई आफ्नो वर्चश्व, शक्ति वा शासनको चुनौतिका रुपमा लिने र ब्यक्तिगत फाइदाका खातिर सामूहिक भलो हुने कार्यलाई हुन नदिने प्रपञ्चमा लागेको पाइन्छ । आफ्नो शक्ति क्षय हुने वा अरूको क्षमता बढ्न गयो भने आफू सरह होला कि भन्ने भयग्रस्त मानसिकताका कारण प्रगतिको बाधक बन्ने संस्कृति छ । यो नकारात्मक ब्यवहार परिवार, समाज र राष्ट्रिय रुपमा प्रायः ब्यक्ति वा संस्थामा देखिन्छ । यसरी मानिस स्वयम् परिवर्तनको बाधक बनेको हुन्छ भने कतिपय बाह्य तत्वहरूका कारण पनि परिवर्तनतिर लाग्नबाट डराएको हुन्छ ।

मानिस कहिलेकाहीं अपरिचित परिस्थितिबाट डराइरहेको हुन्छ । सामाजिक, राजनीतिक र जीवनशैलीमा स्थिरता खोजिरहेको हुन्छ । आफूले समय, पैसा आदि लगानी गरेको क्षेत्रबाट अर्को क्षेत्र वा पद्धतिमा जानुपर्दा कामको रुटिन फेरिने र नयाँ कार्य गर्दा नयाँ सिप आवश्यक पर्ने भएकोले पनि मानिसहरू परिवर्तन चाहँदैनन् । उदाहरणका लागि अहिले नेपालमा पाठ्यक्रम विकास केन्द्रले एक घण्टाको एक पिरियडको तरिकाले पाठ्यक्रम निर्माण भै लागू गरेको छ । तर विद्यालयहरूमा ४५ मिनेटकै पिरियड चलिरहेको छ । कतिपय विद्यालयमा अतिरिक्त कक्षा सञ्चालनमा बाधा देखिन्छ । किनभने अतिरिक्त कक्षा सञ्चालनका लागि शिक्षकले थप समय दिनुपर्ने हुन्छ । कतिपय शिक्षकले अतिरिक्त कक्षा चलाउँदा दुईचार पैसा कमाइ हुन्छ, ठीक छ भन्छन् भने केही शिक्षकले नतिजा सुधारका लागि केही महिना थप समय दिन तयार पनि हुन्छन् । जब अतिरिक्त कामको लागि कसैले थप लाभ प्राप्त गरेको हुन्छ भने सुविधा दिन नसक्ने अवस्थामा कार्यको अवस्था र प्रतिफल कमजोर हुने गर्दछ । अथवा कतिपय परिवर्तन जटील र ब्यापक गृहकार्य वा तयारी वा समझदारी बनाएर मात्र कार्यान्वयनमा जानुपर्ने खालका हुन्छन् । मानिसले कुनैपनि कार्य गर्दा आफ्नो सुरक्षा र फाइदालाई ख्याल गरेको हुन्छ । त्यसैले लाभको सुनिश्चितता नभएसम्म काम थाल्दैनन् । तर लाभ प्राप्तिका लागि नयाँ सिपको आवश्यकता पर्दछ । अनि सिप सिक्नका लागि त्यति सजिलो छैन । तसर्थ नयाँ सिप सिकेर अगाडि बढ्नुभन्दा कामबाट पञ्छिनेहरू धेरै हुन्छन् । आफूलाई कुनै कार्य गर्न आउँदैन भने त्यो क्षेत्रमै नलाग्ने चलन छ । नयाँ कार्यबाट बढी मुनाफा हुन्छ भने आवश्यक सिप सिकेर भए पनि त्यो कार्य गर्नुपर्ने हो । तर यहाँ कर्पोरेट हाउसहरूसमेत क्षमता विकास र संस्थागत विकासमा कम चासो देखाउँछन् । परिवर्तनको अर्को विशेषता भनेको भैरहेको पद्धति वा ब्यवहारलाई चुनौति दिई नयाँ पद्धतिले विस्थापित गर्ने कार्य हो । यो प्रकारको परिवर्तन स्वाभाविक रुपमा सजिलै विश्वास गर्न सकिने खालको हुँदैन । नयाँ परिवेशमा प्रवेश गर्दा आफ्ना कमिकमजोरीको पर्दाफास हुने डरले पनि जे छ ठीकै छ भन्ने मनस्थितिमा धेरै मानिसहरू हुन्छन् । अलमलिएको वा आत्मबल नभएको मानिसलाई साथीभाइले फसाउँछन् । दौंतरी प्रभावमा पर्नेहरूले प्रगति गर्दैनन् । किनभने निश्चल मनले सहयोगी दौंतरी अति कम मात्रामा पाउन सकिन्छ ।

परिवर्तन र सुधार विरुद्धका विभिन्न अवरोधहरूलाई कम गर्ने उपायहरू अवलम्बन गरी कार्य सफलता प्राप्त गर्न सकिन्छ । परिवर्तनबाट प्रभावित हुने पक्षलाई यसको योजना निर्माण र कार्यान्वयनमा संलग्न गराउनु आवश्यक हुन्छ । योजना प्रक्रियामा समावेश गर्दा असमझदारी हट्ने, उपायहरूमा छलफल भै अपनत्व ग्रहण गर्ने र कार्यमा अनुशासित तरिकाले सहभागी हुने बाध्यता हुन्छ । सहयोगीहरूका विचारलाई समेत ग्रहण गर्दा उनीहरूमा पनि जिम्मेवारी महसुस हुने र कार्यमा सही तरिकाले समर्पित हुने वातावरण बन्दछ । निर्णय प्रक्रिया केही ढिलो हुनसक्छ र रणनीतिहरूका लागि बार्गेनिङ्ग र समझदारी गर्नुपर्दछ । यसले गर्दा कार्यकुशलता र प्रतिफल सकारात्मक हुन्छ । नेतृत्वले स्टाफ वा सहकर्मीलाई प्रभावकारी सञ्चारको माध्यमबाट अपेक्षित ब्यवहार र सिपसाथै उपलब्धिको साझेदारीको समेत हिसाब बुझाउन सकियो भने काममा लगाउन सहज हुन्छ । हरेक नयाँ कार्यका लागि आवश्यक अपेक्षित ब्यवहार र सिपको विकास गर्नु आवश्यक हुन्छ । हरेक ब्यक्तिले आवश्यक औजार र सिप विकास गरेर मात्र परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सक्दछ । आकांक्षा वा चाहनालाई मूर्त रुप दिनका लागि चिन्तनका साथै कार्य र ब्यवहारबाट पुष्टि गर्नुपर्दछ । भनिन्छ हात गोडा चल्दैनन् मझेरीमा फल्दैनन् । त्यसैले परिश्रमबाट नै कुनै फल प्राप्ति हुने साश्वत सत्यलाई बुझेर कार्य गर्नु मै सबैको भलाइ हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?