ट्रेंडिंग:

>> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श 
उम्मेदवारलाई तीन प्रश्न

‘वर्गीय मुक्तिका लागि मेरो उम्मेदवारी’

२३ कार्तिक २०७९, बुधबार
२३ कार्तिक २०७९, बुधबार

निर्वाचन नजिकिदै गर्दा दलका उम्मेदवार प्रचारमा व्यस्त छन् । दाङ क्षेत्र नम्वर १ मा प्रतिनिधि सभाका लागि तीनजना पुर्वसहकर्मी प्रतिष्पर्धामा छन् । एमालेबाट शान्ता चौधरी, गठबन्धनबाट मेटमणि चौधरी र पुर्व एमाले नेतृ गंगा चौधरी स्वतन्त्रबाट प्रतिष्पर्धामा छन् । शान्ता चौधरी धेरैले सुनेको नाम हो । घोराही उपमहानगर पालिका वडा नम्वर ४ निवासी चौधरीले २०६० सालदेखि मुक्त कमैया आन्दोलनबाट आफ्नो सामाजिक यात्रा सुरु गरेकी थिइन् । २०७० सालमा प्रतिनिधिसभा सदस्यमा पराजित भएकी चौधरी २०७४ सालमा पुन नेकपा एमालेबाट समानुपातिक सांसद भएकी थिइन् । उनी नेकपा एमालेको विभिन्न विभागमा रही काम गर्दै हाल पोलिटब्युरो सदस्य हुन् । दाङ क्षेत्र नम्वर २ का बासिन्दा भए पनि यस पटक क्षेत्र नम्वर १ वाट उम्मेदार दिंदा उनलाई कसैले ‘टुरिस्ट’ उम्मेदवार भनिरहेका छन् । चुनावकेन्द्रित रहेर दाङ सहकर्मी चुमा आचार्यले उनीसंग गरेको कुराकानीको सारसंक्षेप ।

तपाइले सांसद भएर पहिलो पाँच वर्ष के गर्नु भयो जसका कारण दोहोरिन चाहनुहुल्छ ?
–संसद भनेको विकास भन्दा पनि कानुन बनाउने थलो हो । मैले मुक्त कमैया, सुकुम्वासीहरु, मुक्त कम्लरीका लागि कानुन बनाउन सफल भएको छु । उनीहरुका लागि शिक्षा, स्वास्थ्य लगायतमा बजेट छुट्टाउन सफल भएको छु । लमहीमा ट्रमा सेन्टर ल्याउन मेरो योगदान रहेको छ । म यस क्षेत्रवाट प्रत्यक्ष प्रतिनिधित्व नागरेका कारण पनि यस क्षेत्रमा देखिने गरी विकास गरेको छैन । यद्यपि संसद कानुन बनाउने थलो भएका कारण उत्पीडित, भूमिहीन, मुक्त कम्लरीदेखि वर्गीय समस्या समाधानका लागि कानुन बनाउन पहल गरेको छु । अव प्रदेश राजधानीको व्यवस्थापन गर्न तथा उत्पीडित वर्गका लागि बनेका कानुन कार्यान्वयन र वाँकी रहेका कानुन बनाउन फेरि पनि दोहोरिन चाहेकी हँु ।

के एजेण्डा लिएर मतदाताकहाँ पुग्दै हुनुहुन्छ ?
–मेरो पहिलो एजेण्डा भनेको नै भूमिहीन सुकुक्वासी समस्या समाधान देखि, वर्गीय मुक्ति नै हो । दाङ भूमिहीन सुकुम्वासीहरुको क्षेत्र पनि हो । त्यसकारण उनीहरुको सम्पूर्ण अधिकार राज्यले ग्यारेन्टी गरिनु पर्छ । म निर्वाचनमा विजयी भएँ भने पहिलो कार्य उनीहरुका लागि कानुन बनाउने र बनाएको कानुन कार्यान्वयनमा जोड दिने बताउँदै आएको छु । त्यसका साथसाथै जनताले प्रदेश राजधानीको अनुभूति गर्ने गरी राजधानी व्यवस्थापन गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायतको एजेण्डा लिएर गएको छु । मेरो प्राथमितामा राप्ती तथा अन्य नदीमा तटवन्ध, युवालाई रोजगारी, महिलाहरुलाई आत्मनिर्भर बनाउने सवै खाले वर्गीय समस्या समाधान लगायतका रहेका छन् ।

निर्वाचनमा तपाइलाइ विश्वास गर्नुपर्ने कारण के ?
–म पटक पटक संसदमा गएको छु । मैले वर्गीय समस्या समाधानका लागि कानुन बनाउने काम गरेको छु । कानुन बनाएर मात्र पुग्दैन कार्यान्वयन हुन जरुरी छ । मैले सामाजिक आन्दोलन र संसदमा खेलेको भूमिका मेरो निर्वाचन क्षेत्रका वासिन्दाले मसिनो गरी थाहा पाउनु भएको छ । मलाइ विशवास छ फेरि पनि मलाई विश्वास गरेर विजयी बनाउनु हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?