ट्रेंडिंग:

>> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा

‘नागरिकको जीवनस्तर सुधार्न पहल गर्नेछु’

२८ कार्तिक २०७९, सोमबार
२८ कार्तिक २०७९, सोमबार

वि.सं. २०५७ सालमा सशस्त्र जनयुद्धमा भूमिगत भई पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेकी रेखा संसदीय निर्वाचनमा पहिलो पटक दाङ निर्वाचन क्षेत्र नं. २ बाट सत्ता गठबन्धनका तर्फबाट प्रत्यक्ष उम्मेद्वार बनेकी छिन् । २०७२ सालमा समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य बनेकी शर्माले २०७२ सालमै सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीसँगै संविधानसभामा नेकपा माओवादी केन्द्रको सचेतक समेत बनेकी थिइन । संसदीय गतिविधि र संविधान निर्माण प्रक्रियामा सक्रिय सांसदका रुपमा परिचित शर्मा यही मंसिर ४ गते हुन गइरहेको निर्वाचनको मतदाता भेटघाटमा व्यस्त छन् । शर्मासँग निर्वाचनको सन्दर्भमा केन्द्रित रहेर गरिएको कुराकानीको सारसंक्षेप ।

तपाइले सांसद भएर पहिलो पाँच वर्ष के गर्नु भयो जसका कारण दोहोरिन चाहानुहुल्छ ?

हामीले पाँच वर्षमा धेरै कानुन बनाउने काम गरेका छौ । जनताका जनजिवीकासंग जोडिएका धेरै विषयमा कानुन बनाएका छौ । ती कानुनलाई कार्यान्वयन गर्दै जनव्यवस्था परिवर्तन गर्नका लागि म दोहोरिन चाहेको हँु । म महिलाको पक्षमा निरन्तर संघर्ष गर्दै आएँ । जसको बाबजुद धेरै कानुन बने । कानुन बनेर मात्र हँुदैन । ब्यवहारमा कार्यान्वयन गर्न आवश्यक छ । म कार्यान्वयमा पहल गर्ने छु ।

के एजेण्डा लिएर मतदाताकहाँ पुग्दै हुनुहुन्छ ?

हाम्रो पहिलो एजेण्डा नै संविधानको रक्षा हो । हामीले लामो राजनीतिक संघर्षपछि प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको थियो । मैले चाहेको कुरा अब मुलुकको राजनीतिक आन्दोलनको अन्त्य गर्ने समृद्धिको नयाँ यात्रा तय गर्ने हो । यो राजनीतिक एजेण्डाको विषय हो । यो कुरा सामान्य रुपमा सबै जनताले बुझिसकेका छन् । हाम्रा जनताको जीवनस्तरसँग जोडिएका देख्दा सामान्य तर त्यसको भोगाई र पीडा धेरै त्यस्ता योजना र एजेण्डाहरु छन् । व्यवस्था अनुुरुपको नागरिक जीवनस्तर अझै फेरिन सकेको छैन । अझै बस्ती बस्तीमा खानेपानी, सिचाई, बाटो, नाला, विद्युत, पोल लगायत विकास निर्माणको अभाव छ । ती कुरा देख्दा सामान्य देखिन्छ । तर त्यसको प्रभाव निकै गहिरो र गम्भीर बनिरहेको छ । हामीले गर्न सक्ने काम जो जनताको दैनिकीसँग जोडिएको हो, त्यो काम गर्ने बोलिरहेका छौं । यहाँ किसानको खेतमा सिचाईको लागि पानी छैन, नाला छैन, अन्तर्राष्ट्रिय स्तरको विमानस्थलका कुरा गरिरहेका छौं । भएको विमानस्थलको स्तरोन्नती गर्न सकेका छैनौ अन्तर्राष्ट्रिय स्तरका गफ दिन्छौं । हामीले बुुझेको कुरा के हो भने जनताको दैनिक जनजीविका कसरी सुधार गर्न सकिन्छ त्यो कुरामा प्रधान मानेका छौं ।

निर्वाचनमा तपाइलाई विश्वास गर्नु पर्ने कारण के ?

अब मुलुकको राजनीतिक आन्दोलनको अन्त्य गर्दै समृद्धिको नयाँ यात्रा तय गर्ने हो । हामीले गर्न सक्ने काम जो जनताको दैनिकीसँग जोडिएको हो, त्यो काम गर्ने बोलिरहेका छौं । हामीले बुुझेको कुरा के हो भने जनताको दैनिक जनजीविका कसरी सुधार गर्न सकिन्छ त्यो कुरामा प्रधान मानेका छौं ।

अर्काे कुरा के हो भने जनताले अनुुभुती गर्ने गरी जनताको जीवन स्तर फेरिने गरी काम गर्ने गरेका छौं । पुुरा गर्ने प्रण पनि लिएका छौं । त्यो कुरा हामीले काम गरेर देखाउँछौ । गठबन्धनले सबै उम्मेद्वार जिते हामी काम गर्ने ठाउँमा हुने छौं । यदि कही कतै केही भएमा निरन्तर पहलकर्ताको भूमिकामा जनताको साथमा रहेर काम गर्नेछौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?