ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी सुरु

६ कार्तिक २०७९, आइतबार
६ कार्तिक २०७९, आइतबार

बुटवल, ६ कात्तिक ।

रुपन्देही उद्योग संघले नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग परिसंघसँगको संयुक्त आयोजनामा गर्न लागेको औद्योगिक प्रदर्शनीको तयारी सुरु गरेको छ । “सम्मृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार” भन्ने मुल नाराका साथ आगामी पुस ७ देखि १९ गतेसम्म बुटवलमा संचालन हुने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को तयारी सुरु गरिएको हो । प्रदर्शनीको काम अगाडि बढाउनका लागि निर्देशन तथा कार्यान्वयन समिति तथा विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

राजधानी बाहिर निर्माण गरिएको अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल, बुटवल मण्डपमा आयोजना गरिने प्रदर्शनीमा बुटवल उपमहानगरपालिका र लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र काठमाडौं सह आयोजक तथा संघीय सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, पर्यटन ग्रामीण तथा शहरी विकास मन्त्रालय, कृषि तथा भूमि व्यवस्थापन मन्त्रालय र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड काठमाडौं प्रवद्र्धक रहेका छन् ।

प्रदर्शनी सम्पन्न गर्नका लागि संघका अध्यक्ष माधवप्रसाद पौडेलको मूल संयोजकत्वमा निर्देशन तथा कार्यान्वयन समिति गठन गरिएको छ । आयोजनालाई भव्य, सभ्य र ऐतिहासिक रुपमा सम्पन्न गर्न विशिष्ठ व्यक्तित्वहरु रहेको विशेष सल्लाहकार र सल्लाहकार समिति समेत गठन गरिने छ ।

स्वदेशी उत्पादनलाई प्राथमिकता दिन नेपाली उत्पादनका लागि बजार प्रवद्र्धन गर्न र उपभोक्ता र उत्पादकबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यका साथ स्वदेशी उद्योगहरु मात्रको सहभागिता रहने गरी रुपन्देही उद्योग संघले राजधानी बाहिर प्रथम पटक २०४५ सालमा र तत्पश्चात् निरन्तर राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना गर्दै आइरहेको छ । यस पटकको आयोजनामा कृषि, प्रविधि र पर्यटनलाई समेत विशेष प्राथमिकता दिइने मूल समितिका संयोजक माधव प्रसाद पौडेलले बताए ।

बुटवल मण्डपमा निमार्णाधीन आधुनिक प्रदर्शनी स्थलमा नयाँ व्यवस्थापन र संरचनामा पहिलो पटक आयोजना गर्न लागिएको प्रदर्शनीमा स्वदेशी उत्पादन, नया प्रविधि, पर्यटन तथा कृषि लगायतका छुट्टछुट्टै पेभिलियनको व्यवस्था गरिनेछ । आयोजनालाई सफल तुल्याउन र तयारीको कामलाई व्यवस्थित गराउन ३१ वटा विभिन्न उपसमिति गठन गरिएको छ । जस अनुसार मूल्यांकन उपससमितिको संयोजकमा निवर्तमान अध्यक्ष बाबुराम बोहोरा, स्टल दर्ता उपसमिति संयोजकमा वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटा, स्टल वितरण उपसमिति संयोजकमा प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, स्टल अनुगमन उपसमितिको संयोजकमा द्वितीय उपाध्यक्ष जीवकान्त काप्mले, मूल समितिको सदस्य सचिवमा महासचिव हरिबहादुर खत्री, बाल उद्यान उपसमिति संयोजकमा कोषाध्यक्ष हिरामणी भट्टराई, परिचय पत्र उपसमिति संयोजकमा सचिव वसन्त ढकाल, परिचय पत्र (स्टल) उपसमिति संयोजकमा महिला सचिव मन्जु भुसाल, गेट टिकट उपसमिति संयोजकमा सहकोषाध्यक्ष सुरेन्द्र ज्ञवाली रहेका छन् ।

यसैगरी पुरस्कार व्यवस्थापन उपसमिति संयोजकमा कार्यसमिति सदस्य सुमन बस्याल, सौजन्य व्यवस्थापन उपसमिति संयोजकमा प्रज्जवल थान्जु, खेलकूद तथा अतिरिक्त क्रियाकलाप उपसमितिको संयोजकमा माधव प्रसाद नेपाल, श्रव्यदृश्य उपसमिति संयोजकमा अशोक कुँवर, उद्घाटन तथा समापन व्यवस्थापन उपसमितिको संयोजकमा शारदा भट्टराई, प्राथमिक उपचार उपसमिति संयोजकमा मिना थापा, स्टल निर्माण उपसमिति संयोजकमा कमल ज्ञवाली रहेका छन् ।

त्यस्तै खानेपानी तथा सरसफाई उपसमिति संयोजकमा प्रेम बहादुर आले, औद्योगिक जनचेतना ¥याली उपसमिति संयोजकमा चन्द्रकान्त खनाल, कृषि प्रवद्र्धन उपसमिति संयोजकमा लाल बहादुर थापा, यातायात व्यवस्थापन उपसमिति संयोजकमा बल बहादुर गोदार, पार्किङ्ग व्यवस्थापन उपसमिति संयोजकमा गोविन्द प्रसाद भुसाल, गोष्ठी तथा सेमीनार उपसमिति संयोजकमा राजु घिमिरे, गेट तथा सचिवालय निर्माण उपसमिति संयोजकमा नेत्र रुचाल, साउण्ड तथा मन्च निर्माण उपसमिति संयोजकमा लाल प्रसाद बस्याल, प्रचार प्रसार उपसमिति संयोजकमा लालहरि पाण्डे, अतिथि सत्कार उपसमिति संयोजकमा जमुना सुवेदी पोखरेल, बिद्युत व्यवस्थापन उपसमिति संयोजकमा विशाल बेलबासे, सूचना प्रविधि उपसमिति संयोजकमा रमेश खनाल, सांस्कृतिक उपसमिति संयोजकमा मोहनीलाल रिजाल, सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा युवराज आचार्य, पर्यटन प्रवद्र्धन उपसमिति संयोजकमा टंक नारायण आचार्य र प्रदर्शनी प्रबन्धकमा प्रमुख कार्यकारी अधिकृत यादव भण्डारी रहेका छन् ।

प्रदर्शनीलाई व्यवस्थित र नयाँ ढंगको प्रस्तुतिका लागि आवश्यक तयारी काम तिहार लगत्तै तीव्र रुपमा अगाडि बढाउने गरी जिम्मेवारी बाँडफाँड गरेको संघका महासचिव हरि बहादुर खत्रीले बताए । तयारीका क्रममा मण्डप स्थलमा निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा बाँकी रहेको काम यथासम्भव पुरा गरी साजसच्चादेखि मनोरञ्जनका लागि बाल उद्यानको काम थालिने खत्रीले जानकारी दिए । प्रदर्शनी आयोजना गर्न निर्माणको काम थालिएपछि विगत पाँच बर्ष देखि बुटवल मण्डपमा कुनै कार्यक्रमहरु आयोजना हुन सकेको छैन । रुपन्देही उद्योग संघले बुटवल मण्डपमा नयाँ संरचनामा पहिलो पटक आधुनिक व्यवस्थापनका साथ प्रदर्शनी आयोजना गर्न लागेको हुँदा आम उपभोक्ताहरुको चासो रहने प्रदर्शनी प्रबन्धक यादव प्रसाद भण्डारीले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?