ट्रेंडिंग:

>> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र

उद्योगीको सुझावः बुटवलको प्रदर्शनीमा स्वदेशी उत्पादन र प्रविधिलाई महत्व दिउँ

२० मंसिर २०७९, मंगलवार
२० मंसिर २०७९, मंगलवार

बुटवल, २० मंसिर ।

उद्योगी व्यवसायीले बुटवलमा आयोजना हुन लागेको औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादन र प्रविधिलाई विशेष महत्व दिन सुझाव दिएका छन् ।

रुपन्देही उद्योग संघले नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग परिसंघ सँगको संयुक्त आयोजनामा प्रदर्शनी गर्दै छ । “संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार”भन्ने मूल नाराका आगामी पुस ७ देखि हुन लागेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को तयारीको क्रममा मंगलवार मूल आयोजक समितिको बैठक बसेको थियो ।

बैठकमा सहभागी उद्योगी व्यवसायीले स्वदेशी उत्पादन र प्रविधिलाई विशेष महत्व दिए मात्रै राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने बताएका छन् । बैठकमा वर्तमान असहज अवस्थामा आयोजना हुन लागेको प्रदर्शनीको तयारीमा कुनै कमी हुन नदिन उद्योगीहरुले सुझाव दिएका छन् ।

बैठकमा स्वदेशी उत्पादन, गुणस्तरीय वस्तु, सरसफाई, पार्किङ्ग, सजावट लगायतका विषयमा विशेष ध्यान दिन र नयाँपन समेत हुनुपर्नेमा जोड दिइएको थियो । बुटवल मण्डपमा बसेको बैठकमा मूल समितिका संयोजक माधव प्रसाद पौडेलले हाल सम्म भए गरेका तयारीका बारेमा जानकारी गराउँदै प्रदर्शनीलाई व्यवस्थित रुपमा आयोजना गर्न सबैले महत्वपूर्ण भूमिका र सुझावका लागि अनुरोध गरेका थिए । उनले प्रदर्शनीमा समावेश गरिएका कार्यक्रमसँगै आकर्षणहरु र प्राथमिकता बिषयमा प्रकाश पार्दै सबै क्षेत्रबाट सल्लाह र सुझावको अपेक्षा लिएको बताए ।

अध्यक्ष पौडेलले प्रदर्शनी केन्द्रको आधुनिक भौतिक संरचनाको काम पूरा नभएका कारण काममा केही असहजता भोग्नु परेको भए पनि संघका विगतका आयोजना भन्दा भिन्न र व्यवस्थित बनाउने कुरामा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाए ।

बैठकमा लुम्विनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एवं रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष एजाज आलमले बुटवलमा आयोजना हुने प्रदर्शनीले राष्ट्रिय रुपमा नै सन्देश दिने हुँदा त्यसमा गम्भीर बनेर हाम्रा मूल्य र मान्यतालाई बचाउँदै आयोजना सफल पार्न सुझाव दिए ।

संघका निवर्तमान अध्यक्ष बाबुराम बोहोराले देशमा देखा परेको आर्थिक संकटका कारण प्रदर्शनी आयोजना गर्नका लागि धेरै नै गाह्रो भएको उल्लेख गर्दै प्रदर्शनीलाई भव्य रुपमा सम्पन्न गर्न सबैले जिम्मेवार भएर काम गर्न आग्रह गरे ।

बैठकमा संघका पूर्व अध्यक्षहरु डम्बरदेव अर्याल, महेन्द्रनारायण श्रेष्ठ, तेजकुमार पाठक, गणेशप्रसाद अधिकारी, सल्लाहकारहरु डा.खगराज शर्मा, यमलाल खनाल, पूर्व महिला सचिव माया खनाल, वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटा, प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, द्वितीय उपाध्यक्ष जीवकान्त काफ्ले लगायतले तयारीका बारेमा आफ्ना भनाईहरु राखेका थिए ।

प्रदर्शनी मूल आयोजक समितिका संयोजक पौडेलले प्राप्त सुझावहरूलाई पूर्ण रूपमा मनन गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । बैठक महासचिव हरि बहादुर खत्रीले सबैको सहयोगले प्रदर्शनी सफल हुने विश्वास व्यक्त गरे ।

प्रदर्शनी प्रबन्धक यादव प्रसाद भण्डारीका अनुसार प्रदर्शनी सम्पन्न गर्न ५१ सदस्यीय विशेष सल्लाहकार समिति, १०१ सदस्यीय मूल समिति तथा २५१ सदस्यीय सल्लाहकार समिति तथा ३० वटा विभिन्न उपसमिति गठन गरिएको छ । संघले राजधानी काठमाडौ बाहिर प्रथम पटक वि.सं. २०४५ सालमा राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना गरेको थियो भने २०५३ सालबाट निरन्तर आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?