ट्रेंडिंग:

>> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते

अन्तशुल्कमा सरकारको विभेदले बन्द भए पाँच स्टिल उद्योग

उद्योगी भन्छन्–अर्थमन्त्रीसंग ठूला घरानाको चलखेल भयो
८ कार्तिक २०७९, मंगलवार
८ कार्तिक २०७९, मंगलवार

बुटवल, ८ कात्तिक ।

गृहमन्त्रीकै जिल्ला रुपन्देहीमा सरकारको विभेदकारी नीतिका कारण पाँचवटा स्टिल उद्योग बन्द हुन पुगेका छन् । जसका कारण धेरैको रोजगारी गुमेको छ भने स्टिलजन्य सामग्री उत्पादनमा ह्रास आएको छ । विभेदकारी अन्तःशुल्कका कारण १२ अर्ब लगानी भएका पांच स्टिल उद्योग बन्द भएको उद्योगीको गुनासो छ ।

भारत तथा तेस्रो मुलुकबाट बिलेट आयात गरी फलामे डण्डी बनाउँदै आएका रुपन्देहीका पञ्चकन्या स्टिल, एभरेष्ट रोलिङ इन्डस्ट्रिज, एसआर स्टिल, रत्ना आइरन, फेरो स्टिल र गोयन्का स्टिल पूर्ण रूपमा बन्द भएका छन् । एसआर स्टिल साउन १ गतेदेखि बन्द भएको हो भने अरु उद्योग असोजदेखि बन्द भएका हुन् । यी उद्योग बन्द भएसंगै उद्योगमा कार्यररत २ हजार मजदुरको रोजगारी गुमेको छ ।

एभरेष्ट रोलिङ मिलका सञ्चालक अरुण गोयनकाले लागत महंगो पर्न गएपछि मुल्यमा प्रतिस्पर्धा गर्न नसकेर उद्योग बन्द गर्नुपरेको बताए । ‘सरकारको विभेदकारी नीति र बजेट निर्माणमा अर्थमन्त्री जनार्दन शर्मासंग ठूला घरानाका स्टिल उद्योगीको चलखेलले उद्योग बन्द गर्नुपर्ने अवस्था आयो’–गायनकाले भने ।

उनले बिलेट र पत्रु तथा स्पञ्ज आइरनमा लाग्ने अन्तशुल्क दरको फरक एक प्रतिशत भन्दा बढी हुन नहुने माग गरे । ठूला घरानाका स्टिल उद्योगीको प्रभावमा परेर अन्तशुल्क दर मिनाहा गर्दा सरकारले वार्षिक साढे ८ अर्ब रुपैयां राजस्व गुमाएको गोयनकाको तर्क छ ।

एसआर स्टिलका सञ्चालक सुरज उपे्रति अन्तःशुल्कमा सरकारको विभेदकारी र पक्षपाती निर्णयसंगै चर्को बंैक ब्याज, आर्थिक मन्दीले मागमा कटौति जस्ता कारणले उद्योग सञ्चालन गर्न सक्ने अवस्था नभएपछि बन्द गर्नुपरेको बताउंछन् । ‘उद्योगहरु बन्द गर्नुपर्नाको मुख्य कारण अन्तशुल्क दरमा सरकारको विभेद नै हो’–उप्रेतिले भने–‘त्यो वाहेक सरकारको गलत नीतिका कारण सिर्जित आर्थिक मन्दी पनि हो ।’

ंपञ्चकन्या स्टिलका महाप्रबन्धक देवेन्द्र साहुले सरकारको गलत नीतिका कारण बिलेटबाट उत्पादन हुने गुणस्तरीय स्टिललाई प्रतिस्पर्धा गर्न नसक्ने बनाएर धराशायी बनाउन खोजिएको बताए । वजेट आउनु अघि देखि नै विभेदकारी अन्तशुल्क दर सच्याउन माग गर्दै आएको भएपनि बेवास्ता गरेर ठूला घरानियासंगको मिलेमतोमा वजेटमा व्यवस्था गरेपछि उद्योग सञ्चालन गर्न सक्ने अवस्था नरहेको साहुले बताए । ‘चुनावपछि बन्ने नयां सरकारले विभेदकारी निति सच्यायो भने उद्योगहरु खुल्छन् अहिलेकै जस्तो सरकार बन्यो भने बिलेट आयात गरेर चलेका २२ वटै उद्योग बन्द हुन्छन्’–साहुले भने–‘अहिलेको सरकारको नीति ठूला घरानालाई पोस्ने र गुणस्तरीय उत्पादन गर्ने उद्योगलाई बन्द गराउने देखियो ।’

तयारी वस्तुमा लिइने अन्तःशुल्क भन्सार विन्दुमै कच्चा सामग्री ल्याउँदा लिने नीति खारेज गर्नुपर्ने र भन्सार शुल्क बराबर गर्नुपर्ने आफूहरुको माग रहेको उनले बताए ।

यो समस्याको बारेमा संसदीय समितिले स्थलगत अनुगमनपछि सबै विभागीय मन्त्रालयमा ध्यानाकर्षण गराए पनि समाधान नभएको रत्ना आइरनका सञ्चालक हेमन्त अग्रवालले बताए । ‘सरकारमा रहेका सबै दलका नेता र मन्त्रीलाई समस्या अवगत गराएका हौं तर समाधानमा कसैले चासो नदिएपछि बन्द गर्नुको विकल्प देखेनौं’–अग्रवालले भने ।

सरकारको आर्थिक विधेयक २०७९ ले फलामे डन्डीको कच्चा पदार्थ स्पञ्ज आइरनको आयातमा भन्सार महसुल १ प्रतिशत मात्र कायम गरी अन्तःशुल्क पूर्ण छुट गरेको छ ।
बिलेट्स आयातमा ४.७५ प्रतिशत भन्सार दर कायम गरी भन्सार बिन्दुमै २ हजार ५ सय रुपैयाँ लाग्दै आएको अन्तःशुल्कलाई बढाउँदै ३ हजार ५ सय प्रति मेट्रिकटन कायम गरेको छ ।
यो व्यवस्थाले नेपालमा सञ्चालित ३० वटा स्टिल (डन्डी) उद्योगहरुमध्ये स्पञ्ज आइरन तथा पत्रु पगालेर डण्डी बनाउने ८ उद्योगहरुलाई मात्र एकपक्षीय रुपमा अत्यधिक लाभ गरेको उद्योगीको दावी छ । उद्योगीका अनुसार बाँकी २२ उद्योगहरुलाई ठूलो नोक्सान हुने विभेदकारी अवस्था गरेको छ ।

एकै प्रकृतिका वायर उद्योगको कच्चा पदार्थ एमएस वायरमा पनि साविक ५ प्रतिशत भन्सार महसुललाई वृद्धि गरी १० प्रतिशत पु¥याइएको छ भने भन्सार बिन्दुमै लगाइँदै आएको २ हजार ५ सय रुपैयाँ प्रति मेट्रिकटनको अन्तःशुल्कलाई बढाएर ४ हजार ५ सय रुपैयाँ प्रति मेट्रिकटन पु¥याइएको छ ।

बिलेट्स आयात गरी डण्डी बनाउने उद्योगहरुको संख्या तुलनात्मक रुपमा धेरै हुँदाहुँदै पनि सीमित उद्योगहरुको योजनालाई सहयोग पुग्ने गरी समग्र सरोकारवाला तथा उद्योगीहरुसँगको छलफल बिना ल्याइएको यो नीतिले नेपालका करिब ८० प्रतिशत डण्डी तथा वायर उद्योगहरुलाई मर्कामा परेको पञ्चकन्या स्टिलका उपमहाप्रबन्धक देवेन्द्र साहुको भनाइ छ ।

स्पञ्ज आईरन तथा बिलेट्सबाट छड बनाउँदा लाग्ने कच्चा पदार्थको लागत मूल्य बीचको फरक भन्सार महसुलमै रु. १२ देखि रु. १३ सम्म महंगो पर्ने उद्योगीको भनाइ छ । बिलेट आयात गरेर स्टिल्स उत्पादन गर्ने ३० मध्ये ८ वटा उद्योगलाई मात्रै फाइदा पुग्ने सरकारले निर्णय गरेको भन्दै उद्योगले सरकारको असहयोगी नीतिको चर्को विरोध गरेका छन् ।

आ.व २०७९÷०८० को बजेटमार्फत सरकारले कच्चा पदार्थको रुपमा रहेको बिलेट र समान प्रकृतिको एमएस वायरमा भन्सार र अन्तःशुल्क थपिदिएको थियो । सरकारले ल्याएको यो व्यवस्थाले नेपालमा सञ्चालित ३० डण्डी उद्योगहरुमध्ये स्पञ्ज आइरन तथा पत्रु पगालेर डण्डी बनाउने ८ उद्योगहरुलाई मात्र एकपक्षीय रुपमा अत्याधिक लाभ गरेको र बाँकी २२ उद्योगहरुलाई ठूलो नोक्सान हुने विभेदकारी अवस्था सिर्जना गरेको उद्योगी बताउँछन् ।

बजेटले बिलेटको अन्तशुल्क प्रति मेट्रिकटन २ हजार ५ सय रुपैयाँबाट बढाएर ३ हजार ५ सय पु¥याइएको छ भने एमएस वायरको साविकको ५ प्रतिशत भन्सार महशुललाई वृद्धि गरी १० प्रतिशत पु¥याइएको छ । त्यस्तै भन्सार बिन्दुमै लगाइँदै आएको रु. २ हजार ५ सय प्रति मेट्रिकटननको अन्तःशुल्कलाई बढाएर ४ हजार ५ सय पु¥याइएको छ ।

उद्योगीको विरोधपछि सरकारले केही समयअघि स्पञ्ज आइरनमा एक प्रतिशत भन्सार महसुल कायम गरेको थियो । त्यस्तै एमएस ब्लेडको अन्तःशुल्क एक रुपैयाँ घटाई दुई रुपैयाँ ५० पैसा कायम गरेको थियो ।

सरकारको पक्षपाती र गलत नीतिका कारण उद्योगहरु बन्द हुने अवस्थामा पुग्नु दुखद भएको रुपन्देही उद्योग संंघका महासचिव हरि खत्री बताउंछन् ।

सरकारको विभेदकारी नीतिका कारण रुपन्देहीका मात्र होइन देशभरका दुई दर्जन स्टिल उद्योगहरु बन्द हुने र करिब २० हजार बढीको रोजगारी गुम्ने स्थितिमा पुगेको स्टिल उद्योगीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?