ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी
मुख्य समाचार

आचारसंहिता मिचे २ लाख जरिवाना ३ बर्ष कैद  !

कसुर अनुसार २५ हजार रूपैयाँ देखि २ लाख सम्म जरिवाना र अधिकमत ३ बर्ष सम्म कैदको समेत व्यवस्था गरिएको छ ।
४ कार्तिक २०७९, शुक्रबार
४ कार्तिक २०७९, शुक्रबार

बुटवल, ३ कार्तिक ।
नेपाल सरकारले तोके अनुसार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन यहि मंसिर ४ गते हुँदै छ । निर्वाचन आयोगले तोके बमोजिमको आचारसंहिताको पालना गर्ने तर्फ उमेद्वार, दल वा अन्य व्यक्तिहरूले समेत खासै ध्यान दिएको पाइँदैन । तर निर्वाचन आचारसंहिता विपरित काम गर्ने लाई २ लाख जरिवाना र ३ बर्ष सम्मको कैद सजायको व्यवस्था गरेको छ ।

जिल्ला निर्वाचन कार्यालय रूपन्देहीका सूचना अधिकृत टेकराज पन्थीका अनुसार अनुसार विभिन्न कसुर अनुसार २५ हजार रूपैयाँ देखि २ लाख सम्म जरिवाना र अधिकमत ३ बर्ष सम्म कैदको समेत व्यवस्था गरिएको छ ।
निर्वाचन आचारसंहिता निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ अनुसार जनतामा निहित सार्वभौमसत्ता र राजकीय सत्ता वा प्रतिस्पर्धात्मक बहुदलीय सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आ“च पु¥याउने वा खलल पार्ने, कुनै धर्म, जात जाति, वर्ग, क्षेत्र वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पु¥याउने वा हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने वा भाषा, धर्म, समुदाय वा क्ष्क्षेत्रीयताको आधारमा घृणा वा द्वेष उत्पन्न गर्ने व्याक्तिलाई दुई लाख रूपैया“सम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको जानकारी दिए । उनका अनुसार यस तर्फ सम्पूर्ण नागरिकले विशेष रूपमा ख्याल गर्नुपर्ने हुन्छ ।

यस्तै कुनै पनि उमेद्बारको चरित्र हनन गर्ने, गाली बेइजेति गर्ने उमेद्बार वा व्यक्तिलाई समेत कैद सम्मको सजायँको व्यवस्था गरेको छ ।
निर्वाचन आचार सिंहिता तथा सजाय सम्बन्धी व्यवस्थामा चरित्र हनन गर्न नहुने दफामा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचनको नतिजामा प्रभाव पार्नका लागि कुनै उम्मेदवार वा निजको परिवारको सदस्यको कुनै पनि किसिमले चरित्र हनन गर्न वा गराउन नहुने उल्लेख छ । यसरी अर्काको चरित्र हनन गर्ने व्यक्तिलाई पचास हजार रूपैया“सम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।

निर्वाचनलाई मर्यादित, भयरहित बनाउनको लागि सूरक्षा निकाय, निर्वाचन कार्यालयले कुनै कसुर बाँकी नराख्ने जानकारी दिँदै जिल्ला निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख अयोध्या प्रसाद भण्डारीले नगद वा जिन्सी दिन वा लिन नहुने कुरामा उमेद्बार वा मतदाता सबै सचेत हुनुपर्ने बताउँछन् ।
उनका अनुसार नगद वा जिन्सी लिएमा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरे बापत उपहार, पुरस्कार, इनाम, दानदातव्य वा बकसको रूपमा नगद वा जिन्सी दिन वा दिन मञ्जुर गर्न वा सार्वजनिक भोज आयोजना गर्न र मतदाताले पनि त्यस्तो प्रयोजनको लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मञ्जुर गर्न र सार्वजनिक भोजमा सहभागी हुन नहुने यदी विपरीतको कार्य गर्ने व्यक्तिलाई पचास हजार रूपैया“सम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने जानकारी दिए ।
निर्वाचनको सिलसिलामा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले राजनीतिक दल वा उम्मेदवारको नीति तथा कार्यक्रमका सम्बन्धमा प्रचार प्रसार गर्दा गराउ“दा नेपालकोे स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानमा आ“च पु¥याउने वा खलल पार्ने गर्ने प्रसार प्रसार गर्न समेत रोक लगाइएको छ ।

निर्वाचनको प्रचार प्रसारको सिलसिलामा कुनै राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा सार्वजनिक पद धारण गरेका व्यक्ति वा अन्य कुनै व्यक्तिले सरकारी कर्मचारी तथा सार्वजनिक सम्पत्तिको प्रयोग गर्न वा गराउन नहुने निर्वाचना आचारसंहितामा उल्लेख छ ।
सिंहिता विपरीतको कार्य गर्नेलाई निर्वाचन अधिकृत, मतदान अधिकृत वा अनुगमनकर्ताले सरकारी कर्मचारी तथा सार्वजनिक सम्पत्तिको प्रयोग गर्न वा गराउनबाट रोक्न आदेश दिई त्यस्तो कार्य गर्ने राजनीतिक दल, उम्मेदवार वा व्यक्तिलाई कारबाहीको लागि आयोगमा लेखी पठाउने र विपरीतको कार्य गर्ने राजनीतिक दल, उम्मेदवार वा व्यक्तिलाई आयोगले पचास हजार रूपैया“सम्म जरिवाना गर्न सक्नेछ ।
निर्वाचनमा उमेद्बारहरूले द्वेष उत्पन्न हुने गरी कुनै क्रियाकलाप गर्न वा गराउन नहुने, उम्मेदवार वा राजनीतिक दलको सदस्यको निजी जीवनलाई आघात पर्ने गरी आलोचना गर्न नहुने उल्लेख छ ।

कुनै साम्प्रदायिक भावना फैलाउने गरी मत माग्न वा प्रचार प्रसार गर्न वा गराउन नहुने, प्रचलित कानून बमोजिम निर्वाचनसम्बन्धी कसूर मानिने कार्य गर्न वा गराउन वा त्यस्तो कार्य गर्न उक्साउन नहुने, उम्मेदवार वा राजनीतिक दलले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सार्वजनिक संस्था वा कुनै परियोजनाको साधन स्रोत र सम्पत्ति आफ्नोे पक्ष वा अर्काको विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने, मतदातालाई नगद, जिन्सी वितरण गर्न, भोजभतेर आयोजना गर्न वा मादक पदार्थ सेवन वा वितरण गर्न वा गराउन नहुने, निर्वाचन आचारसंहितामा उल्लेख छ ।

आयोगद्वारा सञ्चालित मतदाता नामावली संकलन, मतदाता शिक्षा लगायत अन्य कार्यक्रममा कुनै किसिमले अवरोध हुने गरी त्यस्ता कार्यक्रमसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन नहुने, कुनै मठ, मन्दिर, गुम्बा, मस्जिद, चर्च वा कुनै धार्मिक स्थल प्रयोग गरी निर्वाचनसम्बन्धी प्रचार–प्रसार गर्न वा गराउन नहुने कुरा समेत आचारसंहितामा उल्लेख गरिएको छ ।
उम्मेदवार वा राजनीतिक दलको नाम वा निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, टि–सर्ट, टोपी, गम्छा वा अन्य कुनै किसिमको पहिरन वा स्टीकर, लोगो, झोला, ट्याटु जस्ता साङ्केतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने, निर्वाचनसम्बन्धी प्रचार–प्रसारको लागि धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचनालगायत कुनै पनि सार्वजनिक स्थानमा पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन नहुने कुरा चारसंहितामा छ ।

महिलाको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचार प्रसार गर्न वा गराउन नहुने, अपाङ्गता भएको व्यक्तिको भावनामा आँच आउने किसिमले निर्वाचन प्रचार÷प्रसार गर्न वा गराउन नहुने, निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने कुरा पनि आचारसंहितामा उल्लेख छ ।
नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री वा सार्वजनिक पद धारण गरेका व्यक्तिले कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्नु हुने तर निर्वाचनमा उम्मेदवार भएको मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा प्रचार प्रसार गर्न यस दफाले बाधा पु¥याएको नमानिने आचारसंहितामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?