ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

स्वर्गद्वारी विमानस्थल बनाउँछौ ः सूर्य थापा

२६ कार्तिक २०७९, शनिबार
२६ कार्तिक २०७९, शनिबार

प्यूठान, २६ कात्तिक ।

एमालेबाट प्यूठानका प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य थापाले स्वर्गद्वारी विमास्थल आफ्नै नेतृत्वमा बन्ने दाबी गरेका छन् । स्वर्गद्वारी नगरपालिका–८ बर्जिवाङमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै थापाले प्यूठानीको जीवनस्तर उकास्न विमानस्थल कोशेढुंगा सावित हुनेगरी निर्माण गरिने घोषणा गरे ।

उनले प्यूठानको पवित्र धार्मिक एवं पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी आश्रमलाई जोडेर निर्माण गर्ने विमानस्थलले जिल्लाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने समेत सुनाए । मत माग्न गाउँ पुगेका थापालाई स्थानीयले विमानस्थल निर्माण लगायतका दर्जनौ माग थमाएका छन् । स्थानीयले बुझाएको मागलाई सम्वोधन गर्न आफू जिम्मेवारपूर्ण तरिकाले लाग्ने समेत थापाले आश्वासन दिए ।

आफ्नो चुनावी प्रतिवद्धतामा समेत स्वर्गद्वारी विमानस्थल चाल्नेटारको जग्गा अधिग्रहणमा देखिएको समस्याका कारण अघि बढ्न नसकेको हुँदा आवश्यक वजेट व्यवस्था गरी निर्माण गरिने प्रतिवद्धता जनाइएको थापाले बताए । ‘यहाँ विमानस्थल नियमित संचालनमा पनि त्यति समस्या देखिदैन्’,थापाले स्थानीयबासीसँग भने, ‘चुनाव जिताएर पठाउनुस् विमानस्थल बनाउने प्रमुख एजेण्डा हामीले लिएका छौँ, हाम्रै नेतृत्वमा विमानस्थल बन्छ ।’ उनले प्यूठानका धार्मिक तीर्थस्थल स्वर्गद्वारीलाई जोडेर भारतका विभिन्न स्थान सहित काठमाडौँ, भैरहवा, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी, विराटनगर, विरगंज लगायत शहरबाट समेत आन्तरिक उडान हुनसक्ने सम्भावना औँल्याए ।

एमाले पार्टीको पर्यटन तथा नागरिक उड्डयन विभाग प्रमुख हुँदा पनि थापाले देशका विभिन्न क्षेत्रका आन्तरिक विमानस्थलहरुको अध्ययन, अवलोकन गरेको सुनाउँदै स्वर्गद्वारीकै कारण प्यूठानमा नियमित हवाई सेवाको समस्या नहुनेमा जोड दिए । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनका बेला क्षेत्र नम्वर १ का तत्कालीन एमाले उम्मेदवार बामदेव गौतमले चाल्नेटार विमानस्थल निर्माण गर्ने लिखित प्रतिवद्धता जनाएका थिए । तर, चुनाव जितेर गइसकेपछि गौतमले चासो नदिँदा विमानस्थल निर्माणको प्रक्रिया अघि बढ्न सकेन । राष्ट्रिय राजनीतिमा पहुँच राख्ने नेता थापाको सक्रियताले चुनाव जितेर गइसकेपछि अब विमानस्थल बन्ने कुरामा जिल्लाबासीलाई आशा पलाएको देखिन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?