ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर
टुडे वार्ता

‘मतदाताले विकास चाहेका छन्, त्यो मैले पूरा गर्छु’

३० कार्तिक २०७९, बुधबार
३० कार्तिक २०७९, बुधबार

सुरेन्द्र राज आचार्य प्रतिनिधि सभाका लागि कपिलवस्तु क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् । नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका आचार्य सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हुन् । निर्वाचन सन्निकट आइरहँदा उनले आफ्नो प्रचार अभियानलाई पनि तीव्र पारेका छन् । विभिन्न विकासका एजेण्डा लिएर मतदाताकहाँ पुगिरहेका आचार्यसँग निर्वाचनकै सेरोफेरोमा केन्द्रित रहेर गरिएको कुराकानीको सारसंक्षेपः

तपाईंको उम्मेदवारी के का लागि ?

मेरो उम्मेदवारी यो क्षेत्रको समग्र विकासको लागि हो । यहाँका आम मतदाताको ईच्छा आकाँक्षा परिपूर्तिका निमित्त पनि हो । किनभने हामीले देखेका छौ, २२÷२३ बर्षदेखि यो क्षेत्रको नेतृत्वले जनचाहना अनुसारको कार्य गर्न नसकेको देखियो । आज यो क्षेत्रको समग्र विकास हेर्दा अत्यन्त दयनीय अवस्थामा छ । यहाँको सडक पूर्वाधार मात्रै होईन स्वास्थ्य, शिक्षा र रोजगारको अवस्था दयनीय छ । मेरो एजेण्डा भनेकै विकासका लागि परिवर्तन भन्ने हो । म त्यो मुद्दा लिएर अगाडि बढेको छु, आम मतदातामा क्षेत्रको विकासका लागि परिवर्तन गर्ने व्यापक चाहना छ ।

मतदाताले तपाईँलाई के प्रश्न गरिरहेका छन् ?

घरदैलोका क्रममा आम मतदाताको एउटै प्रश्न छ “हामीले बिगतमा जिताएको उम्मेदवारहरु हाम्रो दुःखसुखमा पनि नहेर्ने, विकास पनि नगर्ने । यत्रो कोरोना कालमा पनि हामीले भेटाउन सकेनौं, देख्न सकेनौ ।” भन्ने छ । यहाँका समग्र समस्या कृषि, स्वास्थ्य, शिक्षा र सडक सञ्जालमा केही पनि नभएको अवस्थामा जहाँ जहाँ जान्छु त्यही प्रश्न हुन्छ । त्यसले गर्दा मैले ती काम पुरा गर्छु, तपाईहरुले अवसर दिनुस् भनेर आग्रह गरिरहेको छु । मतदाता हामीलाई मतदानका लागि एकदमै उत्सुक अवस्थामा रहेको मैले महसुस गरिराखेको छु ।

चुनाव जित्न त व्यापक रुपमा जनतालाई आकर्षित गर्न सक्ने एजेन्डा चाहिएला नि ? त्यस्तो के छ तपाईंसँग ?

यो क्षेत्रमा अधिकांश कृषि पेशा गर्ने आम मतदाताहरु हुनुहुन्छ । किसानका लागि आवश्यक पर्ने मलखाद, बिउ उपलब्धता र कृषिलाई एउटा पेशाको रुपमा अंगिकार गर्ने वातावरण सिर्जना गर्नु मुख्य एजेण्डा हो । कृषिका लागि खास गरी सिंचाईका सुविधाहरु, ठाउँ ठाउँमा बोरिंगहरु, कुलो र नहरहरु सहित कृषिको आधुनिकीकरण गरी किसानलाई विशेष सहुलियतको व्यवस्था गर्ने र कृषि उपजलाई बजारीकरणमा सहयोग पुर्याई आयआर्जनमा सुधार ल्याउने योजना छ । कपिलवस्तु जिल्ला गौतम बुद्धसँग जोडिएको पर्यटकीय स्थल हो । यसको अपेक्षाकृत विकासमा यहाँ निर्वाचित जनप्रतिनिधिले भूमिका खेल्न नसक्दा यो अलपत्र अवस्थामा छ । यहाँ आउने स्वदेशी र विदेशी पर्यटकले सामान्य सुविधा पनि पाएका छैनन् ।

अब यसलाई बिश्व सम्पदा सूचीमा सूचीकरण कार्य पूरा गराउन पहलकदमी लिएर देश र विदेशमा चिनाएर जिल्लाको विकास र पर्यटन प्रवद्र्धन गराउने योजना छ । बहुसंख्यक युवाका लागि प्राविधिक शिक्षा दिन प्राविधिक शिक्षालय बनाउने योजना छ । जसका कारण स्वदेशमा सिप प्रयोग गरी आय आर्जन गर्न र विदेश जान चाहने युवामा दक्षता हासिल हुन्छ । सो सँगै पूर्वाधार, शिक्षा, स्वास्थ्य र स्वरोजगारका क्षेत्रमा उल्लेखनीय कार्य गर्ने एजेण्डा म सँग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?