ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी
विचार

व्यावहारिक शिक्षा अहिलेको आवश्यकता

२१ मंसिर २०७९, बुधबार
२१ मंसिर २०७९, बुधबार

मानिसको जीवनमा शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ । मानिस जब आमाको कोखबाट जन्मिन्छ, त्यतिबेला देखिनै शिक्षा लिन सुरु गर्दछ । सुरुमा उसले आमाबाट शिक्षा लिन्छ । त्यसपछि परिवार, साथीभाइ, वातावरण तथा समाजबाट शिक्षा लिएर आवश्यक विभिन्न कुराहरु सिक्दछ । जस्तै ः रुन, हाँस्न, बामे सर्न, उभिन, खान, हिड्न, खेल्न आदि । यसबाट के प्रष्ट हुन्छ भने मानिसको सुरुवाती शिक्षामा आमा, परिवार, वातावरण, साथीभाइ, समाज आदिको अहम् भूमिका हुन्छ । शिक्षा एक निरन्तर चलिरहने प्रक्रिया हो । यो नटुंगिने यात्रा जस्तै हुन्छ । शिक्षालाई अनौपचारिक शिक्षा र औपचारिक शिक्षा गरी दुई प्रकारमा विभाजन गरिएको छ ।

मानिसले बिना पाठ्यक्रम, परिवार, वातावरण तथा समाजबाट लिने शिक्षा अनौपचारिक शिक्षा हो । उसले यो शिक्षा रेडियो, पत्रपत्रिका, टेलिभिजन, घटनाक्रम, अनुभव, इन्टरनेट आदिमार्फत लिन्छ । अनौपचारिक शिक्षा नलिने मानिस नै हुँदैन भन्दा फरक पर्दैन । शैक्षिक संस्थाबाट पाठ्यक्रम अनुसार निश्चित समय तालिकामा आधारित रहेर पढेपछि प्राप्त हुने शिक्षा औपचारिक शिक्षा हो । अहिलेको सन्दर्भमा कुरा गर्दा अनौपचारिक शिक्षालाई भन्दा औपचारिक शिक्षालाई बढी मान्यता दिएको पाइन्छ । तर पनि, अनौपचारिक शिक्षाको महत्वलाई कम आंकलन गर्न चाँहि मिल्दैन ।

नेपालमा सरकारी र निजी विद्यालय तथा कलेजले औपचारिक शिक्षा दिइरहेका छन् । ती विद्यालय तथा कलेजबाट विद्यार्थीहरुले पढ्ने अवसर पाएका छन् र पढिरहेका छन् । अहिलेको सन्दर्भमा हेर्ने हो भने नेपालमा शिशु कक्षादेखि आठ कक्षासम्म सबै विद्यार्थीहरुले पढ्ने विषयहरु अनिवार्य छन् । कक्षा ९ मा सात र १० मा आठ विषयहरु मध्ये दुई विषयहरु मात्र आफ्नो इच्छा तथा क्षमता अनुसार फरक फरक पढ्दछन् । कक्षा ११ र सो भन्दा माथिल्लो कक्षामा उनीहरु आफ्नो इच्छा तथा क्षमता अनुसार छुट्टा छुट्टै संकायमा पढ्न पाउंछन् । जस्तैः विज्ञान संकाय, ब्यबस्थापन संकाय, शिक्षा संकाय, मानविकी संकाय आदि । उनीहरु संकाय अनुसार पाठ्यक्रममा उल्लेखित विषयहरु पढ्न पाउंँछन् ।

  • नेपालको पाठ्यक्रममा समाबेश गरिएका विषयहरु ब्यवहारमा उतार्ने गरी पढाउन सकिन्छ तर विडम्बना त्यसो गर्न सकिएको छैन । विद्यालयमा नैतिक शिक्षा पढाइन्छ । उक्त बिषयको परीक्षामा विद्यार्थीहरु राम्रो अंक ल्याउँछन् तर नैतिकवान् हुदैनन् ।

नेपालका शैक्षिक संस्थाहरुले तल्लो कक्षादेखि माथिल्लो कक्षामा सैद्धान्तिक शिक्षालाई बढी जोड दिएको पाइन्छ । यहाँ विद्यार्थीको मूल्यांकन लिखित परीक्षाबाट गरिन्छ । परीक्षामा बढी मात्रामा सैद्धान्तिक प्रश्नहरु सोधिन्छ । परीक्षामा जुन बिद्यार्थीले राम्रो अंक ल्याई उत्तीर्ण गर्छन्, तिनलाई सफल विद्यार्थी मानिन्छ । अब्बल दर्जाका मानिन्छ । तल्लो कक्षादेखि माथिल्लो कक्षासम्म राम्रो अंक ल्याउनको लागि विद्यार्थीहरु किताबी किरो बन्नु पर्दछ । जो किताबी किरो बन्छ, त्यसले नै राम्रो अंक ल्याउँछ । परीक्षामा सोधिने प्रश्नहरु यस्ता हुन्छन् जसको उत्तर लेख्न पुस्तकमा जे छ, शिक्षकले जे पढाएका छन् त्यही कुरा पढ्नुपर्छ । घोक्नु पर्छ । यसो नगरेमा उनीहरुले राम्रो अंक ल्याउन सक्दैनन् । सफल हँुदैनन् । जुन विद्यार्थीले राम्रो अंक ल्याउँछ । उसले साथीहरुबाट माया पाउँछ । आमाबाबुबाट, शिक्षकबाट माया तथा स्नेह पाउँछ । समाजले उसको कदर गर्दछ । त्यसैले सबै विद्यार्थीहरु जसरी हुन्छ, राम्रो अंक ल्याउनको लागि अग्रसर हुन्छन् ।

नेपालको पाठ्यक्रममा सैद्धान्तिक शिक्षाको साथै प्रयोगात्मक शिक्षालाई पनि समावेश नगरिएको चाँहि होइन । प्रयोगात्मक शिक्षाले ब्यावहारिक शिक्षालाई जोड दिन्छ । ब्यावहारिक शिक्षालाई बढावा दिनको लागि कक्षा चारदेखि नै विभिन्न विषयहरुमा प्रयोगात्मक पक्षलाई पनि समाबेश गरिएको छ । तर व्यवहारमा, पढाउने बेलामा सैद्धान्तिक पक्षलाई मात्र बढी केन्द्रित गरिन्छ । जुन विद्यार्थीले लिखित परिक्षामा राम्रो अंक ल्याउँछ, उसैलाई प्रयोगात्मकमा पनि राम्रो अंक दिइन्छ । यो प्रवृतिको कारण प्रयोगात्मक पक्षलाई न त विद्यार्थीले ध्यान दिन्छन् न त शिक्षकले ध्यान दिन्छन् ।

विद्यार्थीलाई सबै विषयहरुमा पढाएका कुरालाई ब्यवहारमा उतार्न सक्ने गराउनु र त्यही अनुरुप मूल्यांकन गरी विद्यार्थीको दर्जा निर्धारण गर्ने शिक्षा नै ब्यावहारिक शिक्षा हो । सैद्धान्तिक शिक्षाबाट ज्ञान हासिल गर्न सकिन्छ भने ब्यावहारिक शिक्षाले ज्ञानलाई प्रयोग गर्न सिकाउँछ । ावक शिक्षाले व्यक्तिको आत्मबल बढाउँछ । यसले व्यक्तिको दक्षता बढाउनुको साथै प्रतिस्पर्धात्मक क्षमता पनि बढाउँछ ।

नेपालको पाठ्यक्रममा समाबेश गरिएका विषयहरु ब्यवहारमा उतार्ने गरी पढाउन सकिन्छ तर विडम्बना त्यसो गर्न सकिएको छैन । विद्यालयमा नैतिक शिक्षा पढाइन्छ । उक्त बिषयको परीक्षामा विद्यार्थीहरु राम्रो अंक ल्याउँछन् तर नैतिकवान् हुदैनन् । पढेर बुझे अनुसार विद्यालयमा, घरमा तथा समाजमा व्यबहार गरेको पाइदैन । विज्ञान विषयमा राम्रो अंक ल्याउने विद्यार्थीले उक्त विषयको सामान्य क्रियाकलाप गर्न सक्दैन । गणितमा राम्रो अंक ल्याएको विद्यार्थीलाई आफ्नो घरको क्षेत्रफल, लम्बाई र चौडाई नापेर निकाल भन्यो भने सक्दैन तर लम्बाई र चौडाई दिने हो भने घरको क्षेत्रफल सजिलै निकाल्न सक्छ । नेपाली विषय पढेको विद्यार्थीलाई राम्रो संग निवेदन लेख्न आउँदैन । लेखा विषय पढेकोलाई व्यवस्थितरुपमा आय व्यय विवरण राख्न आउँदैंन । यसको लागि उसलाई तालिम दिनु पर्दछ । यस्तो हुनुको कारण के हो भने उनीहरुलाई यी सबै विषयहरु पढाउँदा विषयवस्तुलाई कसरी व्यवहारमा प्रयोग गर्न सकिन्छ भन्ने किसिमका क्रियाकलाप गराइँदैन ।

चित्रकला पढेको विद्यार्थीलाई चित्र कसरी बनाउने, यसको लागि के के चाहिन्छ भन्ने कुरा थाहा हुनुको साथै ऊ राम्रोसंग चित्र कोर्न पनि सक्छ । नृत्यकला पढ्ने विद्यार्थी नृत्यकलासंग सम्बन्धित विषयवस्तुमा राम्रो दख्खल राख्नुको साथै नाच्न पनि सक्दछ । संगीत सिक्ने विद्यार्थी विषयवस्तु बुझेर बजाउन तथा गाउन सक्छ । यी विषयहरुमा विद्यार्थीहरु पढेर बुझ्न पाउनुको साथै लगातार विषयवस्तु संग सम्बन्धित क्रियाकलाप गरिरहन पाउँदछन् । जसले गर्दा उनीहरु पढेको, जानेको कुरालाई सजिलै व्यवहारमा उतार्न सक्दछन । वास्तवमा व्यावहारिक शिक्षा भनेको यही हो । चित्रकला, नृत्यकला, संगीत आदि जस्तै अरु विषयहरु पनि क्रियाकलापमार्फत पढाउने शैलीको विकास गर्नुपर्दछ । अनिमात्र हामीले खोजे जस्तै दक्ष तथा सक्षम जनशक्तिको उत्पादन हुनुको साथै शिक्षाले पनि सार्थकता पाउँछ ।

अहिले पुरा विश्वलाई एउटा गाउँको रुपमा हेर्न थालिएको छ । यो अवस्थामा हामीले अन्तर्र्रािष्ट्रय स्तरमा प्रतिस्पर्धात्मक क्षमता भएका जनशक्तिको उत्पादन गर्नु पर्दछ । यसो गर्न सकियो भने देश आत्मनिर्भर हुन्छ । विकासले गति लिन्छ । यो अहिलेको आवश्यकता हो र यो आवश्यकता व्यावहारिक शिक्षामार्फत पुरा गर्न सकिन्छ । त्यसैले हामी सबै मिलि आ–आफ्नो स्तरबाट व्याहारिक शिक्षालाई जोड दिनु पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?