ट्रेंडिंग:

>> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ
बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

विकास समितिले चलाउने गरी सम्मेलन केन्द्रको कार्यविधी तयार

२२ मंसिर २०७९, बिहीबार
२२ मंसिर २०७९, बिहीबार

बुटवल, २२ मंसिर ।

बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण पूरा भएको तीन महिना भन्दा बढी समय बितिसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मेलन केन्द्र उदघाटन गरेको तीन महिनासम्म सञ्चालन हुन सकेको छैन । यसको सञ्चालन कार्यविधी सहरी विकास तथा भवन निर्माण विभागले तयार गरेपनि मन्त्रिपरिषदबाट स्वीकृत हुन बाँकी छ । सञ्चालन कार्यविधी मन्त्रिपरिषदले स्वीकृत गरेपछि मात्र कार्यान्वयनमा आउने छ ।

शहरी विकास तथा भवन निर्माण विभागले कार्यविधी निर्माण गरी मन्त्रालयमा पेश गरेको र यो मन्त्रिपरिषदले स्वीकृत गरेपछि मात्रै सञ्चालनमा आउने सम्मेलन केन्द्र निर्माण आयोजनाका प्रमुख धर्मेन्द्र पन्थीले जानकारी दिए ।

पुर्व–पश्चिम महेन्द्र राजमार्गसँग जोडिएको बुटवल उपमहानगरपालिका वडा नं. १० मा सम्मेलन केन्द्र बनेको छ । कुनैबेलाको जंगल रहेको यो क्षेत्र सम्मेलन केन्द्रकै कारण निकै आकर्षक भएको छ । ९ बिगाहा ६ कठ्ठा क्षेत्रफलमा काठमाडौं बाहिरको ठूलो र अत्याधुनिक भनिएको बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्र तयार भएपनि सञ्चालन मोडालिटीबारे लामो समयसम्म अन्यौल हुँदा यसको भविष्यलाई लिएर चिन्ता व्यक्त गर्न थालिएको थियो ।

आयोजना प्रमुख केन्द्रले विभागले कार्यविधी तयार गरिसकेकाले अव यसलाई कार्यान्वयनमा ल्याउन धेरै समय नलाग्ने बताउँछन् । “अव नयाँ सरकार बन्ने क्रममा रहेकाले त्यसपछि मात्रै विभागले तयार गरेको कार्यविधी मन्त्रिपरिषदमा पेश भई स्वीकृत हुनेछ, त्यसपछि सम्मेलन केन्द्र सञ्चालनमा आउने बाटो खुल्नेछ”–उनले भने ।

सम्मेलन केन्द्रको संचालन खर्च नै मासिक १३ लाख अनुमान गरिएको छ । शहरी विकास मन्त्रालयले प्रधानमन्त्रीलाई ल्याएर उदघाटन गराउने सममको काम गरेपनि त्यसपछि सम्मेलन केन्द्र कस्ले चलाउने, संचालन कार्यबिधि के हो ? दैनिक दायित्व कस्ले व्यहोर्ने ? भन्ने विषयमा लामो समय मौन रह्यो । भौतिक संरचना निर्माण सम्पन्न भइसकेको सम्मेलन केन्द्र कसलाई हस्तान्तरण गर्ने भन्ने विषयमा विभागले करिव करिव टुंगो लगाएको निर्माण आयोजनाले जनाएको छ । आयोजना प्रमुख पन्थीका अनुसार ७०० जना क्षमता सम्मको सम्मेलन केन्द्र उपमहानगरपालिकालाई दिने र एक हजार क्षमताकोलाई विकास समिति बनाएर सञ्चालन गर्नेगरी कार्यविधी बनेको छ । बुटवलको सम्मेलन केन्द्र एक हजार जना क्षमताको भएकाले यसको सञ्चालन विकास समिति मार्फत हुने र उक्त विकास समिति सहरी विकास मन्त्रालय मातहत रहने पन्थीले बताए ।

बुटवल मण्डपमा निर्माण गरिएकोसम्मेलन केन्द्र नेपालको झण्डा आकारको छ । अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गर्न मिल्ने गरी आकर्षक भौतिक संरचना तयार पारिएको बुटवल सभाकक्ष तथा प्रदर्शनी केन्द्र निर्माण आयोजनाका प्रमुख पन्थीले जानकारी दिए ।

सम्मेलन केन्द्र स्थलमा एक सय ३८ बोटबिरुवा कटान गरिएकाले त्यसको पूर्ति गर्ने गरी ग्रिनरी बनाउने काम गरिएको बुटवल सभाकक्ष तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन एकाइका इञ्जिनियर सुमन दर्लामीले बताए । आयोजनाले सम्मेलन केन्द्र परिसरमा पर्ने आकाशे पानीलाई समेत त्यही जमिनमा रिचार्ज हुने गरी संरचना बनाइएको जनाएको छ ।

लुम्बिनी क्षेत्रमा पूर्वाधार विकास गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तत्कालीन सरकारले ग्रेटर लुम्बिनीको अवधारणाअनुरूप देशकै ठूलो सम्मेलन केन्द्र निर्माणको योजना अघि सारेको थियो ।

बुटवल उपमहानगरपालिकाले संरक्षण गर्दै आएको बुटवल मण्डपमा पूर्वतर्फ बुटवल सम्मेलन केन्द्र र पश्चिमतर्फ अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने गरी विसं २०६५ मा सरकारले निर्णय गरेको थियो । विसं २०७६ जेठ १३ गते तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरी सम्मेलन केन्द्रको काम अगाडि बढाइएको थियो ।

 

बुटवल मण्डपको १६ बिघामध्ये पश्चिमतर्फको ६.४ बिघा क्षेत्रमा एक अर्ब दुई करोडको लागतमा बुटवल प्रदर्शनी केन्द्र निर्माण भइरहेको छ । सहरी विकास तथा भवन निर्माण विभागमार्फत निर्माण भइरहेको प्रदर्शनी केन्द्र सरकारीस्तरको नेपालको सबैभन्दा ठूलो प्रदर्शनी केन्द्र रहेको दाबी गरिएको छ ।

अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गर्न मिल्ने गरी आकर्षक भौतिक संरचना तयार पारिएको छ । विद्युत् आपूर्तिका छ सय ३० केभीए क्षमताको विद्युत् ट्रान्सफर्मर राखिएको छ । सभाकक्ष अगाडि पानीका फोहरासहितको पोखरी निर्माण गरिएको छ । प्रवेश हुने र बाहिरिने गरी पाँचवटा अलग–अलग आकर्षक द्वार निर्माण गरिएको छ । बालउद्यान, कफीसप, रिफ्रेसकक्ष, रजिष्ट्रेशन र टिकट काउण्टरसमेत बनाइएको छ । लिफ्ट सुविधासहित अपाङ्गतामैत्री संरचना तयार भएको छ ।

यो सम्मेलन केन्द्र निर्माणका लागि दुई चरणमा निर्माण पूरा गर्ने गरी विसं २०७१ मा ठेक्का सम्झौता गरिएको थियो । सम्झौतामा २०७८ पुस मसान्तसम्म सभाकक्ष बनाइसक्ने उल्लेख भए पनि कोरोना महामारीको प्रभावका कारण केही ढिला भएको हो । दोस्रो चरणमा वि.सं. २०७४ मा सम्झौता गरी २०७६ कात्तिकसम्मको समयावधि तोकेर काम भएको थियो । पछि २०७९ कात्तिकसम्म म्याद थप गरिएकामा त्यसअगावै २०७८ असारमै निर्माण सम्पन्न गरिएको आयोजना प्रमुख पन्थीले बताए ।

सम्मेलन केन्द्रको पकिक्षो चरणको कामलाई रु २३ करोड र दोस्रो चरणको कामलाई रु ८० करोड गरी रु एक अर्ब ३ करोडमा ठेक्का सम्झौता गरिएको आयोजना प्रमुख पन्थीले बताए । नेपालको झण्डा आकारमा तयार गरिएको सम्मेलन केन्द्र झण्डाको माथिल्लो भागको सूर्यअंकित डिजाइनमा निर्माण गरिएको छ भने दोस्रो चरणमा निर्माण गरिएको भवन झण्डाको तल्लो चन्द्रअंकित डिजाइनमा तयार गरिएको छ ।

 

पहिलो चरणमा निर्माण गरिएको सूर्य आकारको भवनमा एक हजार क्षमताको मुख्य सभाकक्ष रहेको भवन, दुईटा प्रवचन कक्ष, छ वटा बैठक कक्ष, विशिष्ठ कक्ष, श्रव्यदृश्य कक्षलगायतका कक्ष छन् भने दोस्रो चरणमा निर्माण भएको चन्द्र आकारको भवनमा दुईटा ५०–५० र दुइटा एक–एक सय क्षमताका कक्ष छन् । दोस्रो चरणमा सभाकक्ष परिसरको हरियालीसहितको बाटो, फुटपाथ, क्यान्टिन ब्लक, शौचालय, कर्मचारीको लागि तीन तलाको छुट्टै आवास गृह, पार्किङस्थल, पोखरी, बगैंचालगायतका संरचना निर्माण गरिएको छ ।

हाल प्रदर्शनी केन्द्रको तीनवटा ब्लकमा ट्रष्ट निर्माण तथा बी र सी ब्लकमा स्टिलको खम्बा राख्ने काम भइरहेको छ । निर्माणाधीन प्रदर्शनी केन्द्रको तीनवटा ब्लकमा आठ सय ३८ स्टल सहभागी हुन सक्नेछन् । कवर्ड स्टल रहने भएकाले जुनसुकै मौसम र समयमा पनि प्रदर्शनी आयोजना गर्न सकिने छ ।

बाहिरबाट हेर्दा तीनवटा भवन देखिने गरी डिजाइन गरिएको प्रदर्शनी केन्द्रमा एक पटकमा १० हजार जनाले अवलोकन गर्न सक्नेछन् भने २० हजार अटाउन सक्ने कक्ष, दुई हजार जनाले एकै पटक खाजा खाना सक्ने गरी ‘फुड कोर्ट’ निर्माण गरिँदैछ । यस्तै एक लाख १० हजार वर्गफिट क्षेत्रफलमा बाल उद्यान, चार सय मोटरसाइकल र चार सय चारपाङ्ग्रे गाडी पार्किङ गर्न मिल्ने गरी सभाकक्ष र सम्मेलन केन्द्रको बीचमा पार्किङस्थल तयार गरिएको छ । यसबाहेक दुईटा बैठक कक्ष, कफीसप, दर्ताकक्ष, टिकट काउन्टरलगायत गरी रु एक अर्ब दुई करोडमा संरचना निर्माण हुनेछन् ।

प्रदर्शनी केन्द्र निर्माणपछि यो स्थलमा मेला महोत्सव सञ्चालन गर्न व्यवसायी आतुर छन् । यसपटक रुपन्देही उदोग संघले पनि यसै ठाउँमा राष्ट्रिय औदोगिक प्रदर्शनी गर्दैछ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?