ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

लुम्बिनीलाई केन्द्रमा विकास गर्ने वासुदेव घिमिरेको प्रतिवद्धता

१ मंसिर २०७९, बिहीबार
१ मंसिर २०७९, बिहीबार

कञ्चन, १ मंसिर ।

आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रसारप्रसारको अन्तिम दिन नेकपा एमाले, जसपा र राप्रपाले रुपन्देही क्षेत्र नं. ५ का विभिन्न स्थानमा कोणसभा तथा घरदैलो गरेका छन् । यसैक्रममा कञ्चन गाउँपालिका वडा नं. ५ भैसाही दुर्गा मन्दिर टोलमा आयोजित कोणसभामा विभिन्न पार्टी परित्याग गरी १ सय १५ जना नेकपा एमाले प्रवेश गरेका छन् ।

उनीहरुलाई पार्टी प्रवेश गराउँदै एमाले रुपन्देही इन्चार्ज तथा प्रदेशसभा सदस्य पदका उम्मेदवार भुमिश्वर ढकालले क्षेत्र नं. ५ मा एमालेको जीत सुनिश्चित रहेको दाबी गर्दै पार्टी प्रवेश गर्नेहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने बताए ।

प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बासुदेव घिमिरेले पहिलो नगर प्रमुख भएर तिलोत्तमा नगरपालिकालाई मुलुककैं उत्कृष्ट नगरपालिका बनाएको अनुभवलाई क्षेत्र नं. ५ को समग्र विकासमा लगाउने बताए ।

विकासको ठूलो सम्भावना बोकेको क्षेत्र नं. ५ लाई तिलोत्तमा जस्तै सुन्दर, सफा, विकासमा नमूना क्षेत्र बनाउने आफ्नो स्पष्ट योजना रहेको बताउँदै उनले यहाँका अव्यवस्थित बसोबासी, भूमिहीन दलित, सुकुम्बासीलाई भूमिको मालिक बनाउनेदेखि किसानले कयौं वर्षदेखि भोग्दै आएको सिंचाई, मलखाद, कृषि उपजको बजारीकरण सम्बन्धी समस्या समाधान गर्ने बताए ।

लुम्बिनीलाई केन्द्र भागमा राखी यहाँका पर्यटकीय क्षेत्रको एकीकृत विकास गर्दै तालतलैया, नदीनाला, मठ मन्दिर, मस्जिद, गुम्बा, विद्यालय, मदरसाको विकासमा ध्यान दिने उम्मेदवार घिमिरेको भनाइ छ । यस क्षेत्रमा सुविधा सम्पन्न अस्पताल, प्राविधिक शिक्षालय, क्याम्पस निर्माण, सडकहरुको स्तरोन्नती, बेरोजगारी समस्या समाधान, महिला तथा युवाहरुको सशक्तिकरण, कक्रहवा नाकाको स्तरोन्नती, ज्येष्ठ नागरिकको सम्मानलाई प्रतिबद्धतामा उनले जानकारी दिए ।

यस्तै पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य गोकर्ण बहादुर क्षेत्रीले रुपन्देही क्षेत्र नं. ५ को विकास र समृद्धिको लागि एमालेको जीत अपरिहार्य रहेको बताए । कार्यक्रममा एमाले प्रदेश सल्लाहकार कृष्ण अधिकारी, जिल्ला कमिटी सदस्य भरतमणि सापकोटा, हेमा बेल्बासे, एमाले कञ्चन गाउँ कमिटी अध्यक्ष दिनानाथ आचार्यले क्षेत्र नं. ५ मा पटकपटक जितेका सांसदले जनअपेक्षा अनुसार काम नगरेकाले एमाले उम्मेदवारलाई मत दिन आग्रह गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?