ट्रेंडिंग:

>> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने
सन्दर्भः विश्व एड्स दिवस

दाङमा एचआईभी संक्रमितको संख्यामा कमी

१५ मंसिर २०७९, बिहीबार
१५ मंसिर २०७९, बिहीबार

दाङ, १५ मङ्सिर ।

दाङमा एचआइभी एड्स संक्रमितहरुको संख्यामा कमी आएको छ । संक्रमित हुनुको मुख्य कारण असुरक्षित यौनसम्पर्क रहेको पाइएको छ । पछिल्लो समय एचआइभी संक्रमित पहिचान भएकाहरु सिमेन्ट उद्योग क्षेत्रका तथा केही भारतमा काम गरी फर्किएकाहरु रहेको तथ्याङ्कले देखाउँछ ।

विशेष गरी वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाट कामदारका रूपमा जाने पुरुषहरूमा एचआईभी सङ्क्रमण बढी भएको पाइएको छ । रोजगारीमा काम गर्न जानेमध्ये अधिकांशले एचआईभी लिएर फर्किनुका साथै अशिक्षा र अज्ञानता नै एचआईभीको मुख्य कारण रहेको तथ्यांकले पनि देखाउने गरेको छ । समुदाय स्तरमा समेत पुगेर एचआईभी संक्रमित पहिचान गर्न थालिएसँगै जिल्लामा संक्रमितहरु थपिने क्रम बढेको पाईएको हो ।

दाङ जिल्लाको घोराहीमा २ सय ३२ जना तथा तुलसीपुर क्षेत्रमा १ सय २९ जना मध्ये ६५ जना महिला, ६४ जना पुरुष रहेका छन् । ती मध्ये घोराहीमा १ सय १२ जना महिला, १ सय १६ पुरुष रहेका छन् भने तेश्रो लिङ्गी ४ जना रहेका छन् । जम्मा ३ सय ६१ जना संक्रमितहरुले एआरटी सेवा लिइरहेका छन् ।

पहिचान भएका एचआईभी संक्रमितहरुलाई निगरानीमा राख्दै नियमित एआरभी सेन्टरबाट औषधी सेवन गराउनुका साथै मनोसामाजिक परामर्शको काम भईरहेको सरोकार संस्थाहरुको भनाई छ । जिल्लामा रहेका मानव स्वास्थ्य समाज, दाङ प्लस, रेडक्रस, परिवार नियोजन संघ, नागार्जुन डेभलपमेन्ट, परिवर्तन समुहलगायत संस्थाले एचआईभीको क्षेत्रमा काम गर्दै आएका छन् ।

नेपाल परिवार नियोजन संघ दाङ शाखा प्रबन्धक वसन्त खनालले एचआईभी संक्रमित पहिचान गर्न तल्लो तहसम्म काम भईरहेकाले फेला पर्नेको संख्या बढ्दै बताए । शंकास्पद, यौन गतिविधिमा बढी हुनेको निगरानी बढाएको हुँदा पछिल्लो समय जिल्लामा एचआईभी संक्रमित पहिचानदेखि उपचारसम्मको व्यवस्था हुने गरेको उनको भनाइ छ । पछिल्लो समय एचआईभीका क्षेत्रमा काम गर्दै आएका संस्थाहरुले जोखिमपूर्ण अवस्थामा रहेका संक्रमितहरुको रेखदेखदेखि उनीहरुको स्याहार सुसारमा ध्यान दिन थालेपछि समुदायमा यसको जोखिम कम हुने अवस्था सिर्जना भएको छ । तर, बाहिरबाट आउनेहरुमा यो समस्या बढीमात्रामा देखा पर्ने गरेको परिवार नियोजन संघ दाङ शाखा प्रबन्धक खनालले बताए ।

मानव स्वास्थ्य समाज दाङका कार्यक्रम संयोजक शिल्पा चौधरीले वार्षिक रुपमा औषत २२–२४ जना नयाँ संक्रमित थपिने गरेको बताइन् । एनसीएसीले संक्रमितका लागि निशुल्क औषधी दिने गरेको छ भने सरकारी तवरबाट शुन्यमा झार्न सुरक्षित यौन सम्पर्क, कण्डम वितरण, यौन तथा प्रजनन स्वास्थ्यका बारेमा सचेतना फैलाउने काम गर्दै आएको उनले बताइन् ।

दाङ प्लसका कार्यक्रम संयोजक गोपाल नेपालीले जटिल खालका बिरामी आएमा आवासीय रुपमा राख्ने गरेको बताए । अहिले संघ संस्थाको पहलले गर्दा नयाँ बिरामी फेला पर्ने गरेको र उपचारमा सहज भईरहेको उनले बताए ।

पछिल्लो समय सरोकार संघसंस्थाले आफ्नै क्लिनिकमार्फत पनि सेवा प्रदान गर्दै आएका छन् । एचआईभी चेकजाँच गर्नेदेखि सेवा सुविधा दिने गरेको उनीहरु बताउँछन् । अहिले पनि समाजमा संक्रमितहरुलाई हेर्ने दृष्टिकोण परिवर्नत नहुँदा संक्रमितहरु खुल्न नसकेको तथा काम गर्न पनि समस्या भएको उनीहरुको भनाई छ ।

एचआइभी एड्सका कारण मृत्यु हुने तथा संक्रमितको संख्यामा कमी हुँदै गएको पाइएको छ । औषधि उपचारको पहुँच तथा बढ्दो जनचेतनाका कारण संक्रमित तथा मृतकको संख्यामा कमी हुँदै गएको चिकित्सक बताउँछन् ।

नेपालमा एचआईभी संक्रमणको उच्च जोखिममा रहेका समुहहरु सुईद्वारा लागू पदार्थप्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समलिंगी तथा तेश्रो लिंगीहरु र रोजगारीका लागि विदेशिएकाहरु रहेका छन् ।

सन् २०३० सम्ममा नेपालमा एड्सलाई अन्त्य गर्ने लक्ष्य राखिएको छ । समावेशी, समतामूलक तथा पहुँचयोग्य सेवाहरु सुनिश्चित गर्दै एचआईभी स्याहारको निरन्तरता कायम गर्ने, नयाँ एचआईभी संक्रमण रोकथाम गर्ने, एचआईभी संक्रमित व्यक्तिहरुको स्वास्थ्यसम्बन्धी परिणामहरुका सुधार ल्याउने काम गरिने भएको छ ।

हाल विश्वमा ३ करोड ३९ लाख मानिस एचआईभी संक्रमित छन् । नेपालमा सन् १९८८ मा पहिलोपटक एचआईभी भित्रिएको तथ्यांक छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले नेपाललगायत विश्वव्यापी रुपमा नै एचआइभीको नयाँ संक्रमण दर घट्दै गएको जानकारी दिइन् । सन् २०१० देखि सन् २०१९ सम्ममा विश्वव्यापी २३ प्रतिशतले नयाँ संक्रमण घटेको छ । त्यसैगरी बच्चाहरुमा ५२ प्रतिशतले नयाँ संक्रमण कम भएको छ ।

केन्द्रका अनुसार सन् २०१० देखि २०१९ सम्ममा एड्सको कारणले हुने मृत्यु ३९ प्रतिशतले घटेको छ । नेपालमा पनि संक्रमण घटेको यौन रोग केन्द्रले जनाएको छ । सन् २०१० को तुलनामा सन् २०१९ सम्ममा नेपालमा नयाँ संक्रमण ६४ प्रतिशतले घटेको छ । बच्चाहरुमा ८५ प्रतिशतले नयाँ संक्रमणमा कमी आएको छ । त्यसैगरी एड्सको कारणले मृत्यु हुनेको संख्या पनि ८५ प्रतिशतले घटेको पाइएको छ ।

बिहीबार विश्व एड्स दिवस पनि हो । सन् ३०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्षका साथ एचआइभी तथा एड्स सम्बन्धी कार्यक्रमहरु सञ्चालन भइरहेको केन्द्रकी निर्देशक डा. देवकोटाले बताए । नेपालमा एचआइभी तथा एड्स सम्बन्धी क्रियाकलापहरु राष्ट्रिय एचआइभी रणनीतिक योजना २०१६ देखि २०२१ ले निर्देशन गरे अनुरुप सञ्चालित छन् । नेपालमा ३० हजार जनामा एचआइभी संक्रमण भएको अनुमान छ । जसमध्ये पुरुषको संख्या १७ हजार र महिलाको संख्या १३ हजार रहेको छ । एड्सलाई अन्त्य गर्नका लागि सबैको प्रतिबद्धता, प्रयास र लगानीलाई अझ रणनीतिक, सशक्त, सुदृढ र तीब्र बनाउनुपर्नेमा सरोकारवाला जोड दिन्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?