ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

आजदेखि उडान थाल्ने भनिएको विज एअर किन रोकियो ?

अहिले देशमा ८६० वटा म्यानपावर व्यवसायी वैदेशिक रोजगार विभागमा दर्ता रहेकामा झन्डै ९५ प्रतिशत काठमाडौमा केन्द्रित रहेको अधिकारीहरू बताउँछन् । त्यस्तै स्वास्थ्य परीक्षण गर्ने अधिकांश केन्द्रहरू पनि काठमाडौमै छन् । अभिमुखीकरण कार्यक्रम नगरी विदेश जान नपाइने नियम छ । त्यो हाल काठमाडौमा मात्रै हुन्छ ।
१३ कार्तिक २०७९, आइतबार
१३ कार्तिक २०७९, आइतबार

बुटवल, १३ कात्तिक ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने तयारीमा रहेको विज एअरले प्राविधिक कारण देखाएर उडानको पुर्वा निर्धारित कार्यक्रम स्थगीत गरेको छ ।

अक्टुबर ३० अर्थात आइतबारदेखि गौतमबुद्ध विमानस्थलमा उडान गर्नेगरी नागरिक उड्डय प्राधिकरणसँग स्वीकृति लिएर उडान तालिका समेत मागेको बिज एअरले के कारणले उडान स्थगीत ग¥यो भन्ने बारे भने केही उल्लेख गरेको छैन । “प्राविधिक कारणवश उडान स्थगीत गरको भन्ने सुनिएको छ, विस्तृत जानकारी आएको छैन”–गौतमबुद्ध विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालले भने ।

भैरहवामा विज एयरले एयरबसको ३२१ निओ सिरिजको जहाज सञ्चालनमा ल्याउने योजना अनुसार उडान तालिका समेत माग गरेको थियो । विजको १९० सिट क्षमताको उक्त जहाज नेपालमै पहिलोपटक उडान गर्न लागेको बताइएको थियो ।

उक्त जहाज एयरबस कम्पनीले उत्पादन गरेको पछिल्लो संस्करणको जहाजमध्ये एक रहेको बताइएको छ । विज एयरको मिडिल इस्टमा एसिया हब अवुधाबीमा रहेको र आफूहरु एयर बस ३२१ नियो सिरिजको जहाजमार्फत उडान सेवा दिने तयारीमा रहेको वायुसेवाको नेपालका लागि आधिकारिक जीएसए सोसाइटी इन्टरनेशनल ट्राभलका अध्यक्ष रवीचन्द्र सिंहले बताएका थिए ।

विमानस्थल सञ्चालनमा लागि दैनिक पाँच उडान आवश्यक भएपनि अहिले सातामा तीनवटा मात्रै अन्तर्राष्ट्रिय उडान भैरहेको छ । हवाई सुरक्षामा चासो देखाउँदै विभिन्न मुलुकका विमान कम्पनीहरुले उडानमा चासो नदेखाउँदा विमानस्थलको सञ्चालन दयनीय बन्दै गएको छ ।

प्रत्येक साता उडान भर्दै आएको जजिरा एअरले यात्रु कम भएको कारण देखाउँदै फेरि उडान तालिका सातामा तीनवटामा झारेको छ । नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, एयर अरेबिया, फ्लाइ दुबई र कतार एयरवेजलाई कम्तीमा एउटा उडान भैरहवाबाट गर्न सर्कुलर नै जारी गरेको छ ।

पूर्वाधार नहुँदा समस्या

वैदेशिक रोजगारीमा जानेका लागि गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आवश्यक पर्ने पूर्वाधारहरु भने छैनन् । कुनै म्यानपावर कम्पनीको कार्यालय पनि छैन । अहिले त सरकारले नै म्यानपावर कम्पनीको शाखा खोल्न अनुमति रोकेर राखेको छ । न त भैरहवालक्षित नयाँ म्यानपावर कम्पनीको लाइसेन्स दिने योजना छ ।

‘म्यानपावर कम्पनी नै नभएको शहरबाट वैदेशिक रोजगारी लक्षित उडान कसरी गर्ने होला ?’ नागरिक उड्ययन प्राधिकरणको पत्र पाएको एक एअरलाईन्स कम्पनीका अधिकारी भन्छन्, ‘वैदेशिक रोजगारीमा जानेलाई त्यहाँबाट उडाउने हो भने काठमाडौंमा जत्तिकै पूर्वाधार खडा हुनुपर्छ ।’

विदेश जानेहरुको मेडिकल जाँच पनि भैरहवामा हुँदैन । त्यसका लागि सरकारले अनुमति जारी गरेर स्तरीय डाइग्नोस्टिक सेन्टरहरु खोल्नपर्छ ।

फेरी श्रम स्वीकृतिबाहेकका सबै प्रक्रिया पुरा गर्न काठमाडौं जानैपर्ने हुँदा विदेश जाने श्रमिकको खर्च थपिने जोखिम पनि छ । वैदेशिक रोजगारमा जानेले नयाँ श्रम स्वीकृत लिएर अभिमुखीकरण कक्षा लिन पनि काठमाडौं नै जानुपर्ने अवस्था छ ।

हालको अवस्थामा काठमाडौंमा सबै प्रक्रिया पुरा गरेर उतैबाट उड्न सहज रहेको प्राधिकरणको पत्र पाएको एअरलाईन्स कम्पनीका ती अधिकारी बताउँछन् । म्यानपावरको सेवा, मेडिकल, अभिमुखीकरण लगायत सबै सेवा उपलब्ध भएपछि भने विदेश जाने नेपालीका लागि भैरहवा रोजाइको विमानस्थल बन्ने ती अधिकारीले बताए । नयाँ श्रम स्वीकृतिका लागि भने यही कात्तिक ३ गतेदेखि भैरहवाबाटै सेवा सुरु भएको विमानस्थलका महाप्रवन्धक दाहालले बताए ।

अहिले कतार र यूएईका भिसा सेन्टर पनि काठमाडौंमा मात्रै छन् । अन्य कतिपय देशमा जान ‘बायोमेट्रिक’ दिनुपर्ने सुविधा पनि कठमाडौंमै केन्द्रित छ ।

विमानस्थल महाप्रवन्धक दाहालले दैनिक ४० वटा अन्तर्राष्ट्रिय उडान संचालन गर्ने क्षमता रहेको बताए । ४०को साटो सातामा ३ उडान हुँदा पनि त्यति नै स्रोतसाधन र जनशक्ति चाहिने उनले बताए ।

काठमाडौंमा उडान थपिरहेका वायुसेवा कम्पनीहरु उपलब्ध छुट सुविधाहरु पर्याप्त नभएको तर्क गरेर भैरहवालाई गन्तव्य मान्न तयार भएका छैनन् । यसले नयाँ अन्तर्राष्ट्रिय विमानस्थल घाटामा सञ्चालन भइरहेको छ । विमानस्थलले अहिले ल्यान्डिङ, पार्किङ र नेभिगेसन शुल्कमा शतप्रतिशत छुट दिएको छ । विमान कम्पनीले यस्तो छुटबाट एक उडानमा करिब एक लाख रुपैयाँ सहुलियत पाउँछन् ।

गौतमवुद्ध विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ गरिरहेको नेपाल एयरलाइन्सले सेवा शुल्कमा ५० प्रतिशत छुट दिएको छ । यसबाट विमान कम्पनीहरुले प्रतिउडान करिब डेढ लाख बचाउँछन् । यस्ता छुटले अरु कम्पनीहरुलाई पनि लुम्बिनीमा आकर्षित गर्ने सम्भावना रहेको विमानस्थलका प्रवक्ता सुवास झा बताउँछन् ।

“नयाँ विमानस्थल सेवा शुल्क नियमावली गत जेठ १४ देखि लागु भएको छ । त्यसकारण उक्त मितिबाट एक वर्षसम्म वायुसेवा सञ्चालकहरूले छुट पाउने छन्,“ दाहालले भने ।

सरकारले उपलब्ध गराएको छुट अझै बढ्न सक्ने आकलनका कारण पनि कतिपय वायुसेवा कम्पनीले अहिले नै सेवा सुरु गर्न नचाहेको हुन सक्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरू बताउँछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?